Martyr Deepak Pokharel's
Martyr Deepak Pokharel's

शहीद दिपक पोखरेलको सैन्य सम्मानसङ्ग अन्तिम संस्कार

Share this news

भारतीय सेना (गोर्खा राइफल्स) मा कार्यरत ४२ नम्बर समष्टि, कफेर–काङ्केबुङ ग्राम पञ्चायत अन्तर्गत मुन्थुम बस्ती निवासी शहीद नायक दिपक पोखरेलको रेली खोला किनारमा अन्तिम संस्कार सम्पन्न भयो। पहाड़का एक साहसी र समर्पित योद्धाको रूपमा परिचित नायक पोखरेलको अन्तिम संस्कार पूर्ण सैन्य सम्मानका साथ सम्पन्न भएको हो।
स्मरणीय छ, केही दिनअघि राजस्थानमा भइरहेको सैन्य अभ्यासका क्रममा नायक पोखरेल शहीद भएका थिए। ड्युटीप्रति समर्पण, राष्ट्रप्रति निष्ठा र मातृभूमिको सुरक्षा नै आफ्नो पहिलो कर्तव्य हो भन्ने विश्वासका साथ कार्यरत उनी सेवा नै जीवन मान्ने सेनानीमध्येका थिए। यही कर्तव्यपालना क्रममा उनले आफ्नो बहुमूल्य जीवन राष्ट्रलाई अर्पण गरे। उनको पार्थिव शरीर जब मुन्थुमस्थित निजघर ल्याइएको थियो, सम्पूर्ण क्षेत्रमा शोकको लहर छाएको थियो। परिवार, छिमेकी, आफन्त तथा गाउँभरिका नागरिक वीर पुत्रको स्वागत गर्न घर अगाडि लामबद्ध भएका थिए। घर ल्याइएपछि स्थानीयहरू, सामाजिक संघ–संस्था तथा विभिन्न दलका प्रतिनिधिहरूले शोक सन्तप्त परिवारलाई समवेदना व्यक्त गर्दै शहीदप्रति श्रद्धाञ्जलि अर्पण गरेका थिए।
यसै गरी अन्तिम यात्राका लागि मानिसहरूको ठूलो भीड देखिएको थियो। भारतीय सेनाद्वारा गरिएको विशेष सैन्य सम्मान, सलामी तथा पदाधिकारीहरूको उपस्थितिले अन्तिम संस्कार स्थल भावनात्मक बनाएको थियो। गोर्खा राइफल्सका जवानहरूले शहीदलाई काँध दिएर अन्तिम संस्कारस्थलसम्म पुर्‍याए। सेनाको सम्मान गार्ड, सैनिक बिगुल, राष्ट्रप्रति समर्पणको शपथ र सहकर्मी जवानहरूको नमन सबैले वातावरणलाई वीरताको शिरले झन् उचो बनाइदियो। नायक दिपक पोखरेलको बलिदान केवल एक परिवारको पीडा होइन, सम्पूर्ण गोर्खा समुदाय र राष्ट्रकै गौरव हो। मातृभूमिको रक्षार्थ प्राणको आहुति दिनु सरहनीय मात्र होइन, इतिहासमा सधैँ अंकित रहने अदम्य साहस हो।
स्थानीय राजनीतिक दलका प्रतिनिधि, ग्राम पञ्चायत पदाधिकारी, विभिन्न संघ–संस्थाका सदस्य, युवा समूह तथा हजारौँ क्षेत्रवासीहरूले शहीदप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै भने, “दिपक पोखरेल हामी सबैका लागि प्रेरणा हुन्। गोर्खा समुदायको वीरता र राष्ट्रप्रतिको समर्पण फर्काएको उदाहरण हुन्।”
वीर शहीद नायक दिपक पोखरेलको अविश्वसनीय साहस, कर्तव्यनिष्ठा र राष्ट्रसेवाको भावना उदाहरणीय छ। गाउँदेखि समष्टि, समष्टिबाट समग्र पहाड र पहाडबाट पुरै राष्ट्र उनको योगदानका लागि कृतज्ञ रहनेछ। स्मरण रहोस् कालेबुङ 42 नम्बर समष्टिको कफेर काङ्केबुङ ग्राम पञ्चायत अन्तर्गत मुन्थुम बस्ती निवासी भारतीय सेना (गोर्खा राइफल्स) मा कार्यरत नायक दिपक पोखरेल गत केहीदिन अघि राजस्थानमा सैन्य अभ्यासको क्रममा शहीद बनेका थिए।

Share this news
आजको रोजाइ
राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

आजको रोजाइ