घैयाबारी ग्राम पञ्चायत 3 मा 3 वटा डिसपोजल मशिन वितरण

Share this news

तीनधारे, (निसं): खरसाङ खण्ड अन्तर्गत घैयाबारी ग्राम पञ्चायतको तर्फबाट सर सफाईमा ध्यान दिन्दै सेनेटेरी प्याड र डाइपरहरु डिसपोजल गर्ने मशीन वितरण गरिएको छ। घैयाबारी ग्राम पञ्चायत तीनको तर्फबाट उक्त डिसपोजर मशीन घैयाबारी प्राथमिक स्वास्थ्य केन्द्र, उषाकिरण मल्टिपर्जोस को-ओपरेटिभ सोसाइटी र रोहिणी सप सेन्टरमा गरी जम्मा तीनवटा डिसपोजल मशीनहरु प्रदान गरिएको छ। यी तीनवटा मशीनहरुमार्फत्‌‍ सेनिटेरी नेपकिन र डाइपरहरु डिसपोजल गरिने भएको छ।

सरकारको निर्देशन अनुसार विभिन्न स्थानहरुमा सर सफाईको कार्य भईरहेको छ भने प्लास्टिकको प्रयोग विषयमा सचेतना फैलाउने कार्य पनि भईरहेको छ। यसै क्रममा सेनेटेरी प्याड र डाइपरहरु डिसपोजल गर्ने मशीनहरु तीनवटा स्थानहरुमा राखिएको बताइएको छ। यस मशीनहरु वितरण कार्यमा घैयाबारी ग्राम पञ्चायत तीनको पञ्चायत प्रधान सुष्मा वाईबा राई, उप प्रधान केवल राई, पञ्चायत समिति सदस्या कुसुम प्रधान, पञ्चायत सचिव लगायत अन्यहरु उपस्थित रहेका थिए।

यस विषयमा घैयाबारी ग्राम पञ्चायतको पञ्चायत प्रधान सुष्मा वाईबा राईले सरकारको तर्फबाट घैयाबारी ग्राम पञ्चायत तीनमा तीनवटा डिसपोजल मशीनहरु तीनवटा स्थानहरुमा राखिएको बताएका छन्‌‍। उनले यी मशीनहरु सेनेटेरी प्याड र डाइपरहरु डिसपोजल गरिने भएको जानकारी गराएकी छन्‌‍। उनले सबैलाई सफा र स्वच्छ रहन आह्वान्‌‍ गर्दै आफ्नो गाउँ सफा राखौँ भनी सबैलाई अनुरोध गरेकी छन्‌‍।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ