three-day Lha Bab Duijanchen Puja

पद्मा छोईलिङ गुम्बामा तीन दिवसीय ल्हा बब दुईञ्छेन पूजा गरिने

Share this news

तीनधारेको मिठाई डाँडास्थित पद्मा छोईलिङ गुम्बामा तीन दिवसीय ल्हा बब दुईञ्छेन पूजा आयोजना गरिने भएको छ। उक्त तीन दिवसीय ल्हा बब दुईञ्छेन पूजा गुरु मैत्री संघ तीनधारेको आयोजनामा आगामी 9 देखि 11 नोभेम्बरसम्म आयोजना गरिने भएको छ। उक्त पूजाको लागि गुम्बा परिसरमा तयारी चलिरहेको छ। जसमा पद्मा छोईलिङ गुम्बाका प्रमुख लामा म्हेमे बुम्बा डुम्जन र खरसाङबाट लामा फुङचुङ पाख्रिनद्वारा पूजा गरिने भएको छ। त्यसरी नै ल्हा बब दुईञ्छेन पूजाको अन्तिम दिन 11 नोभेम्बरको दिन जयगाउँबाट टुल्कुला रिम्पोर्छे कुन्साङ राङडोल उपस्थित भएर वाङ वितरण गरिने भएको गुरु मैत्री संघ तीनधारेको सचिव साङ्गे योञ्जनले बताएका छन्‌‌। उनले बताए अनुसार गुरु मैत्री संघ तीनधारेको स्थापना सन् 2003 मा भएको थियो भने आफ्नो स्थापनाकालदेखि नै तीनधारेमा लगातार रुपमा ल्हा बब दुईञ्छेन पूजाको आयोजना गर्दै आईरहेका छन्।


Share this news
आजको रोजाइ
जल जीवनसंग सम्बन्धित सबै कामहरू देखरेख कमिटिले हेर्ने

जल जीवनसंग सम्बन्धित सबै कामहरू देखरेख कमिटिले हेर्ने

अस्तव्यस्त बनेको सियोक, गोदाम धुराको स्थिति सुध्रेको छैन

अस्तव्यस्त बनेको सियोक, गोदाम धुराको स्थिति सुध्रेको छैन

बुढीखोप सिनियर सेकन्डरी स्कूलको प्लेटिनम जुबली कार्यक्रम

बुढीखोप सिनियर सेकन्डरी स्कूलको प्लेटिनम जुबली कार्यक्रम

पद्मा छोईलिङ गुम्बामा तीन दिवसीय ल्हा बब दुईञ्छेन पूजा गरिने

पद्मा छोईलिङ गुम्बामा तीन दिवसीय ल्हा बब दुईञ्छेन पूजा गरिने

‘बागंलार माटी, बागंलार जल’ गीत जीटीए विद्यालयहरूमा नपर्ने

‘बागंलार माटी, बागंलार जल’ गीत जीटीए विद्यालयहरूमा नपर्ने

गोल्ड कपमा दार्जीलिङ पुलिस अनि दलसिङ पाडा विजयी

गोल्ड कपमा दार्जीलिङ पुलिस अनि दलसिङ पाडा विजयी

महारानी हाइस्कूल र चिल्ड्रेन पार्क निर्माणमा लापरवाही

महारानी हाइस्कूल र चिल्ड्रेन पार्क निर्माणमा लापरवाही

सरदार वल्लभभाइ पटेलको १५०औं जन्मजयन्तीको सभा

सरदार वल्लभभाइ पटेलको १५०औं जन्मजयन्तीको सभा

नवनियुक्त उपप्रमुख जिल्लाधिकारी शरण दासलाई स्वागत

नवनियुक्त उपप्रमुख जिल्लाधिकारी शरण दासलाई स्वागत

शहरमा भूमिगत विद्युत तार बिछाउँदै गरेको कार्यमाथि बैठक

शहरमा भूमिगत विद्युत तार बिछाउँदै गरेको कार्यमाथि बैठक