सरकारले घुँडा टेकिसकेको आन्दोलनलाई विफल बनाइरहेछन्

Share this news

आइजीजेएफ केन्द्रीय कार्यकारिणी सदस्य कमल शर्माले, सरकारले घुडा टेकिसकेको आन्दोलनलाई विफल पार्न विपक्षीहरूले भ्रमित कुरा गरिरहेको आरोप लगाएका छन्।

उनले पहाडमा विकास भएको हुँदो हो त एडवर्डसले पुल बाटोको निर्माण गर्नु पर्ने जरूरत नपर्ने बताएका छन्। कमल शर्माले पहाडमा विकास भएको भए अजय एडवर्डसले श्रमदानद्वारा पुलको निर्माण गर्नु पर्ने थिएन। केवल एक बर्ष नाघेको इण्डियन गोर्खा जन शक्ति फ्रण्टलाई मार्न सत्ताधारी पार्टीको साथीहरूले धेरै षडयन्त्रहरू गर्यो धम्कीहरू दिए। सन 1986 को आन्दोलनदेखि 2007, 2013, 2017 को 105 दिन पहाड बन्दहरूको क्रममा हामीले धेरै गुमाएका छौं। हामीले हाम्रो दाजु भाइ, दिदी बहिनी गुमाएको छौं। हाम्रो चेलीहरूको सिउदो पुछिएको छ। गत 2017 को आन्दोलनमा सम्पूर्ण गोर्खाहरू एकबद्ध भएका थिए। देश विदेशबाट आन्दोलनलाई समर्थन दिइएको थियो। हाम्रो सत्ता दलको साथीहरूले राज्य सरकारसंग मिलेर विकाशको कुराहरू गर्दै आउँदैछन्।

यदि विकासकै कुरा गर्ने हो भने आज इण्डियन गोर्खा जन शक्ति फ्रण्टको नेता अजय एडवर्डसले गाउँ-गाउँ बस्ती-बस्ती घुम्दै श्रमदानको आह्वान गर्दै बाटो, पुल आदि जस्ता बुनियादी विकासहरू गर्नुपर्ने थिएन। सत्ता दलको नेतृत्वहरूद्वारा हेपिएका गरीब अनि दलितहरूको पक्षबाट उभिनु पर्ने जरूरत पर्ने थिएन, भिक्टीमाइस भएका गाउँ,बस्तीहरूमा पुगेर सहयोग गर्नु पर्ने अवस्था आउने थिएन, श्रमदानद्वारा बाटो, पुल आदि जस्ता बुनियादी विषयहरूको लागि श्रमदान गर्नु पर्ने अवस्था आइपर्ने थिएन। गोर्खाल्याण्डको नाममा पुलको निर्माण गर्नु पर्ने जरूरत पर्ने थिएन। पहाडको सत्ताधारी पार्टीको नेतृत्वहरूले राज्य सरकारसंग मिलेर विकासको कुरा गर्छन्, तर त्यो विकास विकास होइन विनाश हो, त्यसकारण अब तपाईं हामी चुप लागेर बस्नु हुँदैन। त्यसैले यहाँ बोल्न आएको हो। सत्ताधारी पार्टीको नेतृत्वहरूले मेरो गाउँ, मेरो ठाउँको मानिसहरूको बोल्ने मुख डर र धम्कि देखाएर बन्द गरी दिएको छ। त्यसैकारण अब हामी सबै बोल्न पर्छ, हामी जति चुप बस्छौं, हामीमाथि त्यति नै शोषण र अन्याय बढ्दै जानेछ, त्यसैले म गरीब, दलितहरूको पक्षमा बोल्न उभिएको हो।

इण्डियन गोर्खा जन शक्ति फ्रण्ट एक बर्षको भएको छ, यस एक बर्षको अवधिमा इण्डियन गोर्खा जन शक्ति फ्रण्टले अजय एडवर्डसको नेतृत्वमा पहाड, तराई-डुवर्स आदि क्षेत्रहरूमा धेरै कार्य गरेको छ, यसले स्पष्ट हुन्छ अब पहाड तराई डुवर्स आदि क्षेत्रले इण्डियन गोर्खा जन शक्ति फ्रण्टलाई विकल्पको रूपमा स्वीकार गरिसकेको छ। आजको भीड र जनसमर्थनले स्पष्ट भन्दैछ अब पहाड तराई डुवर्सको विकास अजय एडवर्डसको बाहुलीद्वारा मात्र सम्भाव छ भन्दैछ।अजय एडवर्डस पहाड, तराई-डुवर्स तथा गोर्खा जातिको अन्तिम विकल्प हो।पहाडको सत्ताधारी पार्टीले हामीलाई धेरै झुक्काइसक्यो, राज्य र केन्द्र सरकारले हामीमाथि शोषण गरेको धेरै भइसक्यो।

राज्य सरकारसंग मिलेर झोडा र नाला बनाउँछु भन्ने साथीहरूले तपाईं हामीलाई झुक्काएको धेरै भयो। इण्डियन गोर्खा जन शक्ति फ्रण्टले आफ्नो गठनकालदेखि नै क्षेत्रको कुरा गर्दै आइरहेको छ। हामी हाम्रो लक्ष्य प्राप्तिको दिशामा इमान्दार छौं। मैले 1991 देखि राष्ट्रीय दलहरूसंग जोडिएर राजनीति गर्दै आएको हो तर 2007 देखि स्थानीय राजनैतिक पार्टीसंग जोडिएर काम गर्न थालेको हो, स्थानीय दलसंग काँधमा काँध मिलाएर आन्दोलनमा होमिन्दै आएको हो। हाम्रो साथीहरूले राष्ट्रीय दलसंग गठबन्धन गरे, तर राष्ट्रीय दलहरूसंग लम्पासार हुँदा हामी हाम्रो लक्ष्यमा पुग्न नसकेको हो। फेरि अर्को स्थानीय पार्टीले राज्य सरकारसंग मिलेर काम गर्नु पर्छ भन्दा भारत सरकारले घुँडा टेकी सकेको आन्दोलनलाई विफल बनायो।त्यसैकारण अब हामी राज्य र केन्द्र सरकार कसैको हामी हाम्रो लक्ष्य प्राप्तिको नीति बनाएर अघि बढेका छौं।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ