bgpm allegation
bgpm allegation

विधानसभा चुनाउ नजिक भाजपा नेताहरूले अफवाह फैलाएको भागोप्रमोको आरोप

Share this news

खरसाङ, (निसं): न्युनतम रोज लागु गरेर श्रमिकहरूले पाउने सबै सहुलियत प्रदान गरिएको खण्डमा चिया बगान श्रमिकहरूको हाजिरा दैनिक 8 सय रुपियाँ भन्दा अधिक हुनेछ भनी भाजपाको खरसाङ क्षेत्रबाट जिल्ला उपाध्यक्ष रहेका आरबी लामाले दिएका वयानप्रति भागोप्रमोले तिखो प्रतिक्रिया जनाएको छ। भागोप्रमो खरसाङ शहर चिम्नी देवराली समष्टि सांगठनिक सचिव एवम्‌‍ खरसाङ महकुमा समिति कार्यकारिणी समिति सदस्य प्रेम बम्जनले यस बारेमा प्रतिक्रिया जनाउदै भनेका छन्‌‍, चिया बगानका श्रमिकहरूको हाजिरा 8 सय रुपियाँ भन्दा अधिक हुन पर्छ भनी हामी पनि चाहान्छौँ। सिन्कोना बगानका श्रमिकहरूलाई महिनाको वेतन प्रदान गरिन्छ, त्यस्तै वेतन चिया बगानका श्रमिकहरूले पनि पाउन पर्छ भन्ने हामी चाहान्छौँ।

वर्तमानमा चिया बगानका श्रमिकहरूले दैनिक 2 सय 50 रुपियाँ हाजिरा पाइरहेका छन्‌‍ भविष्यनिधि कोष काटेर 2 सय 30 रुपियाँ प्राप्त गर्छन्‌‍। आज चिया बगानका श्रमिकहरूले श्रमिक आवाश पाउदैनन्‌‍, दबाई पाउदैनन्‌‍, चिया बगानबाट राशन पाउदैनन्‌‍, चिया बगानमा डाक्टर छैन, चिया बगानका श्रमिकहरूलाई अवकाशपछि पनि सुखा हाजिरामा काममा लगाइन्दैछ। भाजपाका नेता आरबी लामाहरूले यी कुरोहरू खोज्न पर्ने हो।

यी विषयहरूमा पहल गर्न पर्ने हो। बम्जनले आरोप लगाउदै भने, भाजपाका नेताहरू घरि नाच्ने, घरि मौरीको चाका खाने, घरि डोको बोक्ने अनि पानीको कलमा ममता दिदी भन्नेहरू छन्‌‍। सय दिने रोजगारको पैसा रोक्ने तिनीहरू नै हुन्‌‍, सय दिने रोजगारका सुपर भाइजर, मिस्त्री, सप्लायरहरूले अहिलेसम्म पैसा पाएका छैनन्‌‍।

यो कुरोको निम्ति कार्य गर्न पर्ने हो। तिनले प्रश्न गर्दै भनेका छन्‌‍, भाजपा शासित राज्यहरूमा श्रमिकहरूको रोज बढ़न पर्ने हो, किन बढ़ेन? तिनले दावी गर्दै भनेका छन्‌‍, अहिले चारचक्के गाड़ी हुनेहरूको राशन काटिन्दैछ। पहाड़मा एउटा गाड़ी राखेर, त्यही गाड़ी चलाएर परिवार पाल्नेहरू धेरै छन्‌‍। तिनीहरूले महिनाको 10-12 हजार रुपियाँ कमाई गरेर परिवार पालिरहेका छन्‌‍। केन्द्रमा भाजपाको सरकार रहे तापनि दार्जीलिङ पहाड़ र गोर्खाको लागि भाजपाले के गऱ्यो।

पीपीएस खोइ? प्रधानमन्त्रीले गोर्खाको सपना मेरो सपना भनेका थिए, खोइ त्यो सपना? भाजपाले झुटो आश्वासन दिएर हामीलाई बोरामा सुताएको छ। आगामी विधानसभा चुनाउलाई ध्यानमा राखेर यहाँका भाजपा नेताहरूले चैत-बैशाखको भालेमुङ्ग्रो जस्तो अफवाह फैलाइरहेका छन्‌‍।

तिनले जीटीए प्रमुख कार्यपाल अनि जीटीएको प्रशंसा गर्दै भनेका छन्‌‍, जीटीए चिफ अनित थापाको नेतृत्वमा पहाड़मा अनगन्ती विकासका कार्यहरू भएका छन्‌‍।जुन कुरो जनतालाई राम्ररी थाहा छ। भाजपाले जीटीए चिफ र जीटीएको विरोध गर्नु भन्दा प्रत्येक समष्टिका सभासद्‌‍ अनि विभागीय कार्यालयहरूमा गएर विकास कति भएको छ भन्ने जानकारी लिएको असल हुन्छ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ