खरसाङ, (निसं): खरसाङ नगरपालिका अन्तर्गत सुधपा टोलको तल्लो गाउँबाट आउने सड़कको एक ठाउँमा ठूलो प्वाल परेकोले यस सड़क भएर आउजाउ गर्ने मानिसहरूलाई निक्कै असुविधा भइरहेको छ। त्यस सड़कको एक ठाउँमा झोड़ा रहेको छ औ त्यसै झोडामाथि सड़कमा ठूलो प्वाल परेकोले यस सड़क भएर हिँड्ने मानिसहरूले धेरै जोखिम उठाइरहेका छन्। स्थानीय मानिसहरू अनुसार सड़कको यस्तो स्थितिबारे सम्बन्धित विभागलाई धेरै पटक जानकारी गराइ सकिए तापनि आजसम्म उक्त स्थानको मर्मति भएको छैन्। यस स्थानमा कुनै पनि समय दुर्घटना घट्न सक्छ अथवा यहाँ पैह्रो गएर यातायात ठप्प हुन सक्छ भन्दै यस स्थानको खरसाङ नगरपालिका तथा सम्बन्धित विभागले चाँड़ो निरीक्षण गरेर मरम्मतीको कार्यलाई अगाड़ी बढाइदिने आग्रह पनि गरेका छन्। तिनीहरू अनुसार यस सड़क भएर जान प्रत्येक दिननै धेरै मानिसहरू, विद्यार्थीहरू अनि गाड़ीहरू हिँड्ने गर्छन्। त्यसर्थ यसैलाई ध्यानमा राखेर पनि विभाग अनि नगरपालिकाले चाँड़ो कदम चालिदिने अनुरोध पनि गरेका छन्।










