GNLF Committee Formation
GNLF Committee Formation

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

Share this news

गोर्खा राष्ट्रिय मुक्ति मोर्चा टुङ्ग–सन्त मेरिज समष्टि अन्तर्गत सन्त मेरिज सुशील गाउँमा एक महत्वपूर्ण सांगठनिक सभा सम्पन्न भएको छ। पासाङ तामाङको सभापतित्वमा आयोजित उक्त सभामा पार्टीको सांगठनिक सुदृढीकरण तथा जनाधार विस्तारबारे विस्तृत छलफल गरिएको थियो। सभामा उपस्थित सदस्यहरूको सर्वसम्मत निर्णयअनुसार सुशील गाउँ गोर्खा राष्ट्रिय मुक्ति मोर्चा शाखा समिति गठन गरिएको छ। नवगठित समितिले पार्टीको नीति, सिद्धान्त तथा जनहितका कार्यक्रमहरूलाई गाउँस्तरसम्म प्रभावकारी रूपमा पुर्‍याउने विश्वास व्यक्त गरिएको छ।

नवगठित शाखा समितिमा महेश सिङ्गलाई सभापति, पासाङ तामाङलाई उपसभापति, तोपदेन डुक्पालाई सचिव, रोहित सिङ्गलाई सह–सचिव, अमन थापालाई कोषाध्यक्ष तथा दिपक लामालाई सल्लाहकारको जिम्मेवारी प्रदान गरिएको छ। त्यसैगरी कार्यकारी सदस्यहरूमा अनिल तामाङ, बिमल तामाङ, रूपेन्द्र राई, मणिकला तामाङ, शशि प्रधान, कार्ला लेप्चा, माया राई, ललिता लामा, शशि तामाङ तथा निता सिङ्ग चयन भएका छन्।

सभामा वक्ताहरूले गाउँस्तरमा पार्टी संगठनलाई अझ सशक्त बनाउँदै जनताका समस्या र अपेक्षाहरूलाई प्राथमिकताका साथ सम्बोधन गर्नुपर्नेमा जोड दिएका थिए। साथै, आगामी दिनहरूमा पार्टीका कार्यक्रमहरूलाई प्रभावकारी रूपमा सञ्चालन गर्दै संगठन विस्तारलाई तीव्रता दिने प्रतिबद्धता व्यक्त गरिएको थियो। नवगठित समितिका पदाधिकारी तथा सदस्यहरूलाई उपस्थित कार्यकर्ताहरूले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए। यस शाखा गठनसँगै सुशील गाउँ क्षेत्रमा गोरामुमोको सांगठनिक गतिविधि थप सशक्त बन्ने विश्वास व्यक्त गरिएको छ।

Share this news
आजको रोजाइ
सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

आजको रोजाइ