भोलि दार्जीलिङमा सुवासवादी कार्यक्रम, छैटौं अनुसूचीको लागि हस्ताक्षर अभियान

Share this news

दार्जीलिङ, 5 दिसम्बर (निसं): आगामी ६ दिसम्बरको दिन पिपल्स फोरमले दार्जीलिङको सुमेरू मञ्चमा छैटौं अनुसूची विषय लिएर एक हस्ताक्षर अभियानबीचे सुवासवादी कार्यक्रमको आयोजना गर्ने घोषणा गरेको छ। स्थानीय सुमेरू मञ्चमा आयोजना गरिने यस कार्यक्रममा फोरमले दार्जीलिङ पहाड़का सम्पूर्ण जनतालाई सहभागी बनिदिने पनि आह्वान गरेको छ। स्मरण गराइन्छ, पिपल्स फोरमले विगत केही समयदेखि छैटौं अनुसूचीको वकालत गर्दै यसबारे जनतालाई जागरूक गराउने कार्य गर्दै आइरहेको छ। यसै विषयलाई केन्द्र गरेर फोरमले ६ दिसम्बरको दिन खैर्टी अनुसूचीमाथि हस्ताक्षर अभियान गर्ने योजना बनाएको छ

। ज्ञात रहोस्, गोर्खा राष्ट्रिय मुक्ति मोर्चाका संस्थापक अध्यक्ष सुवास घिसिङले दार्जीलिङ पहाड़मा छैटौं अनुसूची लागू गराउन सक्दो प्रयास गरेका थिए अनि बसमाथि त्रिपक्षीय सम्झौता पनि भएको थियो। ६. दिसम्बर २००५-मा केन्द्र, राज्य सरकार र गोरामुमोका तत्कालीन अध्यक्ष सुवास घिसिङमाझ छैटौँ अनुसूचीमाथि सम्झौता भएको थियो। जसलाई गोर्खा राष्ट्रिय मुक्ति मोर्चाले वर्षेनी छैर्टी अनुसूची सम्झौता दिवसको रूपमा पालन गर्दै आइरहेको छ। तर यसपाली पिपल्स फोरमले प्रथमपल्ट यसै छैटौं अनुसूचीलाई केन्द्र गरेर हस्ताक्षर अभियान गर्ने चाँजो मिलाएको छ। यस सम्बन्धमा पिपल्स फोरमका समन्वयक म्याम्सो शेर्पाले भने-वर्तमान समयमा दार्जीलिङ पहाड़को लागि छैटौं अनुसूची नै सबैभन्दा सजिलो अनि वैकल्पिक संवैधानिक व्यवस्था हो। यसैले यस विषयलाई पिपल्स फोरमले प्राथमिकताका साथ अघि बढ़ाउँदै आइरहेको छ

। विगतमा पिपल्स फोरमले स्थानीय चौकबजारमा यसबारे जागरूकता कार्यक्रमको पनि आयोजना गरिसकेको छ। यसैले आगामी ६ दिसम्बरपछि फोरमले यस विषयलाई निरन्तरताका साथ अघि बढ़ाएर लाने योजना बनाएको छ। उनले यस सुवासवादी कार्यक्रममा दागोपाप (दार्जीलिङ गोर्खा पार्वत् परिषद) का पूर्व पार्षद केएन सुब्बा अनि भानु लामा मुख्य वक्ताका रूपमा उपस्थित रहने पनि ग्याम्सो शेर्पाले जानकारी गराएका छन्। स्मरण रहोस्, सन् २००४-०५-तिर दार्जीलिङ गोर्खा पार्वत्य परिषदका तत्कालीन अध्यक्ष सुवास घिसिङले दागोपापले गोर्खा जातिको इच्छा-आकाङ्क्षा पूर्ण गर्न सकेन भन्दै छैटौं अनुसूचीमाथि जोड़ दिन थालेका थिए। यसैलाई केन्द्र गरेर घिसिङले गोर्खा जातिलाई जनजाति हो भन्ने देखाउन पनि भा विशेष पहल गरेका थिए। जसअनुसार, पहाड़मा बन्बो उत्सव पालन गर्न यस थालिएको थियो। जसको मूल उद्देश्य सम्पूर्ण गोर्खा जाति जनजाति हो भन्ने देखाउन घिसिङको जोड़ थियो।

तर  दार्जीलिङ पहाड़का अन्य पार्टीहरूले छैटौं भअनुसूचीले गोर्खा जातिभित्र नै विभाजन फ्र ल्याउनेछ भन्ने कुरा उठाउँदै यसको विरोध भगरेका थिए। जुन विरोधको फलस्वरूप केही वर्षपछि नै गोरामुमोको अस्तित्व संकटमा पर्न गएको थियो। तर यस विषयलाई गोरामुमोले वर्षेनी छैटौं अनुसूची सम्झौता दिवस पालन गरेर अक्सिजन दिने कार्य गरिरहेको भए पनि पिपल्स फोरमले यसलाई जोड़‌तोडले नै अघि बढ़ाउने संकल्प गरेको छ। जसलाई दार्जीलिङ पहाड़का जनताले कतिको साथ र सहयोग दिने हो, त्यो आगामी दिनले नै  स्पष्ट पार्नेछ।

Share this news
आजको रोजाइ
प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

आजको रोजाइ