अनित थापाले 313 को प्रतिष्ठा बचाएः युवा शक्ति

Share this news

खरसाङ, (निसं): 313 जना शिक्षक शिक्षिकाहरुको नोकरीमा लागेको कालो बादल लागेको थियो र शिक्षक शिक्षिकाहरुको प्रतिष्ठालाई गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रमुख कार्यपाल अनित थापाले बचाएको युवा शक्तिको केन्द्रीय प्रवक्ता अनित खातीले बताएका छन्‌‍। उनले आज एक भिडियो जारी गर्दै शिक्षक जस्तो पवित्र पेशामाथि जुन प्रकारको लाञ्छना र बयानबाजी चलिरहेको थियो। यसलाई कोर्टले शिक्षक शिक्षिकाहरु अवैध होइन भनेर स्टे अर्डर लगाएपछि यस कार्यमा अनित थापाको मुख्य भूमिका रहेको बताएका छन्‌‍।

उनले 313 जना शिक्षक शिक्षिकाहरुको पक्षमा अभिभावकको रुपमा खडा भएर 313 वटा घरहरु लगायत परिवारहरुमा उज्यालोपन छाएको बताएका छन्‌‍। उनले यसको श्रेय अनित थापालाई दिन्दै यसको लागि सम्पूर्ण युवाहरुको तर्फबाट जीटीए प्रमुख अनित थापालाई धन्यवाद दिएका छन्‌‍। युवा शक्ति केन्द्रीय प्रवक्ता अनित खातीले यो लडाई जारी रहने र गाँस खोस्नेलाई होइन तर गाँस जुटाउनेकै जीत हुन्छ भनी बताएका छन्‌‍।

उनले भने, अहिले पहाडमा दानव प्रवृत्ति र मानव प्रवृत्तिमाझ लडाई छ। एकापट्टि जनतालाई नढाँटी राजनीति गर्ने प्रवृत्ति छ भने अर्कोतिर अर्काको आँशु देख्न चाहाने, अर्काको चोट देख्न चाहाने संस्कार छ जुन बन्द गरिनुपर्छ। अहिले पहाड अनित थापाको सोचमा हिँडिरहेछ। अनित थापा यथार्थवादी नेता हुन्‌‍। उनकै विचारधारामा हामी अघि बढ्नुपर्छ।ङ्गप्रवक्ता अनित खातीले अघि भने, यहाँ कुनै तथ्यबिना नै नकरात्मक प्रभाव पार्ने कुराहरु मात्र बोल्ने चलन छ। तर यस्ता नकरात्मक प्रभाव पार्ने कुराहरुलाई मास्ने र सक्ने प्रयास गरिनुपर्छ।

Share this news
आजको रोजाइ
प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

आजको रोजाइ