रोहिणी रोडमा गएको पैह्रोको कारण सम्पूर्ण क्षेत्रलाई समस्या: कल्पना प्रधान

Share this news

पङ्खाबारी, (निसं): गत 4 अक्टोबर रोहिणी रोडमा गएको पैह्रोको कारण पहाड, तराइ लगायत सम्पूर्ण क्षेत्रलाई समस्या भइरहेको पङ्खाबारी लङ्भ्यू अम्बटे समष्टिकी कार्यकारी सभासद कल्पना प्रधानले जनाएकी छन्‌‍। तिनले यस समस्यालाई मध्यनजर राखेर पेह्रो निर्माण कार्य कति भइसक्यो औ अझ कति बाँकी छ भन्ने विषयमा जानकारी लिन पैह्रोग्रस्त क्षेत्रमा पुगेकी थिइन्‌‍। यस अवधि तिनले उक्त कामका ठेकेदार अनि अभियन्ताहरूसँग भेट गरेर वर्तमान स्थितिबारे जानकारी लिइन्‌‍। अभियान्ता अनि ठेकेदारहरूले पैह्रो निर्माण कार्य कम्तीमा अब हप्ता दिन जति लाग्ने बताउँदै सम्भवतः पहिलो जनवरीदेखि खोलिन सक्ने बताए।

सभासद प्रधानले पनि जतिसक्दो निर्माण कार्यलाई चाँड़ो पूरा गरेर यातायात सुचारू गर्ने आग्रह गर्दै यस सड़क बन्द भएदेखि स्थानीय रोहिणीवासी लगायत सम्पूर्ण पहाड़ अनि तराइवासीको दैनिक जीवनमा धेरै कष्ट अनि नोक्सान भइरहेको जनाइन्‌‍। तिनले रोहिणी सड़क बन्द भएपछि रोहिणीवासीलाई अझ धेर समस्यामा पारेको बताउँदै यस सड़कले तिनीहरूको रोजगारदेखि लिएर नानीहरूको शिक्षा अनि स्वस्थ्य सम्बन्धी कार्यहरूमा पनि बाधा उत्पन्न गराएको बताउँदै जतिसक्दो चाँड़ो पैह्रो निर्माण कार्य समाप्त गरिदिने आग्रह गरिन्‌‍।

यता ठेकेदार अनि अभियन्ताहरूले आगामी पहिलो जनवरीदेखि सड़क खोलिन सक्ने कुरा बताएपछि सभासद प्रधानले पनि प्रसन्नता व्यक्त गर्दै यसको निम्ति सम्बन्धित विभाग अनि जीटीए प्रमुख कार्यपाल अनित थापाप्रति आभार प्रकट गरिन्‌‍। तिनले सड़क निर्माण कार्य खुबै असल ढङ्गमा भएको जनाउँदै यस सड़क बन्द भएदेखि यता चालक तथा आम मानिसहरूलाई धेरै असुविधा भइरहेको जनाइन्‌‍।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ