जनशक्ति असंगठित कर्मचारी फ्रण्ट-को सभा

Share this news

दार्जीलिङ, 5 दिसम्बर(निसं): अजय एडवर्डसले जनशक्ति असंगठित कर्मचारी फ्रण्टको नेतृत्वहरूसँग बैठक गरे।
इण्डियन गोर्खा जनशक्ति फ्रण्टको केन्द्रीय संयोजक अजय एडवर्डसले भातृ संगठनको नेतृत्वहरूसँग निरन्तर रूपमा बैठक गर्दै आइरहेका छन्। यसैक्रममा आज इण्डियन गोर्खा जनशक्ति फ्रण्टको केन्द्रीय संयोजक अजय एडवर्डसले जनशक्ति कर्मचारी संगठनको केन्द्रीय संयोजक डेभिड राई लगायत अन्य नेतृत्वहरूसंँग बैठक गरे भनी  जनशक्ति असंगठित कर्मचारी फ्रण्टको जारी प्रेस विज्ञाप्तिमा भनिएकोछ।
प्रेस विज्ञाप्ति अझ भनिए अनुसार,पार्टी केन्द्री कार्यलय पी कोठीमा भएको बैठकमा पार्टीको केन्द्रीय कार्यकारिणी सदस्य एनबी खवास,हाम्रो हिल तराई डुवर्स चिया श्रमिक संघको केन्द्रीय अध्यक्ष डीके गुरूङ लगायत अन्य नेतृत्वहरूको उपस्थिति रहेको थियो।दुई घण्टा भन्दा लामो समयसम्म चलेको बैठकमा पहाडको बर्तमान राजनैतिक स्थिति,सांगाठनिक विषय आदि जस्ता विषयहरूमाथि गहन चर्चा-परिचर्चा भयो।इण्डियन गोर्खा जनशक्ति फ्रण्टले आफ्नो गठनकालदेखि नै पहाड तराई डुवर्स तथा गोर्खाहरूको दीर्धकालिन माग छुट्टै राज्यको विषयलाई इमान्दार रहेको स्पष्ट बताउदै आईसकेका छन्।बंगालभित्रको व्यवस्थाले पहाड तराई डुवर्स तथा गोर्खाहरूको दीर्धकालिन समस्या समाधान हुन सक्दैन त्यसकारण देश संविधान अनुरूप भारतभित्र पहाड तराईइ-डुवर्स तथा गोर्खाको निम्ति अलग व्यवस्थाको गठन गरिनु पर्छ भन्ने आईजीजेएफले आफ्नो अडान स्पष्ट रूपमा राख्दै आईरहेका छन्।त्यसरी नै चिया श्रमिकहरूको दैनिक ज्याला वर्तमान महंगाईको तुलनामा थोरै रहेको बताउदै आईजीजेएफले चिया बगानमा अविलम्ब मिनिमम वेजेस लागु गरिनु पर्छ भन्ने आईजीजेएफले स्पष्टसंग बताई सकेको छ इण्डियन गोर्खा जनशक्ति फ्रण्टले बताएकोछ।

Share this news
आजको रोजाइ
धान उठाउन लाग्दा मौसमले दियो साथ

धान उठाउन लाग्दा मौसमले दियो साथ

इन्जिनियरिङ र अध्यात्मको बीचबाट सृजनाको संगीत यात्रा

इन्जिनियरिङ र अध्यात्मको बीचबाट सृजनाको संगीत यात्रा

भोलि दार्जीलिङमा सुवासवादी कार्यक्रम, छैटौं अनुसूचीको लागि हस्ताक्षर अभियान

भोलि दार्जीलिङमा सुवासवादी कार्यक्रम, छैटौं अनुसूचीको लागि हस्ताक्षर अभियान

पहाड़मा अलग राज्यको माग फेरि गुञ्जयमान हुने संकेत

पहाड़मा अलग राज्यको माग फेरि गुञ्जयमान हुने संकेत

अपर बुर्तुक, सिक्किमकी श्वेता गुरुङलाई पी.एच.डी. को उपाधि प्राप्त

अपर बुर्तुक, सिक्किमकी श्वेता गुरुङलाई पी.एच.डी. को उपाधि प्राप्त

प्रत्येक दिन हुने जामको समस्याले हैरान साधारण मानिसहरू

प्रत्येक दिन हुने जामको समस्याले हैरान साधारण मानिसहरू

श्रीजङा जयन्ती एवम् चासोक तङ्नाम लामा गाउँमा सम्पन्न 

श्रीजङा जयन्ती एवम् चासोक तङ्नाम लामा गाउँमा सम्पन्न 

सीएचओ तृष्णा गजमेरलाई सम्मान साथै  विदाई 

सीएचओ तृष्णा गजमेरलाई सम्मान साथै  विदाई 

जनशक्ति असंगठित कर्मचारी फ्रण्ट-को सभा

जनशक्ति असंगठित कर्मचारी फ्रण्ट-को सभा

क्यापको गेजिङ जिल्ला कार्यकारी परिषद्को समन्वय बैठक

क्यापको गेजिङ जिल्ला कार्यकारी परिषद्को समन्वय बैठक