न्यूनतम रोज लागु गरेर सबै सहुलियत प्रदान गरिएको खण्डमा चिया बगान श्रमिकहरूको हाजिरा 8 सय भन्दा माथि हुनेछः आरबी लामा

Share this news

खरसाङ, (मोहन प्रसाद): भारतीय जनता पार्टीका खरसाङबाट दार्जीलिङ जिल्ला (पहाड़) का उपाध्यक्ष आरबी लामाले स्थानीय जीटीए प्रशासन अनि राज्य सरकारको कड़ा आलोचना गर्दै वर्तमानमा यिनीहरूको नीतिको कारण नै चिया श्रमिकहरू यस्तो दयनीय अवस्था पुगेको आरोप लगाएका छन्‌‍।

तिनले राज्य सरकार अनि स्थानीय जीटीए प्रशासनले प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा रहेको केन्द्र सरकारद्वारा अगावै पारित गरिएको न्यूनतम रोजको अधिनियम पश्चिम बंगालको चिया बगानहरूमा लागू गरिएको भए साथै श्रमिकहरूले पाउनु पर्ने सबै सुविधा अनि अधिकारहरू श्रमिकहरूलाई इमान्दारी पूर्वक दिइएको भए सबै मिलाएर चिया श्रमिकको रोज 8 सय रुपियाँ भन्दा पनि धेर हुने थियो भनी बताएका छन्‌‍। तिनले राज्य सरकारले अनि स्थानीय प्रशासनले केन्द्र सरकारद्वारा जारी गरेको न्युनतम रोज ऐन जीटीए क्षेत्र सहित पश्चिम बंगालको अन्य चिया बगानहरूमा झट्टै लागुगरियोस्‌‍ भनी माग गरे। तिनले यो पनि बताए कि तिनको पत्नी एकजना चिया श्रमिक हुन्‌‍। तिनको पत्नीले चिया बगानमा दुःख गरेको तिनले देखेका छन्‌‍। चिया बगानका अन्य दिदी-बहिनीहरूले पनि वर्ष भर बगानमा दुःख गरेका देखेका छन्‌‍।

चिया बगानका श्रमिकहरूको दुःख देखेर तिनले हालैमा कतिपय श्रमिकहरूलाई आफ्नो मन्तव्य राखेका थिए। यदि केन्द्र सरकारद्वारा जारी गरिएको न्यूनतम रोज पहाड़मा लागू भएको खण्डमा साथै श्रमिकहरूले पाउनु पर्ने सबै सुविधा, सहुलियत अनि अधिकार पाए भने श्रमिकहरूको रोज 8 सय रुपियाँ भन्दा पनि धेर हुनेछ । लामाले जीटीएका सत्तारुढ़ दलका नेतृत्वहरूले भाजपालाई भाटा लगाउनु पर्छ भनी भनिरहेका छन्‌‍ तर जनमानसले बुझ्नु पर्छ कि कसलाई भाटा लगाउनु पर्ने हो। केन्द्रमा रहेको भाजपा सरकारले जनहितमा, श्रमिक हितमा, बाटो, पानी, स्वास्थ्य, रोजगार आदि सबै विषयहरूमा करोडौं रुपियाँ यहाँ पठाउने गर्छ तर ती राशिहरूको यहाँ धाँधली अनि दुरूपयोग हुन्छ ।

विकास मूलक कार्यहरूमा यहाँ परसेन्टेज कुरो हुन्छ । जसमा नेतादेखि लिएर विभिन्न वर्गका विभागीय अधिकारीहरू पनि लिप्त रहेका देखिएको छ। चिया श्रमिकको रोजको मुद्दा सहित सबै विषय वस्तुहरूमा यिनीहरुको कारण साधारण मानिसहरूले दुःख भोग्नु परिरहेको छ भनी आरोप लगाउदै भाजपाको पक्षबाट न्यूनतम रोज ऐन लागु गरेर चिया श्रमिकहरूले पाउने विभिन्न सुविधा अनि हक अधिकार श्रमिकहरूले पाएको हुनुपर्ने बताए। लामाले भने, पहाड़का कतिपय नेतृत्वहरूले भाजपा होसियार भन्छन्‌‍, ती नेताहरूले बुझ्नु पर्छ कि भाजपा होसियार नै छ।

आज नरेन्द्र मोदी जस्ता भाजपाका नेतृत्वहरूको कारण अनि होसियारीले नै विश्वमा भारत देश अघि बढ़िरहेको छ। त्यति मात्र होइन, देशको विभिन्न प्रान्तमा भाजपाको जनमत बढ़िरहेको छ। हामी आश्वस्त छौँ कि आउँदो 2026 को विधानसभा चुनावमा भाजपा पश्चिम बंगालमा आउने छ, त्यसपछि सबैलाई भाजपाले पहाड़को हितमा के गर्नेछन्‌‍ भन्ने देखाइने छ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ