अप्पर मामरिङ प्राथमिक पाठशाला अनि समाज सुधार समितिको संयुक्त आयोजना बिदाइ समारोह सम्पन्न

Share this news

खरसाङ,  (निसं)ः अप्पर मामरिङ प्राथमिक पाठशाला अनि समाज सुधार समितिको संयुक्त आयोजना तथा नेतृत्वमा आज एक बिदाइ समारोह सम्पन्न गरिएको छ। कार्यक्रममा विद्यालयमा समर्पणपूर्वक सेवा प्रदान गर्दै आएकी शिक्षिका समिता राईलाई सम्मानपूर्वक बिदाइ गरियो। कार्यक्रममा विद्यालय परिवार, अभिभावक, स्थानीय बुद्धिजीवी, समाज सुधार समितिका पदाधिकारी एचपीसी चर्चका पास्टर महेन्द्र मुखिया अनि विद्यार्थीहरूको उपस्थिति रहेको थियो। यस बिदाई समारोहको सभापतित्व एसएमसीका अध्यक्ष तारा कुमार भुजेलले गरेका थिए भने यस समारोहमा स्वागत मन्तव्य पाठशालाका प्रधानाध्यापक सुरज मुखियाले राखेका थिए।

वक्ताहरूले शिक्षिका समिता राईको अनुकरणीय सेवा, अनुशासन, शिक्षाप्रति समर्पण तथा विद्यार्थीमैत्री व्यवहारको प्रशंसा गर्दै उनको निस्वार्थ योगदानले विद्यालयलाई उल्लेखनीय प्रगति गर्न सहयोग पुगेको बताएका थिए। समारोहलाई सम्बोधन अप्पर मामरिङ प्राथमिक विद्यालयका भूतपूर्व प्रधानाध्यापक डीके छेत्री, पास्टर महेन्द्र मुखिया, समाज सुधार समितिका सचिव पेम्बा शेर्पा, चालक सङ्गठनबाट बसन्त राईले गरेका थिए।

समारोहमा विद्यालय र समितिले संयुक्त रूपमा सम्मानपत्र तथा मायाको चिनो प्रदान गर्दै शिक्षिकाको सफल भावी यात्राको लागि शुभकामना व्यक्त गरिएको थियो। बिदाई शिक्षिका समिता राईको जीवनी शिक्षिका सलिमा राईले प्रस्तुत गरेकी थिए। कार्यक्रमको सञ्चालन शिक्षिका पासाङ लकीले गरेकी थिए। समारोहलाई विद्यालयका विद्यार्थीहरूले प्रस्तुत गरेका गीत-नृत्य तथा सांस्कृतिक कार्यक्रमले आकर्षक बनाएको थियो। समारोहमा शिक्षिका तृष्णा मुखियाले धन्यवाद ज्ञापन गरेकी थिए।


Share this news
आजको रोजाइ
गोर्खा राष्ट्रिय मुक्ति मोर्चाको केन्द्रीय समितिको पुनर्गठन

गोर्खा राष्ट्रिय मुक्ति मोर्चाको केन्द्रीय समितिको पुनर्गठन

सिक्किम विधानसभाको एसएसएचएलसी रिपोर्टः विपक्ष मौन

सिक्किम विधानसभाको एसएसएचएलसी रिपोर्टः विपक्ष मौन

अमदेर पारा अमरदेर समाधान योजना अन्तर्गत 133 वटा विभिन्न परियोजना शुरू

अमदेर पारा अमरदेर समाधान योजना अन्तर्गत 133 वटा विभिन्न परियोजना शुरू

दुर्घटना गरी भागेर आएको गाड़ीलाई खरसामा समातियो

दुर्घटना गरी भागेर आएको गाड़ीलाई खरसामा समातियो

भारत स्काउट्स अनि गाइड्सको सम्मान कार्यक्रम खरसाङमा सम्पन्न

भारत स्काउट्स अनि गाइड्सको सम्मान कार्यक्रम खरसाङमा सम्पन्न

सिलगढीका हिमांशु प्रधान, साउन्ड अफ सोल्स, सोनी टिभी‌मा

सिलगढीका हिमांशु प्रधान, साउन्ड अफ सोल्स, सोनी टिभी‌मा

जोइण्ट फोरम पहाड़ तराई ख्रिष्टियन वेलफेयर अर्गनाइजेशनको एक टोलीको अनित थापासँग भेट

जोइण्ट फोरम पहाड़ तराई ख्रिष्टियन वेलफेयर अर्गनाइजेशनको एक टोलीको अनित थापासँग भेट

स्व केदारनाथ प्रसाद स्मृति नक आउट क्रिकेट टुर्नामेन्टको फाइनलमा मुथुम ईलेभेन सिलगढ़ी र डेमोण्ड इलेभेन बोइस सिलगढ़ी

स्व केदारनाथ प्रसाद स्मृति नक आउट क्रिकेट टुर्नामेन्टको फाइनलमा मुथुम ईलेभेन सिलगढ़ी र डेमोण्ड इलेभेन बोइस सिलगढ़ी

सारथी १.० अन्तर्गत विद्यार्थी प्रशिक्षण कार्यक्रमको उद्घाटन

सारथी १.० अन्तर्गत विद्यार्थी प्रशिक्षण कार्यक्रमको उद्घाटन

गोरामुमो चिम्नी देवराली समष्टिको अध्यक्ष पदमा साङ्गे रुम्बा चयन

गोरामुमो चिम्नी देवराली समष्टिको अध्यक्ष पदमा साङ्गे रुम्बा चयन

आजको रोजाइ