दार्जीलिङ साउथफिल्ड लरेटो एलुमनाई एशोसिएसन-द्वारा आयोजित वाकथन सम्पन्न

Share this news

दार्जीलिङ, 15 नोभेम्बर(निसं): दार्जीलिङ साउथफिल्ड लोरिटो एलुमनाई एशोसिएसन (डीएसएफएलएए)-ले गत शुक्रबार महिला सशक्तीकरण, स्वास्थ्य–सुरक्षा तथा वातावरणीय सचेतनाको संयुक्त सन्देशसहित एक उत्साहपूर्ण र समुदाय केन्द्रित वाकथन सफलतापूर्वक आयोजना गर्‍यो। कार्यक्रममा एलुमनाई सदस्य, विद्यार्थी, शिक्षक तथा मोर्निङ हेल्थ क्लबका सदस्यहरूले सक्रिय सहभागितामा दिएका थिए। वाकथन बिहान 7 बजी साउथफिल्ड कलेजका प्राचार्य डा. अनुराधा राई लगायत एलुमनाई एशोसिएसनका सदस्यहरूले झण्डा फर्फराएर सुरु गरिएको थियो। वाकाथनमा 10 वर्षदेखि 60 वर्षसम्मकाहरुले सहभागी उत्साहपूर्वक भेला भएका थिए। उनीहरूले महिला सशक्तीकरण, शारिरिक सचेतना तथा वातावरणीय सचेतना सम्बन्धी विभिन्न सन्देशयुक्त ब्यानरहरू बोकेर 5.5  किलोमिटर दूरी तय गर्दै दार्जीलिङका प्रमुख मार्गहरू परिक्रमा गरी  साउथफिल्ड कलेज गेट-मा आएर समापन गरिएको थियो। आयोजकहरूको भनाइ अनुसार वाकथनको मुख्य विषयवस्तु महिला सशक्तीकरण हरेक कदमले नारीलाई सशक्त बनाउँछ रहेको थियो। कार्यक्रम आयोजनाले महाविद्यालयका विभिन्न सत्रका एलुमनाई सदस्यहरूलाई पुनः जोडिन, भेटघाट गर्न तथा आफ्नो साझा साउथफिल्ड, लोरिटोको पहिचानलाई उत्सव जस्तै मनाउन अर्थपूर्ण मञ्च प्रदान गर्‍यो। कार्यक्रमको अन्त्यमा सहभागिहरूलाई जलपान वितरण गरिएको थियो। सहभागिहरूले कार्यक्रम सुचारु, व्यवस्थित तथा उद्देश्यपूर्ण भएको भन्दै प्रसन्नता व्यक्त गरे।
एलुमनाई एशोसिएसनका सबै सदस्यहरूको तर्फबाट उपाध्यक्ष राका श्री राईले कार्यक्रम सफल बनाउन योगदान पुर्‍याउने सबै सहभागीतकोहरू, स्वयंसेवक तथा सहयोगीहरूलाई हार्दिक धन्यवाद व्यक्त गरिन्। सकारात्मक प्रतिक्रिया र सफलतासँगै एशोसिएसनले आगामी दिनमा पनि यस्ता समुदायमुखी कार्यक्रमहरू निरन्तर आयोजना गर्ने आशा व्यक्त गरेको छ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ