Youth Lynched by Mob in Bangladesh, Inhumane Treatment Continues Even After Death
Youth Lynched by Mob in Bangladesh, Inhumane Treatment Continues Even After Death

बंगलादेशमा भीडद्वारा युवकको हत्या, मृत्यु पछिसमेत अमानवीय व्यवहार

Share this news

बंगलादेशको मैमनसिंह जिल्लामा धार्मिक अपमानको आरोप लगाउँदै एक उत्तेजित भीडले एक युवकको कुटपिट गरी ज्यान लिएको छ । घटना भालुका क्षेत्रअन्तर्गत दुबालिया पाडा इलाकामा बिहीबार राति घटेको बताइएको छ ।

प्रहरीका अनुसार दीपु चन्द्र दास नामका ती युवकलाई स्थानीय भीडले नियन्त्रणमा लिएर सामुहिक रुपमा आक्रमण गरेको थियो । कुटपिटकै क्रममा उनको घटनास्थलमै मृत्यु भएको जनाइएको छ ।

तर घटना यतिमै सीमित रहेन । युवकको ज्यान गइसकेपछि पनि भीड अझै उग्र बनेको र शवलाई रुखमा बाँधेर आगो लगाइएको प्रहरी स्रोतले जनाएको छ । मृतक दीपु एक कपडा कारखानामा काम गर्दै आएको खुलेको छ ।

भालुका प्रहरी चौकीका ड्युटी अफिसर रिपन मियाले सञ्चारमाध्यमसँग भने,

“राति करिब ९ बजेतिर भीडले युवकलाई समातेर कुट्यो । मृत्यु भएपछि पनि शवलाई रुखमा बाँधेर जलाइयो ।”

घटनाप्रति बंगलादेश सरकारका प्रमुख सल्लाहकार मोहम्मद युनुसले कडा शब्दमा निन्दा गरेका छन् । उनले यस्ता खालका हिंसात्मक क्रियाकलाप नयाँ बंगलादेशका लागि अस्वीकार्य रहेको बताउँदै दोषीहरूमाथि कडा कानुनी कारबाही हुने आश्वासन दिएका छन्।

यस घटनापछि बंगलादेशमा अल्पसंख्यक, विशेषगरी हिन्दू समुदाय लक्षित आक्रमण बढ्दै गएको विषयले अन्तर्राष्ट्रिय स्तरमा समेत चिन्ता बढाएको छ । शेख हसिनाको सत्ता पतनपछि देशका विभिन्न भागमा साम्प्रदायिक तनाव चर्कँदै गएको विश्लेषकहरूको भनाइ छ ।

यसैबीच, युवा नेता शरीफ उस्मान हादीको मृत्युपछि बंगलादेशका केही स्थानमा हिंसात्मक प्रदर्शन पनि देखिएको छ । हादी सत्ताविरोधी आन्दोलनका अगुवा नेतामध्ये एक थिए । उनीमाथि ढाकामा गोली प्रहार भएको र उपचारका क्रममा सिंगापुरमा मृत्यु भएको जनाइएको छ ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ