Shweta Gurung of Upper Burtuk, Sikkim receives Ph.D. degree
Shweta Gurung of Upper Burtuk, Sikkim receives Ph.D. degree

अपर बुर्तुक, सिक्किमकी श्वेता गुरुङलाई पी.एच.डी. को उपाधि प्राप्त

Share this news

श्वेता गुरुङले “Entrepreneurial Challenges and Opportunities for Women in the Hospitality Business: An Exploratory Study of East Sikkim” विषयमा आफ्नो पीएचडी शोधकार्य सफलतापूर्वक पूर्ण गर्नुभएको छ। उहाँले यो शोधकार्य Amity University Noida बाट सम्पन्न गर्नुभएको हो।
उहाँको शोध निर्देशक डा. स्वाति शर्मा (सह–प्राध्यापक, पर्यटन तथा आतिथ्य विभाग, Amity Institute of Travel & Tourism) रहनु भएको छ भने सह–निर्देशकका रूपमा डा. क्षितिज शर्मा (प्राध्यापक, ABBS School of Management, बेंगलुरु) रहनु भएको थियो।
डा. गुरुङको शोधकार्यले पूर्वी सिक्किमको पर्यटन तथा आतिथ्य क्षेत्रमा महिला उद्यमीहरूको अवस्था, चुनौती र सम्भावनाहरूको गहिरो अध्ययन गरेको छ। अनुसन्धानमा महिलाहरूले उद्यमशीलतामा भोग्नुपरेका आर्थिक, सामाजिक तथा संरचनागत अवरोधहरू उजागर गरिएको छ। साथै, सिक्किमको ‘अर्गानिक राज्य’को पहिचान, बढ्दो इको–टुरिज्म र दिगो पर्यटनप्रतिको आकर्षण तथा सरकारद्वारा महिलालाई प्रोत्साहन गर्ने नीतिहरूले खोलिदिएका अवसरहरूलाई पनि विशेष रूपमा प्रकाश पारिएको छ।

डा. गुरुङका थुप्रै अनुसन्धान लेखहरू Scopus–indexed प्रतिष्ठित अन्तर्राष्ट्रिय पत्रिकामा प्रकाशित छन्। उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मेलनहरूमा शोधपत्र प्रस्तुत गरी पर्यटन उद्यमशीलताको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएकी छिन्। उनलाई Academic & Research Excellence Award (2022), Best Faculty Award (2025) – ICFAI University Sikkim तथा IMCOO International Conference (2023) मा Best Research Paper Award जस्ता सम्मानहरू प्राप्त भएका छन्। डा. स्वेता गुरुङ स्व. मञ्जु गुरुङ र स्व. बीबी गुरुङ (अपर बुर्तुक) को सुपुत्री
हुन्। डा. गुरुङलाई यस ऐतिहासिक उपलब्धिका लागि विभिन्न सङ्गठनहरूले हार्दिक वधाई तथा आगामी दिनहरूका लागि उत्तरोत्तर प्रगतिका शुभकामना दिएका छन्।

Share this news
आजको रोजाइ
प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

आजको रोजाइ