सड़क भास्सिएपछि सांसदलाई समाजको चिट्ठी

Share this news

दार्जीलिङ,1 5 नोभेम्बर (निसं): सुके माने भञ्ज्याङ समष्टिअन्तर्गत लामी नयाँ बस्ती गाउँलाई जोड्ने सड़क नै गत 4 अक्टोबरको पैहोले चुड़िएर झरेपछि उक्त गाउँका मानिसहरूलाई यातायात गर्न धेरै समस्या भइरहेको छ। आधा बाटोमा नै सड़क चुड़िएपछि स्थानीय माली समाजका प्रतिनिधिहरूले उक्त सड़क निर्माणको निम्ति दार्जीलिङका सांसद राजु विष्टलाई गुहार लगाउँदै पत्रचार गरेको जानकारी प्रेम थुलुङले दिएका छन्। आज प्रत्यक्ष रूपमा सांसदसित भेट्न नपाए पनि सांसदका कार्यालय सचिवसमक्ष उक्त चिट्ठी सुम्पिएको र कार्यालय सचिवले पनि सोझै उक्त चिट्ठी सांसदकहाँ पठाइदिने आश्वासन दिएको थुलुङले जनाए। उनले भने, बाटो चुड़िएको यत्रो दिन भइसक्यो, तर आज कतैबाट पनि बनिने छाँट छैन। त्यसैले हामीले सांसदलाई गुहार माग्दै पत्रचार गरेका हौं। सड़क नै चुड़िएको कारण आधा बाटोसम्म मात्र गाड़ी जान्छ। जसको मर्का हामीलाई परिरहेको छ। युवाहरू उक्त बाटो भएर पैदल आवात जावत गर्न सके तापनि विद्यार्थी साथै रोगी विरामीहरूलाई धेरै समस्या भइरहेको बताउँदै उनले भने, साथीहरूले जीटीएबाट पनि पह गर्दैछ भन्दैछ। 3 जगा पैहो गएको छ। आउने दिसम्बर महिनाभित्रसम्म उक्त सड़क नबनिए बंगाल विधानसभा चुनाउको कारण जनवरीदेखि आचार संहिता लाग्ने सन्देह व्यक्त गरे। उनले भने, जुनै भए पनि पार्टीले भए पनि उक्त सड़क बनाइदियोस् भन्ने हाम्रो अपिल छ। स्थानीय पञ्चायतलाई पनि भनेका हौं। पञ्चायतले पनि तारपोलिन मात्र दिन्छ। गाउँमा 106 परिवार रहेको पनि उनले बचाए। सड़क चुड़िएको कारण गाउँसम्म गाड़ी नआउँदा अरू बेला ग्यास सिलिण्डर बोक्नु 50 रूपिया लाग्थ्यो भने अहिले 150 रूपियाँ तिर्नु परिरहेको तीतो सत्य पनि उनले बताए। समाजद्वारा सांसदलाई सांसद कोषबाट चाँड़ो भन्दा चाँड़ो सुरक्षा देवल लगाइदिने गुहार लगाउँदै पत्रचार गरेको जानकारी प्रेम थुलुङले दिएका छन्।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ