The weather cooperated when it came to harvesting rice.
The weather cooperated when it came to harvesting rice.

धान उठाउन लाग्दा मौसमले दियो साथ

Share this news

मंसिर लागेसँगै गेजिङ लिङ्चोम टारीका किसानहरूको बिहानदेखि साँझसम्मको दैनिकी फेरि खेतमै केन्द्रित भएको छ। वर्षभरि भरपर्दो पानी नपरेर धान बालामा गिरावट आये पनि, अहिले फसल उठाउने अन्तिम समयमा मौसमले साथ दिएको किसानहरूको भनाइ छ। धानका बोट सुकाउने सुगन्धसहित खेतभरि गुञ्जिएको दैनिकीले गाउँलाई फेरि कृषि ध्वनिले भरिदिएको छ।
किसान पासाङ भोटिया भन्छन्, यो वर्ष वर्षातमा पानी कम पर्‍यो खेतीमा धेरै असर पर्‍यो। तर अहिले फसल काट्ने बेला मौसम खुलेर आयो, यसले धेरै राहत दिएको छ।
लिङ्चोम टारीका निम्न तलका खेतमा अहिले पुरुष महिला युवा बृद्ध सबै मिलेर धान काट्ने बोक्ने र भकारोमा जम्मा गर्ने काममा व्यस्त छन्। खेतभरि देखिने हलचलले गाउँको वास्तविक जीवनशैली अझै पनि कृषि–केन्द्रित छ भन्ने प्रमाणित गर्छ। तर, फसल उठाउन किसानले मेहनत गरेजति सजिलो भने छैन। चरा, मुसा, मजुर र बाँदर जस्ता वन्यजन्तुहरूले बालामा गरेको हानि किसानहरूका लागि वर्षेनी चुनौतीकै विषय बनेको छ। धान पाक्दै जाँदा बाली कुल्चने, सिध्याउने तथा खाइदिने वन्यजन्तुको बढ्दो उपद्रवले धेरै किसानहरू चिन्तित छन्।
किसानहरू भन्छन्
बाली उठाउनुअघि नै आधा बाली जनावरले लिन्छन्, बाँकी आधा हामी काट्छौं। तर पनि हामी खेती छाड्दैनौं। हामी किसानका सन्तान हौँ, पुर्ख्यौली पेशा त्याग्नु नहुने पासङले बताए।
स्थानीय बासिन्दा बीच अर्को पीडा पनि सुनिन्छ गाउँमा खेती गर्ने मान्छे अभाव, युवा पुस्ताले शहर चराउन थालेपछि गाउँको बारी बाँझिँदै गएको छ।
एक बृद्ध किसानको भने, पेट भर्न त अन्न चाहिन्छ, तर अहिलेका धेरैजना युवाहरू माटोसँग खेल्न चाहँदैनन्। शहर पस्नेहरू धनी मानिन्छन् बारीमा पसिनाले कमाउने हामी गरीब ठहरिन्छौँ।
किसानहरूको यो मनोदशाले ग्रामीण क्षेत्रका समस्या मात्र होइन, कृषि–समाजको बदलिँदो संरचनालाई पनि स्पष्ट देखाउँछ।
धेरै किसानहरू बीच अहिले एउटा महत्त्वपूर्ण सुझाव पनि चर्चामा छ।
जसले बारी बाँझो छाडेर शहर पस्छ त्यस्ता जग्गामा सरकारले कर लगाउने योजना बनाउनु पर्ने सुझाव राख्छन्। बारी बाँझो नराखे वन्यजन्तुको उपद्रव पनि घट्थ्यो, गाउँ पनि खल्ती बन्थ्यो।
किसानहरूको तर्क छ। यदि सबैले आफू ठाउँको खेत जोत्न थाले, सामूहिक खेती र सामुदायिक संरक्षण अघि बढ्यो भने वन्यजन्तु समस्या, बाली उत्पादन कमी, र बाँझो जमीन—यी तीनै चक्रले धेरै हदसम्म समाधान पाउन सक्छ।
यद्यपि यी चुनौतीबीच पनि औलो क्षेत्रका किसानहरूको उत्साह कम छैन लिङ्चोम टारीका धानका बोट अब क्रमशः भकारो धान्न थालिरहेका छन्। काटिएका सुकेला बोटहरूको थुप्रो, निन उठाउन, बिटा बाँध्न , खेतम यो वर्षको मेहनतका प्रतिमूर्ति हुन्। किसान पासाङ भोटियाको एक वाक्य नै आजको खेतीको सार हो कति गाह्रो भए पनि हामी किसान नै हौँ, पुर्ख्यौली खेती छाड्दैनौँ। माटोले नै पाल्छ, माटोले नै बचाउँछ।
किसानहरूको यस्तै अटुट परिश्रम र मौसमको साथसहयोगले गर्दा अहिले औलो क्षेत्र धानको फसल उठाउने चटारोमा रमाउँदैछ। ग्रामीण जीवनको महत्व र कृषि संस्कृतिको निरन्तरताको यही सुन्दर तस्वीर आज गाउँभरि फैलिएको छ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ