mahanadi high school (1)
mahanadi high school (1)

महानदी हाई स्कूलका प्रधान अध्यापक अनि सिविटार निवासी महेन्द्र छेत्रीलाई सम्मान जनाइयोको

Share this news

तीनधारे, (निसं): महानदी हाई स्कूलको प्रधान अध्यापक एंव सिविटार निवासी महेन्द्र छेत्रीलाई सम्मान जनाइएको छ। टेक्नो इण्डियाद्वारा केही समय अघि कोलकातामा महानदी हाई स्कूलका प्रधान अध्यापक महेन्द्र छेत्रीलाई द्रोणाचार्य अवार्डद्वारा सम्मानित गरिएको थियो। उनको यस अवार्डको लागि महानदी ग्राम पञ्चायतको संसद तीन, सिविटार क्षेत्रका पञ्चायत सदस्य राजीव तामाङ्को तर्फबाट सम्मान जनाइएको छ।

यस अवसरमा उनलाई नवदीप क्लब सिविटारको सदस्य राजेन्द्र प्रधानको बाहुलीबाट खदार्पण र टोपी पहिराइएको थियो। त्यसरी नै समाजसेवी सूर्यनारायण प्रधानको बाहुलीबाट दोसल्ला ओढ़ाइयो भने सम्वर्ध्दना पत्र पञ्चायत सदस्य राजीव तामाङले प्रदान गरेका थिए। नवदीप क्लब सिविटारको सचिव मौसम नेवारले सञ्चालन गरेको कार्यक्रममा पञ्चायत सदस्य राजीव तामाङले वक्तव्य राख्दै प्रधान अध्यापक महेन्द्र छेत्रीलाई द्रोणाचार्य अवार्डको लागि बधाई दिएका छन्‌‍।

उनले महानदी हाई स्कूलबाट माध्यमिक र उच्च माध्यमिक परीक्षामा उच्च अंक प्राप्त गर्ने विद्यार्थीलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्‌‍। यस कार्यक्रममा डीएचआरद्वारा आयोजित कार्यक्रममा महानदी हाई स्कूलकी दशौँ श्रेणीकी विद्यार्थी शुभेच्छा राईले स्कलरशीपको परीक्षामा उच्च अंक प्राप्त गरेर क्विन अफ्‌‍ हिलको टाइटल जितेकोमा खदार्पण गरेर बधाई दिइएको छ।

कार्यक्रममा सह शिक्षक महेन्द्र छेत्रीले धन्यवाद ज्ञापन गरेका थिए। यसरी सम्मान प्रदान गरेकोमा प्रधान अध्यापक महेन्द्र छेत्रीले पञ्चायत सदस्य राजीव तामाङ साथै उपस्थित सबै ग्रामवासीलाई धन्यवाद दिएका छन्‌‍। यस विषयमा पत्रकारहरुसित कुराकानी गर्दै महानदी हाई स्कूलका सह शिक्षक महेन्द्र छेत्रीले विस्तृत जानकारी गराएका छन्‌‍।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ