संसदको शीतकालिन सत्रमा गोर्खाल्याण्डको प्राइभेट मेम्बर बील ल्याएको खण्डमा भागोप्रमोले भाजपालाई सहयोग गर्ने

Share this news

खरसाङ, (निसं): दार्जिलिङका सांसद राजु विष्टले वर्तमानमा संसदमा चलिरहेको शीतकालीन अधिवेशनमा गोर्खाल्याण्डको प्राइवेट बील ल्याएको खण्डमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले उनलाई नै सघाउने भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ महकुमा समितिको सभापति सुवास प्रधानले बताएका छन्‌‍।

उनले खरसाङ्मा पत्रकारहरुलाई सम्बोधन गर्दै सांसद राजु विष्टले भागोप्रमोको टेकलाई लिएर सोधेका थिए भन्दै यदि सांसदले संसदमा गोर्खाल्याण्डको लागि प्राइवेट बील ल्याएको खण्डमा आफुहरु पनि सांसदलाई सघाउने तर चुनावको समयमा मात्रै गोर्खाल्याण्ड भनेर हुँदैन भनी बताएका छन्‌‍। सुवास प्रधानले जसरी नेपाली भाषाले संविधानको आठौंँ अनुसूचीमा मान्यता प्राप्त गरेको समयमा सिक्किमकी तत्कालीन सांसद दिलकुमारी भण्डारीले सबै सांसदहरुलाई मनाएका थिए र सबै सांसदहरुसित लबी लाएर नेपाली भाषालाई मान्यता दिलाउन ठूलो भूमिका निर्वाह गरेकी थिइन्‌‍ त्यसरी नै सांसद राजु विष्टले पनि गोर्खाल्याण्डको लागि सबै सांसदहरुसित लबी लगाउनुपर्छ भनी बताएका छन्‌‍।

सुवास प्रधानले चुनावको माहोलसितै पहाड़मा राजनीतिक दाउपेज शुरु भएको बताउँदै चुनावको माहोलमा नै अहिले इन्टरलोक्युटरको कुरा चर्चामा रहेको र सांसद राजु विष्टले सबै राजनीतिक दलहरु अनित थापाको पार्टीको टेक पनि के रहेको भनी प्रश्न गरेकोले उत्तर दिएको भनी बताएका छन्‌‍।

उनले अनित थापाको पार्टी भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले गोर्खाल्याण्डको सदैव समर्थन गर्ने र कहिले पनि विरोध नगर्ने बताएका छन्‌‍। उनले चुनावको बेला मात्र गोर्खाल्याण्ड भनेर हुँदैन तर सांसदले हालमा चल्दै गरेको शीतकालीन सत्रमा गोर्खाल्याण्डको प्राइवेट बील लिएर आउनु पर्ने मांग गरेका छन्‌‍।

उनले भारतीय जनता पार्टीको इच्छा भए गोर्खाल्याण्ड दिन सक्छ तर इच्छा नै छैन अनि भाजपाको गोर्खाप्रति मनसाव नै छैन र भाजपा गोर्खाहरुप्रति इमान्दार छैन भनी आरोप लगाएका छन्‌‍। उनले पहाडमा भागोप्रमो मात्र सत्तामा छैन तर पहाड़बाट निर्वाचित भएर सांसद र विधायकहरु पनि गएका छन्‌‍ उनीहरुले विकासको कार्य के गरेका छन्‌‍ भनी प्रश्न उठाएका छन्‌‍। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ महकुमा समितिको सभापति सुवास प्रधानले पहाडमा भाजपाले श्रमिकहरुको दैनिक हाजिरा 8 सय रुपियाँ हुने भनेर झूट बोलिरहेको बताउँदै चुनावको समयमा देशको गृहमन्त्री अमीत शाहले दार्जिलिङ्मा आएर श्रमिकहरुको दैनिक 3 सय 50 रुपियाँ हुने भनेर पनि अहिलेसम्म नभएको आरोप लगाएका छन्‌‍।

सुवास प्रधानले 2017 मा आन्दोलन बिथोल्ने अनित थापा होइन भन्दै आन्दोलनको समयमा शान्ति होस्‌‍ भनेर गोरामुमोले कोलकातामा पत्रचार गरेको बताएका छन्‌‍। उनले अनित थापाले जनतालाई नढाँटीकन सरकारसित मिलेर पहाड़मा शान्ति र विकासको कार्य गरिरहेको दावी गरेका छन्‌‍।

Share this news
आजको रोजाइ
प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

आजको रोजाइ