Baganlar Mati, Baganlar Jal
Baganlar Mati, Baganlar Jal

‘बागंलार माटी, बागंलार जल’ गीत जीटीए विद्यालयहरूमा नपर्ने

Share this news

गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनका प्रमुख कार्यपाल अनित थापाले, पश्चिम बंगाल, सरकारद्वारा राज्यका सबै निम्न उच्च विद्यालयदेखि उच्चत्तर तहसम्मका विद्यालयहरूमा राज्यको गीत ‘बागंलार माटी, बागंलार जल’ गीत बिहानको प्रार्थना सभाको समय गाइनुपर्ने राज्य सरकारको अध्यादेश जारी गरिएको भए तापनि गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन अलग एवं स्वायत्त व्यवस्था रहेको कारणले उक्त अध्यादेश जीटीएक्षेत्रका विद्यालयहरूमा लागु नहुने सबैलाई अवगत गराएका छन्। उक्त अध्यादेशको सन्दर्भमा दार्जीलिङ पहाड़मा पनि विभिन्न प्रकारको चर्चा-परिचर्चाहरू चलिरहेको छ। दार्जीलिङ पहाड़को आफ्नै छुट्टै विशेषता छ। यहाँ विविध भाषा- संस्कृति र परम्पराहरू रहिआएको छ भने दार्जीलिङवासीले हरेक धर्म परम्परालाई सम्मानजनक दृष्टिकोणले हेरिने गरिएको छ। यसरी विविधतामाझ अनेकताको एउटा ज्वलन्त उदाहरणको रूपमा दार्जीलिङ पहाड़ले आफ्नो अस्तित्व कायम राखिरहेको भए तापनि यहाँको राजनैतिक, भौगौलिक तथा पारम्पारिक व्यवस्थामा भने सैयौं वर्षदेखि केही पृथकता छ। दार्जीलिङ पहाड़को आफ्नै सांस्कृतिक पहिचान र परम्परा रहिआएको छ र मानिसहरूको भावना यसैसित जड़ित छ। यसैले दार्जीलिङ पहाड़को सांस्कृतिक परम्परालाई सम्मान गर्दै राज्य सरकारको उक्त गीत पहाड़का विद्यालयहरूमा लागु नहुने थापाले सबैलाई अवगत गराएका छन्। दार्जीलिङ पहाड़का सबै विद्यालयहरूमा राष्ट्रगीतभन्दा अघि आफ्नै विद्यालय गीत, प्रार्थना गीतहरू गाइने प्रचलन छ र सोही प्रचलनलाई सम्मान अनि मान्यता दिँदै दार्जीलिङ पहाड़का विद्यालयहरूमा आजसम्म जे परम्परा रहिआएको छ सोही परम्परा नै यथावत् रहने उनले बताएका छन्।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ