भीबीडीसी कर्मचारीद्वारा खण्ड विकास अधिकारीलाई ज्ञापन

Share this news

बिजनबारी,15 नोभेम्बर(निसं):भीबीडीसी कर्मचारीहरुले भोगिरहेको विभिन्न समस्याहरुलाई सम्बोधन नभएको भन्दै भीबीडीसी अन्तर्गत काम गरिरहेका खण्डभरीका कर्मचारीहरुको एक प्रतिनिधि टोलीले दार्जीलिङ-पुलबजार खण्ड विकास अधिकारी एव सयुक्त खण्ड विकास अधिकारीलाई उनीहरूको कार्यलयमा पुगी ज्ञापन-पत्र बुझाएको छ। भीबीडीसी  अस्थायी कर्मचारी संगठनको नेतृत्वमा गएको टोलीले आफुहरुले पनि अन्यले सरह समान पारिश्रमिक पाउनुपर्ने, समान कामको लागि समान पारिश्रमिक सुनिश्चित गर्नुपर्ने, सबै भीबीडीसी अन्तर्गत भीएसटी  भीसीटी तथा सुपभाइजर लगायतका कर्मचारीहरुलाई समान मजदुरी दिनुपर्ने, जिल्ला सार्वजनिक स्वस्थ्य सेवा मार्फत भीएसटी तथा भीसीटी लाई परिचय पत्र प्रदान गर्नुपर्ने, मजदुर समयमा प्रदान गराउनु पर्ने, कर्मचारीहरुलाई स्माट फोन प्रदान गर्नुपर्ने लगायतको मागहरू सामेल छन् ।यसबारेमा जानकारी गराउदै प्रतिनिधि टोलीका सदस्य तथा कर्मचारी नरेन्द्र खवासले आफुहरु निकै लामो समयदेखि पाउनुपर्ने सहुलियतहरु बारेमा कागजी रूपमा मात्रै सिमित भएको तथा यसको कार्यन्वन हुने छाटकाट नदेखिएपछी आफुहरु बाध्यताबस खण्ड बिकास अधिकारीलाई भेट्न वाध्य बनेका बताएका छन्। यसको साथमा उनले आफुहरु निक्कै पीडित भएकोले यसबारेमा संबंधित विभागले गम्भीरतापुर्वक लिनुपर्ने अनुरोध समेत गरेको छन्।

Share this news
आजको रोजाइ
प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

आजको रोजाइ