अन्तर्राष्ट्रिय मानवाधिकार दिवसको अवसरमा भारतीय मानवाधिकार एशोसिएसनले बाल अधिकार र सुरक्षामाथि सचेतना कार्यक्रम

Share this news

खरसाङ, (निसं): अन्तर्राष्ट्रिय मानवाधिकार दिवसको अवसरमा भारतीय मानवाधिकार एशोसिएसनको खरसाङ शाखाले बाल अधिकार र स्वास्थ्य सुरक्षामा केन्द्रित विशेष जनचेतना कार्यक्रम आयोजना गऱ्यो। बुधवार बिहान 11 बजे एशोसिएसनका सदस्यहरू कार्यालय परिसरमा भेला भएर सन्‌‍ 1948 मा संयुक्त राष्ट्रसङ्घद्वारा स्वीकृत मानव अधिकारको सर्वभोम घोषणा (युनिभर्सल डिक्लेरेशन अफ ह्युमन राइट) को बारेमा चर्चा गरे। एसोसिएसनको खरसाङ शाखाका मिडिया सचिव ज्योति कुमार मुखियाले यस अवसरमा आफ्नो वक्तव्य राख्दै भने, मानव अधिका प्रत्येक व्यक्तिको जन्मसिद्ध अधिकार हो। व्यक्तिको गरिमामाथिको हनन्‌‍ अस्वीकार्य विषय होइन। तिनेल अन्तर्राष्ट्रिय मानव अधिकारको यस अवसरमा मानव अधिकार एसोसिएसनको खरसाङ शाखाले बाल संरक्षणको नारालाई लिएर कार्य गर्ने जमर्को कसेको बताउदै एसोसिएशनले यो कार्य ग्राउण्ड जिरोमा गएर गर्न पर्ने जनाए। यस अवसरमा अन्यान्यले पनि वक्तव्य राखेका थिए। चर्चापछि एशोसिएसनको एक टोलीका सदस्यहरूले खरसाङ बजारका पसलहरूमा पुगेर “बाल संरक्षण” सम्बन्धी सचेतना फैलाउने कार्य गरे। विद्यार्थीहरू स्कुल ड्रेसमै सिग्रेट र गुट्खा सेवन गरिरहेको दृश्य अति सोचनीय र हृदयस्पर्शी विषय भएको भन्दै एसोसिएसनका सदस्यहरूले व्यापारीहरूलाई नै सचेत गराए अनि विद्यार्थी र विद्यालय जाने उमेरकाहरूलाई सिग्रेट, गुट्खा बिक्री नगर्ने आग्रह गरे। सङ्घका अध्यक्ष सन्दीप प्रसादले आभियानको अवधिमा भने, 18 वर्ष मुनिका विद्यार्थी वयस्क होइनन्‌‍। उनीहरूलाई नशा र सुर्तीजन्य पदार्थहरूबाट जोगाउनु हाम्रो सामूहिक जिम्मेवारी हो। आज हामीले चेतना जगाउने पहिलो कदम चालेका छौँ। यो हाम्रो अभियानलाई सबै दोकानदारले साथ दिनुपर्छ। एसिसएसनका सचिव राजकुमार सिंहले जोर दिँदै भने, हाम्रो एउटै अपील छ कृपया 18 वर्ष मुनिका बाल-बालिकालाई, विशेषगरी विद्यालयको युनिफर्ममा आएका विद्यार्थीलाई सिग्रेट र गुट्खा नबेच्नुस्‌‍। शारीरिक मात्र होइन, खाद्य वा संवेदनात्मक सुरक्षालाई पनि ध्यान दिनुपर्छ। दोकान-दोकान घुमिरहेको मानव अधिकारको टोलीसित कुरा गर्दै एक व्यापारीले एसोसिएसनको अभियानमा सकारात्मक प्रतिक्रिया दिँदै भने, हामी पनि चाहन्छौँ बाल-बालिकाहरूले यस्ता पदार्थ नखाउन्‌‍ भन्ने। तर मैले मात्र नबेचेर पुग्दैन, सबै दोकानदारले साथ दिनुपर्छ। यो अभियानमा सबै सचेत हुन पर्छ, सबैले साथ दिन पर्छ। अर्की महिला दोकानदारले भनिन्‌‍, मेरो पनि साना नानीहरू छन्‌‍, म विद्यार्थीहरूलाई कहिल्यै यस्ता सामान बेच्दिन। ट्राफिक पुलिस अधिकारी अनि अन्यान्ले पनि मानव अधिकार एसोसिएसनको यस पहललाई सकारात्मक पहल बताउइदै यसमा सबैले साथ दिन आवश्यक रहेको बताए। यस सचेतनामूलक कार्यक्रममा एसोसिएसनका सदस्यहरू मिनोती रोय, सरोज चौहान, तपेश्वर प्रसाद, सर्वर आलम, आनन्द झा, नसीम अली, मोनिका रावत, शंकर रावत, अर्चना गुप्ता र तनुज गर्ग सहभागी रहेका थिए।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ