BJP Party Initiative Siliguri
BJP Party Initiative Siliguri

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

Share this news

बीएमओएच र रेञ्ज अफिसरसँग भाजपा टोलीको भेट, विकास तथा स्वास्थ्य सेवाका विषयमा विस्तृत छलफल।भाजपा सुकना–पानीघट्टा मण्डलको प्रतिनिधि टोलीले हालै सुकना फरेस्ट रेञ्ज अफिसर दीपक रसाइलीसँग भेटघाट गरी क्षेत्रको विकास, पर्यटन प्रवर्द्धन तथा वातावरणीय व्यवस्थापनलगायत विभिन्न विषयमा विस्तृत छलफल गरेको छ। भेटका क्रममा इको–डेभलपमेन्ट कमिटी (ईडीसी) को नयाँ समिति गठनको आवश्यकता, यसको प्रभावकारी सञ्चालन तथा आगामी कार्ययोजनाबारे विशेष रूपमा चर्चा गरिएको बताइएको छ। साथै, सुकना क्षेत्रका स्थानीय बासिन्दाको सहभागिता सुनिश्चित गर्दै विकासका कार्यलाई अघि बढाउनुपर्ने विषयमा समेत विचार आदानप्रदान भएको जनाइएको छ। छलफलका क्रममा सुकना क्षेत्रको पर्यटन सम्भावनालाई थप सुदृढ बनाउने विषयले पनि प्राथमिकता पाएको थियो।

विगत केही समयदेखि बन्द रहेका पार्क तथा अन्य पर्यटकीय स्थलहरू पुनः सञ्चालन गर्ने, आवश्यक पूर्वाधारको स्तरोन्नति गर्ने तथा पर्यटक आकर्षित गर्न नयाँ योजनाहरू अघि बढाउने विषयमा रेञ्ज कार्यालयसँग सकारात्मक कुराकानी भएको बताइएको छ। प्रतिनिधि टोलीको नेतृत्व भाजपा सुकना–पानीघट्टा मण्डल अध्यक्ष अजय शर्माले गरेका थिए भने टोलीका अन्य सदस्यहरू पनि उपस्थित रहेका थिए। यसअघि सोही प्रतिनिधि टोलीले सुकना खण्ड प्राथमिक स्वास्थ्य केन्द्रको भ्रमण गरी खण्ड स्वास्थ्य अधिकारी (बीएमओएच) तथा स्वास्थ्यकर्मीसँग बैठक गरेको थियो। बैठकका क्रममा स्वास्थ्य केन्द्रमा उपलब्ध सेवा–सुविधा, जनशक्ति, औषधि आपूर्ति तथा पूर्वाधारसम्बन्धी विभिन्न विषयमा जानकारी लिइएको थियो।

विशेष गरी ओपीडी सेवामा चिकित्सकको संख्या अपर्याप्त रहेको, केही आवश्यक स्वास्थ्य सेवा प्रभावकारी रूपमा सञ्चालन हुन नसकेको तथा स्थानीयवासीबाट प्राप्त विभिन्न गुनासा र समस्याबारे स्वास्थ्य अधिकारीसमक्ष ध्यानाकर्षण गराइएको अध्यक्ष अजय शर्माले जानकारी दिएका छन्। साथै, स्वास्थ्य सेवाको गुणस्तर सुधार गरी सर्वसाधारणलाई सहज र प्रभावकारी सेवा उपलब्ध गराउन आवश्यक पहल गर्न सम्बन्धित निकायसँग आग्रह गरिएको उनले बताए।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ