खरसाङ ट्राफिक पुलिसको आयोजनामा ड्रग्स रोकथामको लागि सचेतना कार्यक्रम सम्पन्न

Share this news

खरसाङ, (निसं): भएको छ। उक्त कार्यक्रम खरसाङ्को नयाँ बजारस्थित टाउन सार्वजनिक भवनमा सम्पन्न भएको छ। उक्त ड्रग्स रोकथामको लागि सचेतना कार्यक्रमलाई खरसाङ ट्राफिक पुलिसको प्रभारी बीरेन्द्र छेत्रीले सञ्चालन गरेका थिए। कार्यक्रममा खरसाङ क्षेत्रका विभिन्न संघ संस्थाहरुका प्रतिनिधिहरु, विभिन्न विद्यालयहरुका विद्यार्थीहरु, निर्वाचित जनप्रतिनिधिहरु साथै समाजसेवीहरु उपस्थित रहेका थिए। ड्रग्स सेवन र बिक्री रोकथामको लागि आयोजित सचेतना कार्यक्रममा खरसाङ महकुमा पुलिस अधिकारी एसडीपीओ आईपीएस निरजा अनीश शाहले स्वागत सम्भाषणसितै ड्रग्स रोकथामको लागि सचेतना गराएकी थिइन्। उनले ड्रग्स विषयमा जानकारी दिनलाई आफ्नो फोन नम्बर सार्वजनिक गरेकी छन्‌‍? अनि जसले पनि फोन गरेर जानकारी दिन सक्ने र जानकारी दिनेको नाम गोप्य राखिने बताएकी छन्। कार्यक्रममा डीएफओ देवेस पाण्डेले ड्रग्स रोकथामको लागि सचेतना गराएका थिए भने दार्जिलिङ्का ट्राफिक डीवाईएसपी शेरप शेर्पाले ट्राफिक र ड्रग्स विषयमा सचेतनामूलक वक्तव्य राखेका थिए। उनले विद्यार्थीहरुलाई लाइसेन्सबिना गाडी, बाइक, स्कुटी नकुदाई दिने अनुरोध गर्दै हेल्मेट अनिवार्य रुपमा लगाउनु पर्ने बताएका छन्। स्ट्राफिक डीवाईएसपी शेर्पाले भने, पुलिस प्रशानले जनतालाई दुःख दिनलाई ट्राफिकमा काम गरेको होइन तर जनताको सुरक्षाको लागि नै काम गरेका हौँ। ट्राफिक विषयमा कुनै समस्या भएमा ट्राफिक बुथमा आएर बुझ्दा हुन्छ।ङ्गशेर्पाले ड्रग्स सेवन र बेचबिखन गर्नु भनेको जीवन नै मार्नु हो भन्दै ड्रग्स विषयमा अभिभावकवर्ग पनि सचेत र सतर्क हुन आवश्यक रहेको बताएका छन्। उनले भने, अभिभावकबाट नकरात्मक रुपमा डिनाई र प्रोटेक्शन भयो भने ड्रग्स सेवन बढेर जाने सम्भावना हुन्छ। ड्रग्सको कारण जीवन बिग्रेर जान्छ। ड्रग्स सेवन रोग हो र यसलाई सबै मिलेर नै जाति पार्नुपर्छ।ङ्गत्यसरी नै खरसाङ महकुमा शासक आईएएस बिन्दबासिनी तेजा दिपकले ड्रग्सले हामीलाई हानि मात्र गर्छ भन्दै ड्रग्सबाट टाडा रहन नितान्त आवश्यक छ भनी बताएका छन्। उनले ड्रग्स सेवन गर्नेलाई पुलिसले जेलमा हाल्छ अनि जीवन बर्बाद हुन्छ त्यसैले ड्रग्स सेवनबाट टाडा रहनुपर्छ। विशेष गरेर युवाहरु ड्रग्स सेवनबाट अलग्गै रहेको राम्रो भनी बताएका छन्। महकुमा शासकले भने, ड्रग्स सेवन गर्ने युवाहरुले समाजमा सम्मान पाउँदैन। युवाहरु ड्रग्स सेवनबाट टाडा रहेर विभिन्न खेलकूदहरुमा ध्यान दिएको राम्रो हुन्छ किनभने अहिले विभिन्न खेलकूद संघहरु छन्‌‍? जसले विभिन्न समयहरुमा विभिन्न खेलहरु आयोजना गरिरहेका छन्‌‍?। खेलले ड्रग्स सेवनदेखि टाडा राख्नको साथै स्वास्थ्य पनि राख्ने गर्दछ। कार्यक्रममा खरसाङ भूमि सुधार विभागका अधिकारी निमाल लेप्चाले वक्तव्य राखेका थिए भने वरिष्ठ अधिवक्ता रमेश अग्रवालले ड्रग्स सेवन र बिक्रीमा के कस्तो कानुनी प्रावधान लाग्ने भन्ने विषयमा कानूनी जानकारी गराएका थिए। उनले यो कार्यक्रमको उद्देश्य भनेको नै ड्रग्समुक्त समाज निर्माण गर्नु रहेको बताए। उनले ड्रग्सले शारीरिक, सामाजिक र आर्थिक रुपमा खत्तम पारेर लान्छ भन्दै यसले समाजमा पनि खतरा उत्पन्न गराउँछ भनी बताएका छन्। उनले ड्रग्ससित सम्बन्धित विभिन्न कानुनहरु विषयमा जानकारी गराएका छन्।यसै क्रममा कार्यक्रममा ड्रग्स सेवन र बिक्रीमाथि रोकथामको लागि साथै यसको कानुनी प्रावधानहरुलाई लिएर अन्तर्क्रिया पनि गरिएको थियो जसमा उपस्थित मानिसहरुले सोधेका विभिन्न प्रश्नको उत्तर दार्जिलिङ्का डीवाईएसपी शेरप शेर्पा, खरसाङ महकुमा पुलिस अधिकारी आईपीएस निरजा अनीश शाह र वरिष्ठ अधिवक्ता रमेश अग्रवालले दिएका थिए। कार्यक्रममा धन्यवाद ज्ञापन दार्जिलिङ पुलिसको डीवाईएसपी शेरप शेर्पाले राखेका थिए। यस ड्रग्स रोकथामको लागि आयोजित सचेतना कार्यक्रममा खरसाङ नगरपालिकाको चेयरम्यान ब्रिगेन गुरुङ, भाइस चेयरम्यान सुवास प्रधान, खरसाङ खण्ड पञ्चायत समितिको सभापति अनु छेत्री प्रधान, खरसाङ महकुमा खेलकूद संघको सचिव निर्मल गुरुङ, खरसाङ ब्याटमिन्टल एसोसिएसनको सभापति प्रेमेन्द्र गुरूङ, आईसी खरसाङ लगायत विभिन्न संघ संस्थाहरुका प्रतिनिधिहरु र गण्यमान्य व्यक्तिहरु पनि उपस्थित रहेका थिए। कार्यक्रमपछि पत्रकारहरुसित कुराकानी गर्दै खरसाङ ट्राफिक पुलिसको प्रभारी बीरेन्द्र छेत्री, डीवाईएसपी शेरप शेर्पा, खरसाङ पुलिस अधिकारी एसडीपीओ आईपीएस निरजा अनीश शाहले विस्तृत रुपमा जानकारी गराएका छन्। विशेष गरी खरसाङ ट्राफिक पुलिस प्रभारी बीरेन्द्र छेत्रीले यो ड्रग्स रोकथामको लागि आयोजित सचेतना कार्यक्रम एकदमै सफल बनेको महसुस भएको बताउँदै यसरी कार्यक्रममा वृहत्‌‍? रुपमा स्थानीयहरु, विभिन्न संघ संस्थाहरुका प्रतिनिधिहरु, जनप्रतिनिधिहरु, विभिन्न विद्यालयहरुको विद्यार्थीहरु र आयोजनामा सहयोग गर्ने सबैप्रति आभार प्रकट गरेका छन्।


Share this news
आजको रोजाइ
आश्रम पाडा स्थित नवनिर्मित किरणचन्द्र भवनको उद्धाटन

आश्रम पाडा स्थित नवनिर्मित किरणचन्द्र भवनको उद्धाटन

होलङ बस्तीमा राज्य सरकारको तर्फबाट राहत वितरण

होलङ बस्तीमा राज्य सरकारको तर्फबाट राहत वितरण

मुख्यमन्त्रीले १२ औं ग्यालेटसब रिन्पोछेको गरे दर्शन

मुख्यमन्त्रीले १२ औं ग्यालेटसब रिन्पोछेको गरे दर्शन

आइजीजेएफद्वारा थर्बु नन्दलाल गाउँकाे शिविरमा राहत वितरण

आइजीजेएफद्वारा थर्बु नन्दलाल गाउँकाे शिविरमा राहत वितरण

पीडितहरूलाई राज्य र क्षेत्रीय सरकारले हेपेको छः लामा

पीडितहरूलाई राज्य र क्षेत्रीय सरकारले हेपेको छः लामा

तृणमूल छात्र परिषद अध्यक्ष सैनब चक्रवर्तीलाई स्वागत

तृणमूल छात्र परिषद अध्यक्ष सैनब चक्रवर्तीलाई स्वागत

बिरपाडा र कामाख्यागुड़ीमा रेलको ओभरब्रीजको मागमा ज्ञापन

बिरपाडा र कामाख्यागुड़ीमा रेलको ओभरब्रीजको मागमा ज्ञापन

एसडीएफ र सीएपीका समर्थकहरू एसकेएममा सामेल

एसडीएफ र सीएपीका समर्थकहरू एसकेएममा सामेल

क्यारिङ्ग ह्यान्डले बिनय प्रधानलाई निका पारी फर्कायो घर

क्यारिङ्ग ह्यान्डले बिनय प्रधानलाई निका पारी फर्कायो घर

विधायक संजीत खरेलले बिहानै सुने क्षेत्रवासीको समस्या

विधायक संजीत खरेलले बिहानै सुने क्षेत्रवासीको समस्या