लामाहट्टामा विभिन्न एकाई माझ ढुंगा हान्ने प्रतियोगिता शुरु 

Share this news

लामाहट्टा-पेशोक: 20  दिसेम्बर(निसं):डुक्पा बुद्धिष्ट वेलफेयर एसोसिएसन लामाहट्टा एकाईको आयोजनामा लोसुङ नाम्सूङ पर्व भव्यताको साथ शुक्रबारदेखि लामाहट्टामा शुरु भयो। उक्त अवसरमा दुई दिवसीय द-को प्रतियोगिताको पनि शुरु गरियो। डुक्पा बुद्धिष्ट वेलफेयर एसोसिएसन लामाहट्टा एकाईका सभापति वाङदी डुक्पा, सचिव पेमा वाङदी डुक्पा लगायत अन्य पदाधिकारीवर्गको उपस्थितिमा डुक्पा समुदायको पारम्परिक खेल द -को प्रतियोगिता पनि शुरु गरियो। आज उक्त पारम्परिक खेल द-को अर्थात् ढुंगा हान्ने खेलको पहिलो क्वार्टर अनि सेमी फाईनल खेलको प्रतिस्पर्धात्मक खेल सम्पन्न भयो। आज भएको पहिलो क्वार्टर फाईनल खेल लामाहट्टा (लाम्टा-तल्लो भेग) दस माईल बजार (दाउडे)-सँग  भएको थियो जसमा लामाहट्टाले जीत हासिल गर्दै सेमिफाइनल स्थान बनाउन सफल बन्यो भने दोस्रो क्वार्टर फाईनल खेल घुम बनाम लामाहट्टा लामे माझ भएको थियो जसमा लामाहट्टा लामेले जीत हासिल गरेर सेमिफाइनल जगा पक्का गरेको थियो।
यक्त खेलको सेमी फाईनल पनि सम्पन्न भयो। उक्त सेमी फाईनल खेल लामाहट्टा लाम्टे बनाम जोरबंगलो अनि अर्को सेमी फाईनल खेल रंगयस  बनाम लामाहट्टा लामे माझ सम्पन्न भएको थियो जसमा लामाहट्टा लामे अनि लामाहट्टा लाम्टेले जीत हासिल गर्दै फाईनलामा प्रवेश गरे।डुक्पा समुदायको प्रायः लोपोन्मुख बन्न लागेको द-को खेलको गरिमालाई यथावत् राख्न औ आउने भावीपिडीहरुले पनि यस खेल बारे जान्न सकोस् अनि आनन्द लिन सकोस् भन्ने उद्देश्य लिएर डुक्पा बुद्धिष्ट वेलफेयर एसोसिएसन लामाहट्टा एकाई द्वारा उक्त द-को अर्थात् ढुंगा हान्ने खेलको जगलाई बसाई राख्न कम्मर कसेको अनि यस् पारम्परिक खेललाई शुरु गरिएको एसोसिएसनका लामाहट्टा एकाईका सभापति वाङदी डुक्पाले जनाए। लामाहट्टा, दस माईल क्षेत्रमा निक्कै डुक्पा समुदाय रहेको कारण यस् द-को खेलको जग बसेको अनि अहिलेका युवा जमातलाई पनि यस् खेल बारे धेर थोर जानकारी रहेको कारण नै  खेलमा युवा जमातले सहभागीता जनाएका थिए भने घुम, रंगबुल आदि बाट पनि युवा जमातले सहभागिता जनाएका थिए।
 भोलि डुक्पा समुदायको दशैं ल्होसुङ नामसुङ पर्व रहेको बताउदै सबैलाई ल्होसुङ नाम्सुङको शुभकामना व्यक्त गरे । आज सम्पन्न द-को खेलको क्वार्यर अनि सेमी फाईनल खेलमा जीत हासिल गर्ने दलहरुले आगामी 21 दिसेम्बर फाईनल खेलमा आफ्नो खेल प्रदर्शन गर्ने थप जानकारी सभापति वाङदी डुक्पाले दिदै उक्त फाईनल खेलको दिन डुक्पा समुदयको जातिय पर्वको गीतगै सांस्कृतिक कार्यक्रम पनि भव्यताको साथ आयोजना गरिने थप जानकारी दिए।

Share this news
आजको रोजाइ
गोर्खे हाटमा सामानको मूल्य धेर हुने गरेको गुनासो

गोर्खे हाटमा सामानको मूल्य धेर हुने गरेको गुनासो

जनजाति मान्यताको निम्ति महासंघले इण्टरलोक्युटरलाई रिर्पोट बुझाउने

जनजाति मान्यताको निम्ति महासंघले इण्टरलोक्युटरलाई रिर्पोट बुझाउने

313 शिक्षक-शिक्षिकाको साथमा पेम्बा रिम्पोर्छे

313 शिक्षक-शिक्षिकाको साथमा पेम्बा रिम्पोर्छे

बंगलादेशमा भीडद्वारा युवकको हत्या, मृत्यु पछिसमेत अमानवीय व्यवहार

बंगलादेशमा भीडद्वारा युवकको हत्या, मृत्यु पछिसमेत अमानवीय व्यवहार

भ्रष्ट सरकारको छत्रछायामा नियुक्ति प्रक्रियाको कारण 313 को अवस्था

भ्रष्ट सरकारको छत्रछायामा नियुक्ति प्रक्रियाको कारण 313 को अवस्था

हिमालय दर्पणले नेपाली साहित्यलाई अघि बढ़ाउन ठूलो भूमिका निभाएको छः एमएस खान

हिमालय दर्पणले नेपाली साहित्यलाई अघि बढ़ाउन ठूलो भूमिका निभाएको छः एमएस खान

घैयाबारी ग्राम पञ्चायत 3 मा 3 वटा डिसपोजल मशिन वितरण

घैयाबारी ग्राम पञ्चायत 3 मा 3 वटा डिसपोजल मशिन वितरण

नक्सलको जबरामा चितुवा पक्राऊ, मजदुरहरूले पाए राहत

नक्सलको जबरामा चितुवा पक्राऊ, मजदुरहरूले पाए राहत

28 नम्बर समष्टि सभासद् अनि भागोप्रमो 313 को साथमा

28 नम्बर समष्टि सभासद् अनि भागोप्रमो 313 को साथमा

फोहोर-मैलामा झुत्तिने कुकुरहरूसित सतर्कता अपनाउन आवश्यक

फोहोर-मैलामा झुत्तिने कुकुरहरूसित सतर्कता अपनाउन आवश्यक

आजको रोजाइ