सन् 2003 देखि, जीवनका लागि पहाडहरूको महत्त्वबारे सचेतना फैलाउने, पहाडी विकासमा रहने अवसर र चुनौतीहरू उजागर गर्ने, र विश्वभरका पहाडी समुदाय तथा वातावरणमा सकारात्मक परिवर्तन ल्याउने साझेदारीहरू निर्माण गर्ने उद्देश्यले प्रत्येक वर्ष डिसेम्बर 11 मा अन्तर्राष्ट्रिय पर्वत दिवस मनाइँदै आएको छ। यस दिनले विश्वको पर्वतीय पारिस्थितिक प्रणालीको सांस्कृतिक र आर्थिक महत्वको सम्झना गराउँछ। यस वर्षको विषय रहेको छ ‘Glaciers matter for water, food and livelihood in mountains and beyond’ अर्थात हिमनदीको मुख्य भाग, पानी, खानपान र सबै जिविकाको लागि रहेको बताउँछ। यस वर्षको विषयले पहाड़,ग्लेशियर, मानव जीवन अन्य जन्तु, सबैको आपसमा गहिरो सम्बन्ध भएको कुरा बताउछ। जलवायु परिवर्तनको असरले यी हिमनदीहरू छिटो–छिटो पग्लन थालेका छन् । यसका कारण पहाडी क्षेत्रमा खानेपानी कमी हुने, भूस्खलन बढ्ने, हिमताल फुट्ने (Glacial Lake Outburst Floods) सम्भावना बढ्ने लगायत अनेकौँ वातावरणीय चुनौतीहरू देखा पर्दैछन्। अन्तर्राष्ट्रिय पर्वत दिवस 2025 हिमनदी संरक्षणको महत्वलाई उजागर, सुरक्षा र जोखिममा परेका पहाडी समुदायको समस्या बुझ्ने अवसर हो। पर्वतीय पारिस्थितिक प्रणाली विश्वको सबैभन्दा विविध र पारिस्थितिक रुपमा जटिल वातावरण मध्ये एक हो। विश्वको लगभग आधा जैविक विविधता हटस्पटहरु पर्वतहरुमा पाइन्छ, जहाँ दुर्लभ वनस्पति र जिव- जन्तुहरुले आश्रय पाएका छन्। यिनीहरुले वनको जलवायु नियन्त्रणमा पनि सहायता गर्छन्।
पूर्वी हिमालयमा अवस्थित, सिक्किम एउटा यस्तो राज्य हो जहाँ पहाड़हरुले संस्कृतिदेखि लिएर, आध्यात्मिकतासम्म हरेक पक्षलाई महत्व दिन्छ। 300 मिटर देखि 8,500 मिटर सम्म फैलिएको यो राज्य अनेकौ औषधिय बिरुवाहरु अनि असंख्य प्रकारका जन-जन्तु र वनस्पतिको लागि जानिन्छ। सिक्किमलाई भारतको पहिलो अर्ग्यानिक राज्य भनेर जानिन्छ र पहाड़ी विकास दिगो र समावेशी दुवै हुन सक्छ भन्ने कुरा प्रदर्शन गर्दछ। लाचेन, लाचुङ र नाथाङ भ्यालीको उच्च उचाईको पारिस्थितिक प्रणालीहरु प्रमुख उदाहरण हुन् जहाँ चौरी पालन जस्ता परम्परागत अभ्यासहरुले पारिस्थितिक सन्तुलन कायम राखछन्। चौरीहरूले लेकाली खरकाहरूलाई आकार दिन महत्त्वपूर्ण भूमिका खेल्छन्। तिनीहरू प्राकृतिक घाँसे मैदानहरूमा चर्छन्, जसले वनस्पति संरचना कायम राख्न सहायता गर्दछ। तिनीहरूको चरन ढाँचाले केही लेकाली बोटबिरुवाहरूको पुनरुत्थानलाई समर्थन गर्दछ। सांस्कृतिक रूपमा, चौरी स्थानीय उत्सव र अनुष्ठानहरूमा समावेश छ। जलवायु परिवर्तन हुँदै जाँदा, चौँरी पालनको दिगोपना बढ्दो रूपमा महत्त्वपूर्ण हुँदै गइरहेको छ। बढ्दो तापक्रम र अचानक हिमपातले घाँसे मैदानको उत्पादकतालाई असर गर्छ, बसाइँसराइ मार्गहरू पछि र चौँरीहरूको लागि रोगको जोखिम हुन्छ। हिमनदीबाट बग्ने पानीले उच्च पहाड़का घाँसे मैदानहरुको हरियाली कायम गर्छ। यही हरियालीमा चौरीले घाँस खान्छन्, चरण गर्छन् र तन्दुरुस्त रहन्छन्। यदी ग्लेशियर छिटो पग्लेर हराउनथाले भने, पानीको मात्रा घट्छ, घाँसे मैदान सुक्दै जान्छ, चौरीको खानाको स्रोत कम हुन्छ र चौरी पालनमा निर्भर परिवारको जीवन प्रभावित हुन्छ।
सिक्किम र अन्य हिमाली राज्यहरूका लागि पहाडको विकास भनेको उच्च उचाइको पारिस्थितिक प्रणालीको संरक्षण गर्नु हो जसले अनुसन्धान, नीति समर्थन र समुदायको संलग्नता मार्फत लेकाली खरका, हिमनदी र जलाधार क्षेत्रको संरक्षण गर्दछ। अन्तर्राष्ट्रिय पर्वत दिवसले पहाडहरूले आफ्नो प्राकृतिक सुन्दरतामात्र नभएर, धेरै जीवनहरूलाई कायम राख्छन् भन्ने कुराको सम्झना गराउँछ। सिक्किममा, भव्य हिमालय केवल परिदृश्य मात्र होइन, तिनीहरू समुदाय, संस्कृति, वन्यजन्तु, चौंरी पालन जस्ता पुरानो परम्परालाई समर्थन गर्ने राज्य हुन्। पहाडी पारिस्थितिक प्रणालीको संरक्षण गरेर र तिनीहरूलाई संरक्षण गर्ने मानिसहरूलाई सशक्त बनाएर, हामी जैविक विविधता र जलवायु लचिलोपन मात्र होइन तर उच्च उचाइका समाजहरूलाई परिभाषित गर्ने सांस्कृतिक सम्पदाको पनि रक्षा गर्छौं। चौरी पालन सिक्किमको उच्च हिमाली जिवनशैली, प्रकृति र संस्कृतिक पहिचानको प्रतिक हो। पर्वतीय पारिस्थितिको संरक्षण र चौरी पालक समुदायको सशक्तिकरणले हामीलाई जलवायु परिवर्तनसँग जुझ्न, जिवन सुधार्न र पुस्तालाई हिमाली विरासत सुरक्षित गर्न मद्दत गर्छ।
सिक्किमका चौरी पालकहरु, पहाड़ी किसान, गोठाला र अन्य समुदायहरुको कथा पनि यिनै हिमनदीहरुसँग जुड़ेका छन्। अशोका ट्रस्ट फर रिसर्च इन इकोलोजी एण्ड द इनभाइरोमेन्ट (एट्री) को लेकाली खरका विषय सम्बन्धित स्रोधकार्यको क्रममा हामी एउटा चौरी पालकसँग भेट्यौ जसको कथा त्यहाँबाट फर्किएपछि सम्म हाम्रो मनमा बसि बस्यो। पर्वतीय समुदायको आफ्नै परम्परा र पेशाप्रति कति गहिरो लगाव हुन्छ भन्ने कुरा उनको कथाबाट स्पष्ट हुन्छ। धेरै वर्ष अघिको कुरा हो, उनी सिक्किम पुलिसमा काम गर्थे, स्थिर सरकारी जागिर। तर यति हुदा हुदै पनि उनका मन भने सधै आफ्नो डाड़ा पहाड़ र पुस्तौदेखि पालन हुदै आएको चौरीहरुसँग नै थियो। उनका बाजे- बराज्यू सबै चौरी पालक थिए र त्यही परम्पराको मान र महत्त्व आफ्नो मनमा बोकिरहेका थिए। उनी बताइरहेका थिए- कर्तव्यको बेला पनि उनको मन धरतिर नै दौड़न्थ्यौ। चौरीहरु सुरक्षित छन् कि छैनन्, त्यति हेर्न मात्र पनि उनी घरतिर दौड़न्थे। चौरीको झुण्ड, घाटीमा बज्ने घण्टीको आवाज र पहाडको समिप नै उनको घर थियो। समय बित्दै जादा उनको लगाव अझ बलियो हुदै गयो। सरकारी जागिर र चौरी पालन दुवै बिच समय मिलाउन खोज्दा- खोज्दै उनले उनको मन कहाँ छ भन्ने कुरा महसुस गरे। अनि एक दिन उनले कसैले नसोचेको ठूलो निर्णय लिए, स्थिर सरकारी जागीर छोड़े र चौरी पालनमा नै फर्किने निर्णय लिए। त्यागपत्रमा उनले छोड़्ने कारण “चौरी पालक बन्न” लेखे। आज दश- पन्द्र वर्षपछि पनि उनको चौरी र पहाड- पर्वत प्रतिको माया र लगाव पहिले जति नै छ। अहिलेसम्म पनि उनको मनमा त्यही प्रेम छ र 160 भन्दा पनि ज्यादा चौरी पालन गरिरहेका छन्। उनले चौरीलाई नाम सम्म दिएका छन् र सबैको पहिचान गर्न सक्छन्। उनको कथा सुन्दा हामीले महसुस गर्यौ की पहाडहरुले केवल भौगोलिक रुप मात्र होइन, यहाँ बस्ने मानिसहरूको मन र पहिचान हो।
धेरै बेरसम्म हामी सोचाईमा पर्यौ। चौरी पालक, उनको पहाडी जीवन र संघर्ष सोचेर मनमा उनीहरूको समुदायप्रति एउटा अलग्गै सम्मान जाग्यो। उनीहरूको जीवन, ज्ञान र परम्परा नै हाम्रो पहाडको वास्तविक शक्ति हो। हामीले यो बुझ्यौ की चौरी पालन, चरन, पानी र समुदाय सबै आपसमा जुड़ेका छन्। पानीको स्रोत्तबारे कुरा गर्दा हिमनदी र बढ़्दो विश्रवव्यापी उष्णताको गमभिर मामलाको कुरा आयो। गर्मी महिनामा यही हिमनदी पध्लेर पानीको स्रोत बन्छन्, घासे मैदानको हरियाली कायम राख्छ र सबै भन्दा बढ़ी महत्वपूर्ण पहाड़ी समुदायको जिविका चल्छ।
तर वर्तमान परिदृश्यमा हिमनदीहरु जलवायु परिवर्तनको प्रभावले पग्लिन थालेका छन्। अनि यसका फलस्वरुप: अनियमित हिमपात र वर्षा, चौरीलाई रोग लाग्ने सम्भावना र अन्य धेरै समुदायलाई चिन्तित बनाएको छ। सिक्किमका पहाड़हरुको सौन्दर्यमात्र होइन, तर चौरी पालकहरुकोजिविका हो। पहाड़ जोगाउनु भनेको हामीले यी अग्लो पहाडमा, जाड़ो खपेर जिवनयात्रा कायम राख्ने समुदायलाई जोगाउनु हो। तर हामीले चाह्यौ र धीड़ सङ्कल्प गरेर निर्णय लियौ भने हामी कुनै पनि काम गर्न सक्छौ। हाम्रो पहाड र पृथ्वीको मुख्य भाग बचाउनको निम्ति हामीले आफ्नो नियमित जिवनमा एक दुइवटा सामान्य कदम लिन सक्छौ जस्तै प्लास्टिक प्रयोग कम गर्ने, पानी स्रोत्र संरक्षण गर्ने, ग्लेशियर सुरक्षा सम्बन्धि काम गर्ने समुदाय सङ्गठ्न गरी जनचेतना फैलाउन सक्छौ। पहाड़ जोगाउनु भनेको हाम्रो पानी जोगाउनु हो। पानी जोगाउनु भनेको हाम्रो भविष्य जोगाउनु हो र भविष्य जोगाउनु भनेको आजैबाट जिम्मेवार कदम चाल्नु हो। जहाँ हिमनदी रहन्छ, त्यहाँ चौरी पालन जिवित रहन्छ।
-उपमा राई











