आसना छेत्रीलाई तिनको उपलब्धिको निम्ति सम्मान जनाइयो

Share this news

खरसाङ,  (निसं): इष्ट जोन किक बक्सिङ च्याम्पियनशीप 2025 मा स्वर्ण पदक विजेता आसना छेत्रीलाई तिनको उपलब्धिको निम्ति दार्जीलिङ पोलिटेक्निक इन्सटिच्युट खरसाङ्मा सम्मान जनाइयो। आसना छेत्रीलाई संस्थानका प्रिन्सिपल दिपा प्रधान, प्रा. अनिल लोहार, मञ्जना तामाङ, मुख्य लेखापाल अञ्जु खाइबा, लाइब्रेरियन पिनाकी बानिकको उपस्थितिमा सम्मान जनाइएको हो। 13 दिसम्बरको दिन सिलगढ़ीको एसएमसी इन्डोर स्टेडियममा सम्पन्न भएको इष्ट जोन किक बक्सिङ च्याम्पिनशीप 2025 मा आसना छेत्रीले पोइन्ट फाइटमा रजत पदक जितेका थिए भने किक लाइटमा स्वर्ण पदक जितेका थिए।

यस प्रतियोगितामा पश्चिम बंगाल लगायत सिक्किम, असम, बिहार, झारखण्ड, उडिसा अनि अन्यान्य प्रदेशबाट खेलाड़ीहरूले भाग लिएका थिए। आसना छेत्री दार्जीलिङ पोलिटेक्निक संस्थानकी सिभिल इञ्जिनियरिङ्की छात्रा हुन्‌‍। यस बारेमा जानकारी गराउदै खरसाङ किक बक्सिङ एसोसिएशनका मुख्य प्रशिक्षक विजय राउतले भने, आसना छेत्री एक असल किक बक्सिङ खेलाड़ी हुन्‌‍। तिनले यस भन्दा अघि पनि राज्य स्तरीय, राष्ट्रिय अनि क्षेत्रीय प्रतियोगिताहरूमा मेडल जितिसकेकी छन्‌‍। तिनी दार्जीलिङ पोलेटिक्निक इन्सटिच्युटकी सिभिल इन्जिनियरिङ विभागकी तेस्रो वर्ष, पाचौँ सेमिस्टारकी छात्रा हुन्‌‍।

इष्ट इण्डिया किक बक्सिङ प्रतियोगितामा मोडल जितेर फर्किएकीमा दार्जीलिङ पोलेटेक्निक इन्सटिच्युचका प्रिन्सिपलको पहलमा तिनलाई सम्मान जनाइएको हो। विजय राउतले वर्तमानमा खरसाङ किक बक्सिङ एसोसिएशनको खरसाङ अनि खहरेमा प्रशिक्षण केन्द्र रहेको र यी दुई प्रशिक्षण केन्द्रमा 40 जना जति प्रशिक्षार्थीहरूले किक बक्सिङ्को प्रशिक्षण प्राप्त गरिरहेका बताए। तिनले एसोसिएशनले खेलाड़ीहरूलाई प्रशिक्षण प्रदान गर्नको साथै अन्तर्राष्ट्रिय, राष्ट्रिय अनि क्षेत्रीय प्रतियोगिताहरूमा अंशग्रहण गराउन लैजाने गरेको पनि बताए।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ