Shyamoli Bagdi Election campaign Bankura
Shyamoli Bagdi Election campaign Bankura

लोकल ट्रेनबाटै मत माग्दै महिला उम्मेदवार, बंगाल चुनावमा फरक प्रचार शैली

Share this news

पश्चिम बंगाल विधानसभा चुनावको मिति नजिकिँदै जाँदा सबै राजनीतिक दलका उम्मेदवारहरूले आफ्नो चुनावी प्रचार तीव्र बनाएका छन्। कोही घर–घर पुगेर मत मागिरहेका छन् भने कोही सभा र जनसम्पर्क कार्यक्रममा व्यस्त छन्। यसैबीच बाँकुडा जिल्लाबाट चुनाव प्रचारको एउटा अनौठो दृश्य सार्वजनिक भएको छ। तृणमूल कांग्रेसकी महिला उम्मेदवार श्यामोली राय बागडी आफ्ना समर्थक र कार्यकर्तासँग लोकल ट्रेनमा यात्रा गर्दै मत माग्दै गरेको देखिएकी छिन्। उनले ट्रेनभित्रै यात्रुहरूसँग कुरा गर्दै आगामी चुनावमा आफूलाई मत दिन आग्रह गरिन्। उनको यो प्रचार शैली अहिले सामाजिक सञ्जालमा निकै चर्चामा आएको छ। समाचारअनुसार उनी बिहानै कुमरुल स्टेशनबाट ट्रेन चढेर प्रचारमा निस्किएकी थिइन्।

यात्रुहरूसँग कुराकानी गर्दै उनले स्थानीय समस्या बुझ्ने प्रयास गरिन् र राज्य सरकारका विकास योजनाबारे जानकारी पनि दिइन्। प्रचारकै क्रममा उनले ट्रेनभित्रै एक विक्रेताबाट भुँजा (मुरी) किनेर यात्रुहरूसँगै बसेर खाएको दृश्यले उनको साधारण र जनतासँग नजिक रहने शैली देखाएको छ। उम्मेदवार श्यामोली राय बागडीले चुनावको समय निकै कम बाँकी रहेकोले सकेसम्म धेरै मानिससम्म पुग्न यस्तो तरिका अपनाएको बताएकी छिन्। ट्रेन र बस स्ट्यान्डजस्ता स्थानहरू जनतासम्म पुग्न सबैभन्दा प्रभावकारी माध्यम भएको उनले बताइन्। साथै उनले आफ्नो जितप्रति पूर्ण विश्वास व्यक्त गर्दै क्षेत्रमा विकासलाई अझ अगाडि बढाउने प्रतिबद्धता जनाएकी छिन्।

Share this news
आजको रोजाइ
सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

आजको रोजाइ