भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको बीएलएहरुलाई लिएर सभा सम्पन्न

Share this news

खरसाङ, (निसं): भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ महकुमा कार्यालयमा वर्तमानमा भई रहेको गहन संशोधन पुनर्निरीक्षण (एसआईआर) को निम्ति नगरपालिका अन्तर्गत पर्ने एकदेखि बीस नम्बर वार्ड सम्मको सत्ताइसवटा बुथका बीएलएहरुलाई लिएर सभा सम्पन्न भएको छ।

उक्त सभा शहर समितिका अध्यक्ष राजु शर्माको अध्यक्षतामा सम्पन्न भयो। सभाको सञ्चालन टाउन कमिटीका मूल सचिव वीरबल पाख्रिनले गर्दै सभामा उपस्थित नेतृत्वगण र प्रतिनिधिगण लगायत पार्टी अध्यक्ष अनित थापाको अनुमोदनमा शहर समिति आधिकारिक रूपमा पद उन्नतिसंगै नियुक्त भएका सदस्यहरुसंग परिचय गराए। साथै विगत सभामा अनुपस्थित भएका टाउन कमिटीका नेतृत्वहरुलाई पुनः उनको नियुक्ति पत्र पठन गरेर प्रदान गरियो जसमा क्रमशः सन्तोष परी अनि रञ्जन गजमेरलाई पद उन्नति गरेर टाउन कमिटीको उपाध्यक्षको पद भार सुम्पियो भने टाउन कमिटी संगठनिक सचिवको रूपमा दिनेश छेत्रीलाई नियुक्त गर्नुको साथमा राजेन राउत, कमल सिंह श्रीवाल, बुद्ध लेप्चा, पासङ्ग योल्मो अनि अनुर लामालाई कार्यकारिणी सदस्यको पदमा नियुक्त गरिएको जानकारी गराउँदै नियुक्ति पत्र प्रदान गरियो भने सभामा वार्डलाई पनि सांगठनिक रूपमा सुदृढ़ बनाउनको निम्ति रतन शेर्पा, रवि तोलाङ्गी, वार्ड नम्बर दश अनि सुरज वाल्मिकीलाई वार्ड नम्बर एघारकेो खरसाङ शहर समितिको तर्फबाट संयोजक नियुक्त गरिएको जानकारी दिँदै नियुक्ति पत्र प्रदान गरियो।

सभामा विगतमा खरसाङ महकुमा शासकद्वारा महकुमा कार्यालयमा सम्पूर्ण राजनैतिक पार्टी लिएर डाकिएको सभामा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको तर्फबाट उपस्थित रहेका खरसाङ महकुमा समिति उपाध्यक्ष शंकर राउतले सभामा भएको सम्पूर्ण विषयको जानकारी दिँदै एसआईआरमा छोडिएको मतदाताहरूको पुनः निरीक्षणको निम्ति खरसाङ महाविद्यालय, महकुमा कार्यालय खरसाङ, नगरपालिका कार्यालय अनि खरसाङ ट्रेजरी कार्यालयमा पुनः क्याम्प लाग्ने जानकारी दिए।

सभामा क्रमशः महकुमा नारी शक्तिका अध्यक्षा अनि नगरपालिका क्षेत्रका चुनाव प्रभारी सविता कार्की, केन्द्र समिति सदस्य तथा टाउन कमिटीका संयोजक समीर दीप ब्लोन, खरसाङ महकुमा समितिका मूल सचिव प्रणाम रसाइली, खरसाङ टाउन कमिटी नारी शक्तिका अध्यक्षा देवकी प्रधान सुब्बा थिए भने, अन्त्यमा सभाध्यक्ष तथा टाउन कमिटीका अध्यक्ष राजु शर्माले सम्पूर्ण बीएलएलाई जनसाधारणको एसआईआरको काम गर्दा सहयोग गरेको पार्टी पक्षबाट धन्यवाद दिँदै मतदाता सूचीमा छोड़िएको मतदाताहरूको नामलाई जोड़न हेतु कार्य गरिदिनको निम्ति प्रोत्साहित गर्दै तथा भोटर कार्ड अनि त्यसको महत्वकेो जानकारीसंगै निर्वाचन आयोगद्वारा जारी गरिएको सूची प्रदान गर्दै आफ्नो सम्भाभण राखेका छन्‌‍।

टाउन कमिटको तात्वधानमा राखिएको यस महत्त्वपूर्ण सभामा महकुमा समितिका सांगठनिक सचिव लाक्पा लामा, टाउन कमिटीका उपाध्यक्ष सञ्जय मुखिया, सह सचिव विकास तामाङ, रामोद गुरुङ्ग, सांगठनिक सचिव सनी तमाङ, लगायत टाउन कमिटी का संपूर्ण कार्यकारीणी सदस्य उपस्थित थिए।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ