फोहोर-मैलामा झुत्तिने कुकुरहरूसित सतर्कता अपनाउन आवश्यक

Share this news

खरसाङ,  (निसं)ः खरसाङ शहरको कतिपय स्थानमा फालिएको फोहोर-मैलामा रातिको समय भुस्याहा कुकुरहरू झुत्तिने गरेका छन्‌‍। यसरी फोहोर-मैलामा खाना खोजिरहेका कुकुरहरू मानिसहरूको निम्ति समस्या भइरहेको पनि गुनासोहरू प्राप्त भएको छ। शहरको कतिपय स्थानमा फालिएका फोहोर-मैलामा खाना खोज्दै गरेका कुकुरहरूले छेउबाट हिँड़िरहेका मानिसहरूलाई झम्टिने, छेउबाट हिँड़दा टोक्न खोज्ने गरेको मानिसहरूले बताएका छन्‌‍। फोहोर-मैलाको थुप्रोमा खाना खोजिरहेका यस्ता कुकुरहरू कुनै समय लड़ाई गरेर समस्या सृजना गर्ने गरेको पनि मानिसहरूले बताएका छन्‌‍।

मन्टभियट चिया बगानका एक व्यक्तिले रातिको समयमा यसरी फोहोर-मैलामा खाना खोजिरहेका अथवा फोहोर-मैलामा खानेकुरो खाइरहेका कुकुरहरूसित जोगिन पर्ने बताउदै एक रात तिनी यसरी फोहोर-मैलामा खानेकुरो खोजिरहेका कुकुरहरूको नजिकबाट जाँदा दुई-तीनवटा कुकुरले एकै साथ झम्टिएर टोक्न खोजेको बताए। तिनले भने यसरी फोहोर-मैलामा खानेकुरो खोजिरहेका कुकुरहरूको नजिकबाट हिँड़दा कुकुरहरूलाई खनेकुरो खोसिदिन्छ भन्ने हुन्छ अथवा खानेकुरो खान दिँदैन भन्ने हुन्छ। ङ्वारर्‌‍ गरेर झम्टिन्दै टोक्न खोज्दो रहेछ। कुकुरले यसरी फोहोर-मैलामा खानेकुरो खोजिरहेको अथवा खाइरहेको छ भने तर्किएर हिँड़ेको उत्तम हो। तिनले यसरी सड़क किनार, बाटो, गल्लीमा फोहोर-मैला थुपार्नु पनि गलत रहेको बताए।

मन्टभियट रोडका एक व्यक्तिले रातिको समयमा फोहोर-मैलामा बाहिरबाट आएका कुकुरहरूले खानेकुरो खोज्ने र खाने गरेको र लड़ाई गर्ने गरेको बताउदै रातिको समयमा कुकुरहरूको लड़ाईले आफू दिक्क बनेको पनि बताए। स्मरण गराइन्छ, खरसाङ शहरी क्षेत्रमा वर्तमानमा धेरै मैलादानी बन्द गरिएको छ भने नगरवासीको घर, दोकानबाट निस्किएको फोहोर-मैला रातिको समयमा कतिपय नगरवासीले कुनै स्थानमा ल्याएर थुपार्ने गरेका छन्‌‍। राति नगरवासीले थुपारेका फोहोर-मैला बिहानै नगरपालिका कर्मचारीहरू आएर उठाएर लैजाने गरेका छन्‌‍। यसरी राति मानिसहरूले शहरको विभिन्न स्थानमा थुपारेका फोहोर-मैलामा भुस्याहा कुकुर, बिरालो अनि बाँदरहरूले खानेकुरो खोजेर खाने गरेको पाइएको छ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ