Sudhan Gurung's revelation about cancellation
Sudhan Gurung's revelation about cancellation

शिक्षकहरूको नियुक्ति खारेज भएको बारेमा सुधन गुरूङको खुलासा

Share this news

कलकत्ता उच्च न्यायालयले ३१३ शिक्षकहरूको नियुक्तिलाई अवैध ठहर गर्दै सबै नियुक्ति खारेज भएको बारेमा सुधन गुरूङले सिलगढीमा प्रेस भेलामा आफ्नो कुरा यसरी राखेका छन्। उनले कलकत्ता उच्च न्यायालयले ३१३ को नियुक्तिलाई अवैध ठहर गर्दै सबै नियुक्ति खारेज गरेको छ। पश्चिम बंगाल राज्य सरकारले 8 March 2019 मा ३१३ अनि ५९ जना लाभार्थीहरूलाई स्थायीकरणको निर्दैश गर्दै बिनय तामाङलाई चिठ्ठी लेखेको थियो भने 26 June 2019 को दिन वर्तमान जीटीए चेयरमेन अनित थापा उक्त नियुक्ति जीटीए सचिवालय लाल कोठी कार्यकारिणी निर्देशक Executive Director, Manobendra Modhak, District Inspector Pran Gobinda Sarkar, Ex MLA Amar Sing Rai को उपस्थितिमा उक्त नियुक्ति आफ्नो हातले बितरण गरेका थिए। यी सम्पूर्ण विषयमा सुधन गुरूङले कोलकाताबाटै गत 17 दिसम्बरमा जानकारी दिएका थिए।
त्यसपछि गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनका प्रमुख कार्यपाल, अनित थापाले दार्जीलिङका शिक्षकहरूका पक्षमा सत्य, न्याय र स्वाभिमानको लडाईंको पक्षमा दृढतापूर्वक उभिएको बताएका छन्। दार्जीलिङका ३१३ शिक्षकहरू सम्बन्धी आज कलकत्ताको माननीय न्यायालयले सुनाएको फैसलाले धेरैको मनमा प्रश्न उत्पन्न गरेको छ। तर यो कुनै पनि शिक्षकको गल्तीको कारणले होइन। यो परिणाम हो गत २५ वर्षदेखि दार्जीलिङ पहाडमा स्पष्ट शिक्षक नियुक्ति नियमावली (Recruitment Rule) नहुनुको कारणले यस्तो भएको थापाले बताएका छन्। पहाडमा स्वयंसेवी शिक्षकहरूको नियुक्ति तत्कालीन व्यवस्था र परिस्थितिको उपज थियो। २००३ देखि अहिलेसम्म शिक्षक नियुक्तिका सबै प्रक्रिया Recruitment Rule वा SSC बिना नै भएको छ। तर त्यही शिक्षकहरूको समर्पण र योगदानकै कारण आज हाम्रो पहाडका हजारौं विद्यार्थीहरू सरकारी अधिकारी, शिक्षक र उत्कृष्ट पेशेवर बनेको जीटीए प्रमुखले बताएका छन्।
शिक्षकहरूको त्याग, शिक्षा र लगनको गहिरो सम्मान गर्ने बताउँदै थापाले सम्पूर्ण शिक्षित वर्गलाई हतोत्साहित सुझाउ दिएका छन्। यो समय हाम्रो एकताको परीक्षा हो। यो कानूनी लड़ाइँ हो भन्दै शिक्षकहरूको पक्षमा आफू दृढतापूर्वक उभिएको उनले बताएका थिए। जीटीए प्रमुखले विश्वास दिलाउँदै, हामी यो लड़ाइँ कानूनी रूपमा जित्नेछौं, चाहे त्यसका लागि उच्च अदालतको डिभिजन बेञ्चदेखि लिएर सर्वोच्च अदालतसम्म जानुपरे पनि जाने बताएका छन्। उनले शिक्षकहरूको न्याय र सम्मानका लागि कुनै पनि हदसम्म जाने बताउँदै सत्यको पक्ष सधैं बलियो हुन्छ र सत्यको पक्षमा आफूहरू उभिएको अनित थापाले बताएका थिए।
यसैक्रममा दार्जीलिङमा सयुंक्त माध्यमिक शिक्षक संगठनद्वारा बिहीबार 18 दिसम्बरमा विरोध प्रदर्शन गरिएको थियो। कलकत्ता उच्च न्यायालयद्वारा ३१३ जना शिक्षक–शिक्षिकाको नियुक्ति खारेज गरिएपछि आफ्ना न्याय र अधिकारको माग गर्दै आज दार्जीलिङमा शिक्षकहरूले विशाल र्‍याली निकालेका थिए। र्‍यालीमा सहभागी शिक्षक–शिक्षिकाहरूले अदालतको फैसलाले आफ्नो भविष्य अन्योलमा परेको बताउँदै राज्य सरकार र सम्बन्धित निकायसँग न्यायोचित समाधानको माग गरे। उनीहरूले आफूहरू कुनै अनियमिततामा संलग्न नरहेको दाबी गर्दै योग्यताका आधारमा नियुक्ति भएको जनाएका थिए। यी सबै कुरामा सुधन गुरूङले सिलगढीमा प्रेस भेलामा आफ्नो कुरा यसरी राखेका थिए।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ