खरसङका विद्यालयहरूमा विद्यार्थीहरूको संख्यामा लगतार घट्दो अवस्था

Share this news

खरसाङ, (निसं)ः खरसङका विद्यालयहरूमा केही वर्ष यता विद्यार्थीहरूको संख्यामा लगतार घट्दो अवस्थामा छ। विद्यार्थीहरूको संख्या घटने क्रम सरकारी, सरकारी सहायता प्राप्त, निजी, मिशनेरी सबैमा पाइएको छ। तथापि विद्यार्थीहरूको संख्या घटने क्रम सरकारी अनि सरकारी सहयाता प्राप्त विद्यालयहरूमा अधिक पाइएको छ।
सरकारी प्राथमिक शिक्ष व्यस्था लगभग ध्वस्त हुने स्थितिमा रहेको छ। खरसाङ शहरका अघिको समयमा ख्याति कमाएका कतिपय सरकारी प्राथमिक पाठशालाहरू बन्द भइसकेका छन्‌‍। धेरैवटा पाठशाला विद्यार्थीहरूको कमीले भविष्यमा चल्छ अथवा चल्दैन भन्ने स्थितिको सङ्घारमा रहेको पाइएको छ। खरसाङ शहरी क्षेत्र अनि वरिपरिका स्थानमा रहेका अधिकतर प्राथमिक पाठशालाहरूको अवस्था यस्तो पाइएको छ।
खरसाङ्मा रहेका सरकारी अनि सहकारी सहायता प्राप्त उच्चतर माध्यमिक विद्यालयहरूले पनि विद्यार्थीहरूको संख्या कमीको समस्या झेलिरहेका छन्‌‍। अघिको समयमा ए, बी, सी विभाग गरेर कक्षा सञ्चालन हुने विद्यालयहरूमा विद्यार्थीहरूको संख्या घटेर 10-15 विद्यार्थी अध्ययनरत पाइएको छ।
खरसाङ्का मिशनेरी विद्यालयहरूमा अघिको समयको तुलनामा विद्यार्थीहरूको संख्यामा कमी आए तापनि सन्तोष जनक रहेको छ। अहिले पनि यहाँको सन्त अल्फन्सस उच्चत्तर माध्यमिक विद्यालय, सन्त जोसेफ कन्या उच्चतर माध्यमिक विद्यालय र यी विद्यालयका प्राइमेरी पाठशालाहरूमा विद्यार्थीहरूको संख्या सन्तोषजनक पाइएको छ। यी विद्यालयहरूमा खरसाङदेखि टाड़ा-टाड़ाबाट विद्यार्थीहरू अहिले पनि अध्ययनको निम्ति आइरहेका छन्‌‍।
खरसाङ्का 5 वटा जति निजी विद्यालयहरू केही समय यता बन्द भइसकेका छन्‌‍ भने कतिपय विद्यालयहरूले विद्यार्थीको सख्यामा कमीको समस्या झेलिरहेका छन्‌‍। जसोतसो सञ्चालनमा रहेका यी विद्यालयहरू पनि आगामी दिनमा बन्द हुने निश्चित देखिएको छ। कतिपय विद्यालयहरू भने वर्तमानमा राम्रैसित सञ्चालन भइरहेको छन्‌‍ भने ती निजी विद्यालयहरू पनि स्थानीय विद्यार्थीहरूको भरमा सञ्चालन भइरहेका छन्‌‍। यी विद्यालयहरूले पनि आवशीय विद्यार्थीहरूको कमी झेलिरहेका थाहा लागेको छ।
खरसाङ्मा विद्यार्थीहरूको संख्यामा कमी आउनुमा विविध कारण पाइएको छ। तथापि धेरै मानिसहरूले वर्तमानको सरकारी शिक्षा व्यस्थालाई दोष्याउने गरेका छन्‌‍। शिक्ष व्यस्था राजनीतिकरण हुनु, राजनीतिक नियुक्ति भएका शिक्षकहरू विद्यालयहरूमा नियुक्त गरिनु, शिक्षकहरू राजनीतिमा संलग्न रहेर व्यस्त रहनुलाई खस्कन्दो शिक्ष व्यस्थाको करक यस्ता मानिसहरू बताउने गर्छन्‌‍।
यो एउटा कारण हुन सक्छ भने विद्यालयहरूमा विद्यार्थीहरूको संख्यामा कमी आउनुमा अन्य कारणहरू पनि देखिएका छन्‌‍। वर्तमानमा धेरै अभिभावकहरूलो एक वा दुई सन्तान रहेका छन्‌‍। यसरी एक वा दुई सन्तान रहेकाले प्रत्येक घरबाट विद्यार्थीहरू संख्यामा कमी आएको छ। एक वा दुई सन्तान हुनेहरूले आफ्नो नानीहरूलाई राम्रो शिक्ष दिने उद्देश्यले निजी विद्यालयहरूमा पढ़ाइरहेका छन्‌‍। यसरी सरकारी विद्यालयहरूमा विद्यार्थीहरूको संख्यामा कमी आएको हो भनी कतिपयको मत छ।
कतिपय मानिसहरू अघिको समयको तुलनामा वर्तमानमा धेरै अभिभावकहरूको आर्थिक क्षमता असल रहेकोले पनि आफ्नो नानीहरू निजी र प्रशिद्ध विद्यालयहरूमा पठाइरहेकाले पनि सरकारी अनि सरकारी सहायता प्राप्त विद्यालयहरूमा विद्यार्थीहरूको संख्यामा कमी आएको बो भनी बताउछन्‌‍।
अर्को तर्फ वर्तमानमा सिलगढ़ी अनि संलग्न क्षेत्रमा खोलिएका देशका प्रशिद्ध शिक्षा संस्थानहरूको कारण खरसाङ्का निजी विद्यालयहरूमा विद्यार्थीहरूको संख्यामा कमी आएको स्पष्ट देखिएको छ। बाहिरका धेरै अभिभावकहरू अहिले आफ्नो नानीहरूलाई सिलगढ़ीको ती प्रशिद्ध शिक्षा संस्थानहरूमा पढ़ाइरहेका छन्‌‍ जुन विद्यार्थीहरू अघिको समयमा खकरसाङ अनि पहाड़का विभिन्न शिक्षा संस्थानहरूमा पढ़न आउने गर्थे। वर्तमानमा आर्थिक रुपमा सक्षम रहेका खरसाङ्का अभिभावकहरूले पनि आफ्ना नानीहरू सिलगढ़ी अनि संलग्न क्षेत्रमा रहेका प्रशिद्ध शिक्षा संस्थानहरूमा आफ्नो नानीलाई पठाइरहेका छन्‌‍.


Share this news
आजको रोजाइ
सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

आजको रोजाइ