Pre-Christmas and evangelistic
Pre-Christmas and evangelistic

फ्रि चर्च आयोजित प्रि क्रिसमस साथै सुसमाचारीय कार्यक्रम

Share this news

खरसाङ महकुमा अन्तर्गत टुंग सन्त मेरिज समष्टिकाे महारानी चियाबारीमा हिमालयन फ्रि चर्चको आयोजनामा प्रि क्रिसमस साथै सुसमाचारीय कार्यक्रम सम्पन्न भएको छ। महारानी चियाबारीको स्कूल परिसरमा सम्पन्न उक्त प्रि क्रिसमस साथै सुसमाचारीय कार्यक्रममा प्रमुख वक्ताको रुपमा प्रेरित ध्रुव ‘शिष्य’ उपस्थित रहेका थिए। कार्यक्रममा विशिष्ट अतिथिको रुपमा सन्त मेरिज ग्राम पञ्चायत एकको पञ्चायत प्रधान रोशनहाङ सुब्बा, महारानी चियाबारीको प्रबन्धक, समाजको सभापति कर्म थामी, रेभ. सिमोन मुखिया लगायत अन्यहरु उपस्थित रहेका थिए। स्थानीय पास्टर सुनिल तामाङ र केवल सेञ्चुरीले सञ्चालन गरेको कार्यक्रममा शारदा गजमेर, पास्टर प्रमीत सुनाम र अन्यले गीत प्रस्तुत गरेका थिए भने नानीहरुले समूह नृत्य प्रस्तुत गरेका थिए। कार्यक्रममा आराधनामा जोना तामाङले अगुवाई गरेका थिए। कार्यक्रममा प्रमुख वक्ताको रुपमा बोल्दै प्रेरित ध्रुव ‘शिष्य’ले बाईबलबाट सन्देश बाँडेका थिए। उनले मानिसहरुको मनको पीर मेटाउन क्रिसमसको बेलामा संसारमा जन्मनु भएको यीशुले मेटाउन सक्छ, किनभने यीशुले सबैलाई प्रेम गर्नुहुन्छ भनी बताएका छन्। यस अवसरमा प्रेरित ध्रुव ‘शिष्य’ लाई हिमालयन फ्रि चर्च महारानीको तर्फबाट सम्वर्द्धना जनाइएको थियो। यस अवसरमा उनलाई श्रद्धार्पणसहित शल ओढाएर सम्बर्द्धना पत्र प्रदान गरेर सम्मान जनाइएको थियो। यसै कार्यक्रममा महारानी गाउँका 12 जना वरिष्ठ नागरिकहरुलाई चर्चको तर्फबाट खदार्पणसहित उपहार प्रदान गरेर सम्मान जनाइएको थियो। यस अवसरमा सबै वरिष्ठ नागरिकहरुका लागि प्रार्थना पनि गरिएको थियो। कार्यक्रमलाई विशिष्ट अतिथिको रुपमा उपस्थित पञ्चायत प्रधान रोशनहाङ सुब्बाले सम्बोधन गरेका थिए। कार्यक्रममा चर्चको तर्फबाट केक काटेर प्रि क्रिसमस पालन गरिएको थियो। यस अवसरमा केकको लागि प्रार्थना सेविका निता छेत्रीद्वारा प्रार्थना गरिएको थियो। कार्यक्रममा धन्यवाद ज्ञापन पास्टर सुनिल तामाङले राखेका थिए भने अन्तिम प्रार्थना र आशिष रेभरेन्ट सिमोन मुखियाले राखेका थिए। महारानीमा सम्पन्न प्रि क्रिसमस साथै सुसमाचारीय कार्यक्रम विषयमा पत्रकारहरुसित कुराकानी गर्दै हिमालयन फ्रि चर्च महारानीको पास्टर सुनिल तामाङले विस्तृत जानकारी गराएका थिए।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ