खरसाङ महकुमा अस्पतालमा माँ क्यान्टिन आरम्भ

Share this news

खरसाङ,  (मोहन प्रसाद): खरसाङ नगरपालिकाको देख-रेखमा पश्चिम बंगाल सरकारको मां योजना अन्तर्गत खरसाङ महकुमा अस्पताल प्राङ्गणमा एउटा मां क्यान्टिन आरम्भ भएको छ। बुधवार खरसाङ महकुमा अधिकारी, प्रिया यादव, खरसाङ नगरपालिका अध्यक्ष ब्रिगेन गुरुङ, उपाध्यक्ष सुवास प्रधान, खरसाङ नगरपालिका अभियन्ताहरू, कर्मचारीहरू साथै खरसाङ अस्पतालका प्रतिनिधिहरू, डाक्टर, नर्सहरूको उपस्थितिमा मां क्यान्टिनको विधिवत्‌‍ उद्घाटन गरियो। कार्यक्रमलाई सम्बोधन गर्दै खरसाङ नगरपालिका बोर्ड अफ एडमिनिस्ट्रेशनका अध्यक्ष ब्रिगेन गुरुङले भने अनुसार, राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले राज्यका आर्थिक रुपले कमजोर रहेका एवम्‌‍ अन्य सबै वर्गका मानिसहरूले कम शुल्कमा भर पेट खाना खान सकोस्‌‍ भनी केवल 5 रुपियाँमा खानाको प्रबन्ध गराएकी हुन्‌‍। तिनले यो पनि जनाए कि गत केहि वर्ष अघि उक्त मां क्यान्टिन खरसाङ नगरपालिका कार्यालयमा पनि चलिरहेको छ भने प्रति दिन लगभग दुई सय जना मानिसहरू केवल 5 रुपियाँमा दाल, भात, अण्डा संगै भर पेट खानाको लाभ उठाइरहेका छन्‌‍। खरसाङ महकुमा अस्पताल प्राङ्गणमा बुधवारदेखि खोलिएको क्यान्टिन अहिलेलाई अस्थायी रूपमा आरम्भ गरिएको हो। पछि अस्पताल परिसरमा पक्का भवन निर्माण गरेर क्यान्टिन सञ्चालन गरिनेछ। अर्कोतर्फ पत्रकारहरूसित बोल्दै खरसाङ नगरपालिका प्रशासनिक बोर्डका उपाध्यक्ष सुवास प्रधानले बताए अनुसार, अस्पतालमा आउने बिरामीहरू साथै बिमारीका परिवारका सदस्यहरूलाई कम शुल्कमा केवल 5 रुपियाँ भुक्तान गरेर भर पेट खानाको प्रबन्धको राज्य सरकारले गरेको छ। उक्त क्यान्टिनमा वर्तमानमा 2 सय जना मानिसहरूलाई केन्द्र गरेर खानाको व्यावस्था गरिएको छ भने दिउँसो 12 बजेदेखि बेलुका 3-4 बजेसम्म खानाको व्यावस्था रहनेछ। त्यति मात्र होईन, राज्य सरकारको अन्य एउटा योजना अन्तर्गत तयार गरिएको साथै खरसाङ नगरपालिका कार्यालय नजिक रहेको भवनमा आवश्यकमा रहेका व्यक्तिहरूलाई अथवा बिरामीहरूलाई हेर्न आएको सदस्यहरूलाई राति बस्ने व्यवस्था पनि नगरपालिकाले राज्य सरकारको योजना अन्तर्गत गरेको छ। तिनले वर्तमान राज्य सरकारको सहयोगमा खरसाङ नगरपालिकाले जनहितमा विभिन्न पक्षमा कार्य गरिरहेको छ भनी बताए।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ