खरसाङमा चिसो बढ़ेपछि जनजीवन प्रभावित

Share this news

खरसाङ, (निसं): अहिले खरसाङमा चिसो निकै बढ़ेको छ। मंगलवार खरसाङको न्यूनत तापमान 10-11 डिग्री सेल्सियस अनि अधिकतमा तापमान 20-21 डिग्री सेल्सियस मापन गरिएको थियो। दिउँसो घाम लाग्ने गरेकोले मानिसहरूले अधिक जाड़ोबाट केही राहत अनुभव गरिरहेका छन्‌‍ भने रातको समयमा कठ्याङ्ग्रिने जाड़ोको सामना गरिरहेका छन्‌‍। दिसम्बर महिनाको अन्त अनि जनवरी महिनाको आरम्भमा अझ चिसो बढ़ने अनुमान लगाइएको छ। खरसाङ्का अनुभवी व्यक्तिहरू अब एक पल्ट हल्का वर्षा अथवा उच्च स्थानहरूमा हिमपात भएपछि अझ चिसो बढ़ने बताइरहेका छन्‌‍। चिसो मौसम शुरु हुन साथै खरसाङ्का धेरै विद्यालयहरूमा शीतकालिन बिदा भइरहेको छ भने कतिपय विद्यालयहरू अझसम्म सञ्चालनमा रहेका छन्‌‍। कतिपय विद्यालयमा माध्यमिक, उच्च माध्यमिक, आईसीएसई, आईएससीको कोचिङ चलिरहेको अथवा विद्यार्थीहरू विभिन्न कोचिङ सेन्टर वा शिक्षक-शिक्षिकाहरू कहाँ ट्युशन पढ़न गाइरहेका छन्‌‍। यसरी कोचिङ क्लास, ट्युशन जाने अनि विद्यालय जाने विद्यार्थीहरूले यो चिसो मौसमको सामना न्यानो लुगा लगाएर गरिरहेका छन्‌‍। चिसो मौसमको कारण वृद्ध-वृद्धा, रोगी, अशक्त, शिशुहरूलाई निकै समस्या भइरहेको थाहा लागेको छ। शरीर तातो राख्नको निम्ति मानिसहरूले न्यानो लुगा, हिटर, ब्लोवर, आगोको सहारा लिइरहेका छन्‌‍ भने यस समय तातो चिया अधिक बिक्री भइरहेको छ। यो शीतकालको जाड़ोदेखि बाँच्नको निम्ति खरसाङ्का निकै मानिसहरू सिलगढ़ी, सिलगढ़ी संलग्न स्थान अनि अन्य स्थानतिर गएका छन्‌‍।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ