25 नोबेम्बरसम्म समय आतंकित नभई दिने बीएलओ-हरूको आग्रह

Share this news

मजुवा, 15 नोबेम्बर (निसं): राज्यको विभिन्न क्षेत्रहरू झैं पहाड़मा पनि एसआइआर-को काम धमाधम भइरहेको छ। चुनाउ आयोगको निर्देश बमोजिम एसआइआरको फार्म भर्ने प्रक्रिया पहाडको चारैतिर भइरहेको भएपनि फार्म भर्ने प्रक्रियामा जनसाधारणहरू धेरै अन्योलतामा परिरहेको छ। यसैगरि मजुवा ग्रामको विभिन्न बुथहरूमा पनि एसआइआरको फार्म घरदैलोसम्म पु-याउने कार्य समाप्तितिर पुगेको भएपनि साधारण मानिसहरूले फार्म भर्ने प्रक्रिया राम्ररी नबुझेका कारण अन्योलतामा परिरहेको बताइएको छ। दौडधुप गर्दै बीएलओहरूलाई गुहार लगाइरहेका छन भने बस्ती भेगका धेरै मानिसहरूले यसको फार्म भर्ने तरिका सहीढंगमा नबुझ्नुले पनि असुविधा भइरहेको हो। मतदाता सुची 2002 मा नाम आउनेहरूले र परिवारका सदस्यहरूमा नाम नआउनेहरूको कहाँ र कसरी फार्म भर्ने पर्ने विषयमा धेरै मानिसहरू नै अन्योलमा रहेकोले उक्त प्रक्रिया बुझाउन बीएलओहरूलाई बारम्बार सोधपुछ भइरहेको बीएलओहरूले बताएका छन्। उनिहरूले पनि मतदाताहरूलाई एसआइआर फार्म भर्ने प्रक्रिया बुझाउन सक्दो सहयोग  गरिरहेको तथापि 2002 को मतदाता सुचिमा नाम हुनेहरूलाई कुनै असुविधा नहोस र खाँटी रैथाने नागरिकहरूको परिवार तथा सदस्यको नाम हुनेहरूलाई कुनै असुविधा नहोस् भन्ने उद्देश्यले जोडदार काम गरिरहेको बीएलओ-हरूले बताएका छन्। जनसाधारणहरू आतंकित हुन नपर्ने यस एसआइआरलाई साधारण रूपमा लिनु पनि नहुने विज्ञाजनहरूले बताएको छ। सबै मतदाताहरूलाई यस कार्यको निम्ति आगामी 25 नोबेम्बरसम्म समय दिएको छ र कसैपनि आतंकित नभई दिने बीएलओ-हरूले आग्रह गरेका छन।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ