जनशक्ति असंगठित कर्मचारी फ्रण्ट-को सभा

Share this news

दार्जीलिङ, 5 दिसम्बर(निसं): अजय एडवर्डसले जनशक्ति असंगठित कर्मचारी फ्रण्टको नेतृत्वहरूसँग बैठक गरे।
इण्डियन गोर्खा जनशक्ति फ्रण्टको केन्द्रीय संयोजक अजय एडवर्डसले भातृ संगठनको नेतृत्वहरूसँग निरन्तर रूपमा बैठक गर्दै आइरहेका छन्। यसैक्रममा आज इण्डियन गोर्खा जनशक्ति फ्रण्टको केन्द्रीय संयोजक अजय एडवर्डसले जनशक्ति कर्मचारी संगठनको केन्द्रीय संयोजक डेभिड राई लगायत अन्य नेतृत्वहरूसंँग बैठक गरे भनी  जनशक्ति असंगठित कर्मचारी फ्रण्टको जारी प्रेस विज्ञाप्तिमा भनिएकोछ।
प्रेस विज्ञाप्ति अझ भनिए अनुसार,पार्टी केन्द्री कार्यलय पी कोठीमा भएको बैठकमा पार्टीको केन्द्रीय कार्यकारिणी सदस्य एनबी खवास,हाम्रो हिल तराई डुवर्स चिया श्रमिक संघको केन्द्रीय अध्यक्ष डीके गुरूङ लगायत अन्य नेतृत्वहरूको उपस्थिति रहेको थियो।दुई घण्टा भन्दा लामो समयसम्म चलेको बैठकमा पहाडको बर्तमान राजनैतिक स्थिति,सांगाठनिक विषय आदि जस्ता विषयहरूमाथि गहन चर्चा-परिचर्चा भयो।इण्डियन गोर्खा जनशक्ति फ्रण्टले आफ्नो गठनकालदेखि नै पहाड तराई डुवर्स तथा गोर्खाहरूको दीर्धकालिन माग छुट्टै राज्यको विषयलाई इमान्दार रहेको स्पष्ट बताउदै आईसकेका छन्।बंगालभित्रको व्यवस्थाले पहाड तराई डुवर्स तथा गोर्खाहरूको दीर्धकालिन समस्या समाधान हुन सक्दैन त्यसकारण देश संविधान अनुरूप भारतभित्र पहाड तराईइ-डुवर्स तथा गोर्खाको निम्ति अलग व्यवस्थाको गठन गरिनु पर्छ भन्ने आईजीजेएफले आफ्नो अडान स्पष्ट रूपमा राख्दै आईरहेका छन्।त्यसरी नै चिया श्रमिकहरूको दैनिक ज्याला वर्तमान महंगाईको तुलनामा थोरै रहेको बताउदै आईजीजेएफले चिया बगानमा अविलम्ब मिनिमम वेजेस लागु गरिनु पर्छ भन्ने आईजीजेएफले स्पष्टसंग बताई सकेको छ इण्डियन गोर्खा जनशक्ति फ्रण्टले बताएकोछ।

Share this news
आजको रोजाइ
प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

आजको रोजाइ