खुल्ला रुपमा पोस्टर टाँसेर प्रचार गर्दै तम्बोला खेलाउन सही वा गलतः जनसाधरणको प्रश्न

Share this news

खरसाङ,  (निसं)ः खरसाङ बजारको कतिपय स्थानमा यस समय तम्बोला अर्थात हाउसीको ठूलो ठूलो पोस्टरहरू देखिएका छन्‌‍। यस पोस्टरमा तम्बोला खेलको निम्ति ठूलो रकममा पुरस्कार राखिएको बताइएको छ। यसरी लाखौँ रुपियाँको प्रलोभन देखाएर टाँसिएका पोस्टहरू देखेर मानिसहरूले विभिन्न प्रतिक्रिया पनि जनाइरहेका छन्‌‍।

कतिपय मानिसहरूले तम्बोला एउटा जुवा रहेकोले यसरी खुल्ला रुपमा पोस्टर टाँस्दै प्रचार गर्दै खेलाउन नसकिने बताएका छन्‌‍। कतिपय मानिसहरूले यसरी ठूलो ठूलो पोस्टर टाँसेर तम्बोला जस्तो खेलको आयोजना गर्नु सही हो भनी प्रश्न गरिरहेका छन्‌‍। पोस्टर देखेर कतिपय मानिसहरूले पहाड़का अधिकतर मानिसहरू मनोरञ्जन र जुवा जस्ता कुरोमा अधिक आकर्षित हुने गरेकाले यसरी धेरै स्थानमा तम्बोला जस्ता कुरोमा लोभिएर टाड़ा-टाड़ासम्म जाने गरेका बताएका छन्‌‍। कतिपय मानिसहरूले तम्बोला एउटा जुवा रहेकोले पुलिस प्रशासनकै अघि यसरी पोस्टर टाँसेर प्रचार गर्दै तम्बोलाको आयोजना गर्न अति चिन्ताजनक विषय रहेको बताएका छन्‌‍। खरसाङका एक व्यवसायीले यसरी तम्बोला जस्तो खेलको खुल्ला प्रचार प्रसार गरेर पोस्टर टाँस्नु अनि आयोजना गर्नु गलत रहेको बताए।

अघिको समयमा खरसाङमा दशैँ-तिहारको समयमा तम्बोला खेलाइन्थ्यो। चाड़-पर्वको समयमा मानिसहरू खुशीयाली मनाउन, मनोरञ्जन गर्नको निम्ति तम्बोला अथवा हाउसी खेल्ने गर्थे। चाड़-पर्वमा कुनै एक स्थानमा 15-20 को संख्यामा भेला भएर तम्बोला खेल्दा मानिसहरूमा असल प्रकारले मनोरञ्जन प्राप्त गर्ने गर्थे र हाउसी खेल्दाको अवधिमा एक-अर्कामा राम्रो सम्बन्धको स्थापना हुने गर्थ्यो। वर्तमानमा पहाड़को कतिपय स्थानमा यसरी भारी रकमको तम्बोलाको आयोजना गरिने गरिएको पाइन्छ।

यसरी भारी रकमको तम्बोला आयोजना गरेर खुल्ला रुपमा पोस्टर टाँस्दै प्रचार प्रसार गर्नु गैरकानुनी हो कानुनी हो त्यो प्रशासनको विषय हो। तथापि कतिपय मानिसहरूले यसरी पोस्टर टाँसेर खुल्ला रुपमा तम्बोला आयोजना गर्नु गैरकानुनी ठहराएका छन्‌‍। पोस्टर पढ़ेर कतिपय मानिसहरूले आयोजक पक्षले लाइसेन्स लिएको हुन सक्ने पनि विचार प्रकट गरेका छन्‌‍।


Share this news
आजको रोजाइ
फ्रि चर्च आयोजित प्रि क्रिसमस साथै सुसमाचारीय कार्यक्रम

फ्रि चर्च आयोजित प्रि क्रिसमस साथै सुसमाचारीय कार्यक्रम

एसआइआरकोे निम्ति खरसाङ नगरपालिका सबै वार्डको सभा

एसआइआरकोे निम्ति खरसाङ नगरपालिका सबै वार्डको सभा

आध्यात्म र अनुशासनबीच उदाएकी अभिनेत्री श्यामाश्री

आध्यात्म र अनुशासनबीच उदाएकी अभिनेत्री श्यामाश्री

शिक्षकहरूको नियुक्ति खारेज भएको बारेमा सुधन गुरूङको खुलासा

शिक्षकहरूको नियुक्ति खारेज भएको बारेमा सुधन गुरूङको खुलासा

खुल्ला रुपमा पोस्टर टाँसेर प्रचार गर्दै तम्बोला खेलाउन सही वा गलतः जनसाधरणको प्रश्न

खुल्ला रुपमा पोस्टर टाँसेर प्रचार गर्दै तम्बोला खेलाउन सही वा गलतः जनसाधरणको प्रश्न

खरसङका विद्यालयहरूमा विद्यार्थीहरूको संख्यामा लगतार घट्दो अवस्था

खरसङका विद्यालयहरूमा विद्यार्थीहरूको संख्यामा लगतार घट्दो अवस्था

अन्तर्राष्ट्रिय सहकारी वर्ष 2025 को राज्यस्तरीय कार्यक्रमको समापन

अन्तर्राष्ट्रिय सहकारी वर्ष 2025 को राज्यस्तरीय कार्यक्रमको समापन

महारानी चियाबारीमा प्रि क्रिसमस साथै सुसमाचारीय कार्यक्रम सम्पन्न

महारानी चियाबारीमा प्रि क्रिसमस साथै सुसमाचारीय कार्यक्रम सम्पन्न

भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको बीएलएहरुलाई लिएर सभा सम्पन्न

भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको बीएलएहरुलाई लिएर सभा सम्पन्न

सिटोङ तीन अन्तर्गत कर्मठ बस्तीका निवासी तथा कृषक विजय राईको बारीमा धनेष नियमित आउने गरेकोले यो बस्ती पर्यटन स्थलमा परिणत

सिटोङ तीन अन्तर्गत कर्मठ बस्तीका निवासी तथा कृषक विजय राईको बारीमा धनेष नियमित आउने गरेकोले यो बस्ती पर्यटन स्थलमा परिणत

आजको रोजाइ