युवक समाजद्वारा तीन दिवसीय विश्व शान्ति पुजा 

Share this news

दार्जीलिङ,5 दिसम्बर(निसं): विश्व शान्ति तथा सम्पुर्ण चराचर जगतको रक्षासगै सम्पुर्णमा भाईचारामा शान्तिको सन्देश दिने उदेश्यको साथमा चुङथुङ चियाबारीको नव युवक समाज दिलबीर धुरा आयोजित तीन दिवसीय भुमि पुजा बिहिवार भक्तीभावको साथमा सप्पन्न गरियो। एक भव्य तथा धार्मिक वातावरणले भरिपूर्ण भूमिपूजा कार्यक्रममा चुङथुङ दिलबीर धुरा साथै वरिपरिका स्थानीय श्रद्धालुहरूको उत्साहपूर्ण सहभागिताले यो कार्यक्रम अझै आकर्षक र सफल बनाएको आयोजक समितिले जनाएको छ। यसको साथमा सुन्दर परिवेशमा आयोजित यस पूजाले समाजमा आपसी सद्भाव, धार्मिक एकता र संस्कृतिक चेतनालाई अझ मजबुत बनाएको समेत बताइएको छ।सम्पुर्ण क्षेत्रसगै समुदायको समृद्धि, शान्ति र कल्याणको कामना गर्दै गरिएको यो आध्यात्मिक कार्यक्रममा बालबालिका देखि सबै उमेरका भक्तजनहरू उपस्थित रहेका थिए। कार्यक्रमको प्रमुख आकर्षण विविध धार्मिक विधिविधान, भजन–कृर्तन तथा सामुदायिक सहभागिता रहेको थियो।पुजाको मुख्य उदेश्य स्थानीयहरुमा धर्मको माध्यमबाट सद्भावसँगै समृद्धि बनाउदै शान्ति एव धार्मिक एकता कायम गराउने हो आयोजक समितिको पक्षमा समन थापाले बताए भने यस्तो अर्थपुर्ण कार्यक्रमले समाजमा अहिशा परमोधर्मलाई आत्मसात गर्दै समाज अधि बढनुसकेमा सुख शान्ति आउने सन्देश  दिन सकेको उनले थप बताए।नव युवा समाज चुङथुङ दिलबिरधुरा द्वारा आयोजित यस समारोहले स्थानीय समाजमा धार्मिक–साँस्कृतिक परम्परालाई संरक्षण र प्रवर्द्धन गर्ने महत्वपूर्ण सन्देश दिएको छ।

Share this news
आजको रोजाइ
गोरामुमो ब्राञ्च कमिटीद्वारा छैटौं अनुसूची सम्झौता दिवस पालन

गोरामुमो ब्राञ्च कमिटीद्वारा छैटौं अनुसूची सम्झौता दिवस पालन

शहीद दिपक पोखरेलको सैन्य सम्मानसङ्ग अन्तिम संस्कार

शहीद दिपक पोखरेलको सैन्य सम्मानसङ्ग अन्तिम संस्कार

प्री क्रिसमससंगै दि रोबर्टियन पोस्ट-को लोकार्पण

प्री क्रिसमससंगै दि रोबर्टियन पोस्ट-को लोकार्पण

युवक समाजद्वारा तीन दिवसीय विश्व शान्ति पुजा 

युवक समाजद्वारा तीन दिवसीय विश्व शान्ति पुजा 

नव-प्रवेशित नारी शक्ति कार्यकारीहरूलाई भव्यरुपमा स्वागत

नव-प्रवेशित नारी शक्ति कार्यकारीहरूलाई भव्यरुपमा स्वागत

कृषकहरू डल्ले खोर्सानीको खेतीमा  लाभान्वित 

कृषकहरू डल्ले खोर्सानीको खेतीमा  लाभान्वित 

पर्यटकको प्रतीक्षामा अवहेलित जामुने

पर्यटकको प्रतीक्षामा अवहेलित जामुने

धान उठाउन लाग्दा मौसमले दियो साथ

धान उठाउन लाग्दा मौसमले दियो साथ

इन्जिनियरिङ र अध्यात्मको बीचबाट सृजनाको संगीत यात्रा

इन्जिनियरिङ र अध्यात्मको बीचबाट सृजनाको संगीत यात्रा

भोलि दार्जीलिङमा सुवासवादी कार्यक्रम, छैटौं अनुसूचीको लागि हस्ताक्षर अभियान

भोलि दार्जीलिङमा सुवासवादी कार्यक्रम, छैटौं अनुसूचीको लागि हस्ताक्षर अभियान