grand welcome to the newly inducted Nari Shakti Executives
grand welcome to the newly inducted Nari Shakti Executives

नव-प्रवेशित नारी शक्ति कार्यकारीहरूलाई भव्यरुपमा स्वागत

Share this news

राज्य स्तरको एसकेएम नारी शक्ति जोरथाङ सामुदायिक हलमा नव-प्रवेशित नारी शक्ति कार्यकारीहरूको लागि वधाइ तथा परिचयात्मक कार्यक्रमको आयोजना गर्यो। जसमा जिल्लाभरका नारी प्रतिनिधिहरूको उत्साही सहभागिता देखियो, यो सहभागिताले एसकेएम पार्टीभित्र महिलामुखी नेतृत्वको सुदृढ उपस्थिति झल्काउँछ। कार्यक्रमको सुरुवात पाहुनाहरू र प्रतिष्ठित व्यक्तिहरूको आगमनसँगै भएको खदाको अर्पण, दीप प्रज्वलन, जहाँ बग्छा गीत र राष्ट्रिय गानले गरियो। राज्य नारी संयोजक श्रीमती दीना गौतमले न्यानो स्वागत गर्दै महिलाकर्मीहरूको प्रतिबद्धतालाई प्रशंसा व्यक्त गरिन् र संगठनका सबै तहमा नारी शक्तिको सुदृढिकरण गर्ने साझा जिम्मेवारीमा जोड दिइन्।
CLC महिला संयोजक श्रीमती जमुना तामाङले CLC, BLC र WLC स्तरमा नारी शक्तिको भूमिकाहरूबारे सभामा सम्बोधन गर्दै सशक्त महिला नेतृत्वले तह स्तरमा पार्टीको संरचना कसरी मजबुत बनाउँछ भन्ने कुरा जोड दिइन्। जिल्ला महिला इन्चार्ज (नाम्ची) श्रीमती रमा तामाङले कार्यक्रमको उद्देश्यलाई उजागर गर्दै जिल्लास्तरीय समन्वय र गतिविधिहरूलाई सुदृढ पार्नको लागि भविष्यको रोडम्याप प्रस्तुत गरिन्। SKM मुख्यालयको महासचिव (PR) श्रीमती जुनु क्षेत्रीले समन्वयको लागि अनिवार्य उपकरणको रूपमा प्रभावकारी सञ्चार माध्यम, रिपोर्टिङ प्रणाली र संगठनात्मक अनुशासनको महत्वबारे बताइन्।
राजनीतिक सचिव तथा प्रवक्ता विकास बस्नेतले भेलामा सम्बोधन गर्दै युवा पंख र नारी शक्ति बीच समन्वय, सञ्चार र एकताको आवश्यकतामा जोड दिए। उनले जोड दिंदै, युवा ऊर्जाहरू र महिलाहरूको समर्पण एकसाथ मिसिन्छ, पार्टीको सङ्गठनात्मक शक्ति धेरै शक्तिशाली र प्रभावकारी बन्छ। दुई पंख, नारी र युवा शक्ति, पार्टीको समानान्तर सङ्गठनात्मक पंख हुन् जसले समन्वयपूर्ण रूपमा अघि बढ्नुपर्ने बताए। उनले सबै नारी र युवा कार्यकर्ताहरूलाई हाम्रो सरकारको काम जनस्तरसम्म पुर्याउन आह्वान गरे।
उपाध्यक्ष (सङ्गठन) ओ.टी. लेप्चाले पार्टीलाई सुदृढ पार्न सङ्गठनात्मक पंखको महत्वमा बोल्दै विगत र वर्तमान शासनका मुख्य भिन्नताहरू, विशेष गरी महिलालाई सशक्त पार्ने र आन्तरिक प्रणाली सुधार गर्ने पक्षमा प्रकाश पारे। नवनियुक्त महिला कार्यकारी अधिकृतहरूलाई परिचय गराइयो र श्रद्धा पहिराई मार्फत सम्मान गरियो, त्यसपछि सबै सदस्यहरूले पार्टीका मूल्यहरूतर्फको आफ्नो जिम्मेवारी, अनुशासन र समर्पणको पुष्टि गर्ने शपथ ग्रहण समारोह सम्पन्न भयो।
पार्टी अध्यक्ष प्रेमसिंह तामाङ (गोले) को विशिष्ट सन्देश राज्य महिला अध्यक्ष श्रीमती बीना राईले पढेर सुनाइन्। पार्टी अध्यक्षले सबै नवनियुक्त कार्यकारीहरूलाई हार्दिक वधाइ व्यक्त गर्दै महिला सशक्तिकरण, मर्यादा र सामाजिक उत्थानतर्फ सरकारको प्रतिबद्धता पुन: पुष्टि गरे अनि राज्य बाहिरको सरकारी कामकाजका कारण व्यक्तिगत रूपमा उपस्थित हुन नसकेकोमा दु:ख व्यक्त गरे। राज्य नारी उपाध्यक्ष इन-चार्ज श्रीमती छिरिङ पाल्डेन भुटियाले नारी शक्ति भित्रको भूमिका, जिम्मेवारी र अनुशासनबारे उपस्थित सबैलाई सम्बोधन गरिन्। उनले व्यक्तिगत स्वार्थलाई हटाएर संगठनभित्र टिमवर्कमा जोड दिइन्। यसका साथै उनले महिलाको सशक्तिकरण र सिक्किमको विकासमा ईमानदारी र प्रतिबद्धतासहित पर्यटनमन्त्रीको पहलको पनि प्रशंसा गरिन्।
राजनीतिक सचिव तथा प्रवक्ताको रूपमा जेकब खालिङले सम्बोधन गरे, जसमा नेतृत्वको दृष्टिकोण, पार्टी नीति र जनमत निर्माणमा नारी शक्तिको बदलिंदो भूमिकालाई उजागर गरयो। उनले भने, आजको सामाजिक संजाल र तीव्र सञ्चारको युगमा महिलाको आवाज अत्यन्त विश्वासयोग्य छ र सत्य, जिम्मेवारी र एसकेएम सरकारले हासिल गरेका उपलब्धिहरू प्रवर्द्धन गर्न यसको उपयोग हुनु आवश्यक छ। उनले प्रतिपक्षका कथनहरूलाई सबल जवाफ दिनुपर्नेमा जोड दिए, किनभने चुनावी राजनीतिमा ती केवल सुनसान छ र गलत कथन निर्माणमा मात्र सीमित छ, त्यसर्थ सबैले प्रतिपक्षको प्रचारप्रसारलाई उपयुक्त जवाफ दिनै पर्ने बताए।
मुख्य अतिथि र एसकेएमका महासचिव अरुण उप्रेतीले समापन सम्बोधन प्रदान गर्दै कार्यक्रममा समग्र निष्कर्ष प्रस्तुत गरे, नारी नेतृहरूको समर्पणको सराहना गर्दै र जोर दिए, एसकेएमको शासनले सिक्किममा महिलाहरूको हितमा परिवर्तनकारी पहलहरू उपलब्ध गराएको छ। कार्यक्रमको समापन राज्य नारी समन्वयक श्रीमती मधु सुब्बाद्वारा धन्यवाद प्रस्तावसँग भयो, जसले सबै अधिकारी, आयोजक र सहभागीहरूप्रति कृतज्ञता व्यक्त गरिन्। कार्यक्रमको सञ्चालन एमसी श्रीमती गङ्गा प्रसाई, राज्य नारी महासचिवले गरेको सिक्किम क्रान्तिकारी मोर्चाको प्रेस एवं प्रचार अध्यक्ष, रञ्जना प्रधानले जानकारी दिएकी छिन्।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ