खरसाङमा क्रिशमस हर्षोल्लासको साथमा पालन

Share this news

खरसाङ, (निसं): खरसाङ्मा क्रिशमस हर्षोल्लासको साथमा पालन गरियो। क्रिशमसको अवसरमा यहाँको सन्त पावल गिर्जा घर, सन्त एड्य्रु गिर्जा घर, सन्त मेरिजको सन्त जोहन गिर्जा घर, हिमालय फ्री चर्च, न्यूलाईट चर्च अनि अन्यान्य गिर्जा घरहरूमा बुधवार रातिदेखिनै प्रार्थना सभाहरू सम्पन्न भइरहेको थियो। खरसाङ्का यी गिर्जा घरहरूमा बुधवार अधिक रातिसम्म क्रिशमकको कार्यहरू सम्पन्न भएको जानकारी प्राप्त छ। खरसाङ्का इसाईहरूले आ-आफ्नो घरमा पनि क्रिशमस पालन गरिरहेका छन्‌‍।

खरसाङ्का इसाईहरूले अघिबाट नै आफ्नो घर साफ-सफाई गरेर, रंग लगाएर, रंग-विरंगको बिजुली बत्ती लगाएर, तारा झुण्डाएर सिँगार्ने कार्य गरेका छन्‌‍। क्रिशमको अवसरमा खरसाङ्का कतिपय इसाईहरूले आफन्त, साथी-भाई, शुभचिन्तकहरूको घरमा गएर क्रिशमसको शुभकामना अनि उपहार प्रदान गरेको पनि देखिएको छ। क्रिशमसको अवसरमा इसाईहरूले आफ्नो घरमा तयार पारेका मिठो खानेकुरो छिमेकीहरूमा वितरण गरेको पनि देखिएको छ। खरसाङ्को डुमाराम बस्ती, कटलेरी पाखा अनि टेकवीर बस्तीमा इसाई युवा झुण्डहरूले क्यारोल खेलेको पनि देखिएको छ। डुमाराम बस्तीकी एक इसाई महिलाले दिसम्बरको पहिलो हप्तादेखि क्रिशमसको तयारी आरम्भ भएको, अब यो कार्यक्रम अझ 6 दिनसम्म चल्ने बताइन्‌‍।

क्रिशमस पर्व इसाई धर्मावलम्बीहरूले मात्र पालन गर्दैनन्‌‍। खरसाङमा क्रिशमसको अवसरमा अन्य धर्मका मानिसहरूले पनि हर्ष मनाउने गरेका छन्‌‍। बिहीवार क्रिशमसको अवसरमा विभिन्न धर्म सम्प्रदायका मानिसहरूले एक-अर्कालाई क्रिशमसको शुभकामना दिए। सामाजिक सञ्जालहरूमा बिहानैदेखि क्रिशमसको शुभकामनाको नोटिफिकेसन घण्टी मानिसहरूको मोबाइलमा बजिरहेको थियो। क्रिशमसको अवसरमा खरसाङका कतिपय मानिसहरू घुम्न गएको पनि थाहा लागेको छ। कतिपय युवा-युवतीहरूले आफ्नो साथी-भाई, प्रियजन, शुभचिन्तक र शिक्षकहरूलाई क्रिशमसको शुभकामना दिँदै उपहार प्रदान गरेको पनि बताएका छन्‌‍। क्रिशमसको अवसरमा खरसाङ्को विभिन्न उपहार दोकान, केक दोकानहरू असल ढङ्गमा सजाइएको छ भने खरसाङ्को रेल स्टेशनलाई पनि क्रिशमसको अवसरमा रंग-बिरंका बिजुली बत्ती अनि पशु-पक्षीका प्रतिकृतिहरूले सजाइएको छ।


Share this news
आजको रोजाइ
Oplus_131072

सरकारले घुँडा टेकिसकेको आन्दोलनलाई विफल बनाइरहेछन्

क्रिस्मस पालन गर्ने परम्परा अनि यसको इतिहास

क्रिस्मस पालन गर्ने परम्परा अनि यसको इतिहास

सुलोचनाको क्यालीग्राफी संसार: अक्षरमा नेपालीपनको सौन्दर्य

सुलोचनाको क्यालीग्राफी संसार: अक्षरमा नेपालीपनको सौन्दर्य

अनित खाती

अनित थापाले 313 को प्रतिष्ठा बचाएः युवा शक्ति

आसना छेत्रीलाई तिनको उपलब्धिको निम्ति सम्मान जनाइयो

आसना छेत्रीलाई तिनको उपलब्धिको निम्ति सम्मान जनाइयो

अनित थापाले वृद्ध-वृद्धाहरूसित क्रिशमस मनाए

अनित थापाले वृद्ध-वृद्धाहरूसित क्रिशमस मनाए

बिहीवारे हाटमा न्यानो लुग धेरै बिक्री

बिहीवारे हाटमा न्यानो लुग धेरै बिक्री

रोहिणी रोडमा गएको पैह्रोको कारण सम्पूर्ण क्षेत्रलाई समस्या: कल्पना प्रधान

रोहिणी रोडमा गएको पैह्रोको कारण सम्पूर्ण क्षेत्रलाई समस्या: कल्पना प्रधान

खरसाङमा क्रिशमस हर्षोल्लासको साथमा पालन

खरसाङमा क्रिशमस हर्षोल्लासको साथमा पालन

मिरिकमा ख्रीष्ट जन्मोत्सव क्रिसमस पर्व हर्षाेल्लासकाे साथ पालन

मिरिकमा ख्रीष्ट जन्मोत्सव क्रिसमस पर्व हर्षाेल्लासकाे साथ पालन