नेपाली भाषामा साइन बोर्ड लगाउनको निम्ति हामी सक्रिय अनि प्रभावकारी रुपमा कार्यक्रम गर्नेछौँः युवा शक्ति

Share this news

खरसाङ, (निसं): जीटीए क्षेत्रका सम्पूर्ण दोकान, व्यापारिक प्रतिष्ठान, विद्यालय, शैक्षिक प्रतिष्ठान, सरकारी-गैरसरकारी कार्यालय, सांघ-संस्थाको कार्यालय अनि अन्य निकायका कार्यालयहरूमा आगामी नेपाली भाषा मान्यता दिवससम्ममा नेपाली भाषामा साइन बोर्ड लगाइसक्न पर्ने अपिल भागोप्रमो युवा शक्तिको केन्द्रीय समितिले जारी गरेको छ। नेपाली भाषा मान्यता दिवसको दिनसम्म नेपाली भाषामा साइन बोर्ड नलगाइएको खण्डमा युवा शक्तिले सक्रियता पूर्वक कार्य गर्ने पनि जनाइएको छ। नेपाली भाषामा साइन बोर्ड लगाउने कार्य खरसाङ्मा चलिरहेको छ, तथापि यो कार्य सुस्त गतिमा चलिरहेको पाइएको छ। खरसाङ्मा धेरै व्यारिक प्रतिष्ठान, दोकानहरूमा नेपाली भाषामा साइन बोर्ड लगाइएको पाइएको छ भने अझ पनि धेरै दोकान, व्यापारिक प्रतिष्ठान, सरकारी-गैरसरकारी कार्यालय, ब्याङ्कहरूमा नेपाली भाषामा साइन बोर्ड लगाउने कार्य भइसकेको छैन। यसरी नेपाली भाषामा लेखिएको साइन बोर्ड लगाउने कार्यमा ढिलाइ भएको बारेमा प्रश्न गर्दा कतिपय कार्यालयले प्रक्रिय पुरा गर्न पर्ने भएकोले ढिलाइ भएको बताएको छ भने कतिपय दोकानका मालिकहरूले बोर्ड लगाउनलाई कार्य गरिरहेको चाँड़ै बोर्ड लगाउने बताएका छन्‌‍। शहरका कतिपय व्यापारीहरूले आगामी भाषा मान्यता दिवससम्ममा नेपाली भाषामा साइन बोर्ड लगाइसक्नु पर्ने बारेमा आफूहरूलाई कुनै जानकारी नरहेको पनि बताएका छन्‌‍। तिनीहरूले अघिको समयमा युवा शक्तिद्वारा नेपाली भाषामा साइन बोर्ड लगाउनको निम्ति अपिल गरिएको बारेमा आफूहरू अवगत रहेको बताउदै उक्त अपिल पछि साइन बोर्ड लगाउने कार्य गरिएको अथवा गरिरहेको बताएका छन्‌‍। यस बारेमा युवा शक्ति खरसाङ महकुमा समिति अध्यक्ष प्रेमेन्द्र गुरुङले भने, नेपाली भाषामा साइन बोर्ड लगाउनको निम्ति प्रेरित गर्ने कार्यक्रम हाम्रो कार्य सूचीमा छ तर शहीद दिवस अनि त्यसभन्दा अघि कतिपय कारणले हामीले निरन्तरता दिन सकेनौँ। हामी आगामी 15 अगस्त वा त्यो भन्दा अघि यस विषयमा कार्यक्रम गर्नेछौँ। अघिको समयमा हामीले विभिन्न व्यापरिक प्रतिष्ठान, दोकान, कार्यालय, विद्यालय, ब्याङ्कहरूमा गएर पर्चा र पाम्‌‍प्लेट वितरण गर्दै नेपाली भाषामा साइन बोर्ड लगाउनको निम्ति अपिल गरेका थियौँ। अब हामी सक्रिय अनि प्रभावकारी रुपमा कार्यक्रम गर्नेछौँ। जसमा माइकिङ, पोष्टरिङ जस्ता कार्यक्रमहरू पनि सामेल रहनेछन्‌‍। हामी खरसाङ नगरपालिकासित बैठक गरेर यस दिशामा विभागीय तौरमा निर्देश जारी गर्नको निम्ति अनुरोध पनि गर्नेछौँ।


Share this news
आजको रोजाइ
भारतको पहिलो डिजिटल घुमन्ते गाउँ याकटेनको भ्रमण

भारतको पहिलो डिजिटल घुमन्ते गाउँ याकटेनको भ्रमण

“अन्तर्राष्ट्रिय कराँतेमा हिमांशु लकान्द्रीले जिते स्वर्ण पदक”

“अन्तर्राष्ट्रिय कराँतेमा हिमांशु लकान्द्रीले जिते स्वर्ण पदक”

पंखाबारीमा र “हाम्रो गाउँ हाम्रो समाधान” द्वारे सरकार

पंखाबारीमा र “हाम्रो गाउँ हाम्रो समाधान” द्वारे सरकार

हाम्रो स्वाभिमान, सिक्किमद्वारा जडीबुटी दिवस पालन

हाम्रो स्वाभिमान, सिक्किमद्वारा जडीबुटी दिवस पालन

मनिषा छेत्रीको पक्षमा प्रचार-प्रसार जारी

मनिषा छेत्रीको पक्षमा प्रचार-प्रसार जारी

खरसाङको दोकान डाँडामा एउटा घर जलेर भष्म

खरसाङको दोकान डाँडामा एउटा घर जलेर भष्म

सिक्किमकी अनामिका गुरुङलाई राष्ट्रपति भवनको निम्तो

सिक्किमकी अनामिका गुरुङलाई राष्ट्रपति भवनको निम्तो

“गोर्खाल्याण्ड” नभएसम्म गोर्खा बिरोधीहरुको दृष्टिकोण

“गोर्खाल्याण्ड” नभएसम्म गोर्खा बिरोधीहरुको दृष्टिकोण

अभागोवि महासंघद्वारा जीटीए प्रमुखलाई ज्ञापन

अभागोवि महासंघद्वारा जीटीए प्रमुखलाई ज्ञापन

सिंगेल चियाबारीको नयाँधुरा निवासी सुबला देवानको घर पञ्चायत प्रधानले आफ्नै खर्चमा

सिंगेल चियाबारीको नयाँधुरा निवासी सुबला देवानको घर पञ्चायत प्रधानले आफ्नै खर्चमा