हिमालय दर्पणले नेपाली साहित्यलाई अघि बढ़ाउन ठूलो भूमिका निभाएको छः एमएस खान

Share this news

खरसाङ,  (निसं)ः साहित्यकार एमएस खानले आफ्नो दशौँ कृति दुई दिशाको दोस्रो संस्करण प्रकाशित गरेका छन्‌‍। तिनले दुई दिशाको पहिलो संस्करण हजार प्रति प्रकाशित गरेका थिए भने दोस्रो संस्करण पनि हजार प्रति प्रकाशित गरेका छन्‌‍। साहित्यकार एमएस खानले आफ्नो दुई दिशाको पहिलो संस्करण चाँड़ै सकिएकोले दोस्रो संस्करण प्रकाशित गरेको हुँ भनी बताएका छन्‌‍।

खरसाङको मन्टभियट रोडमा सन्‌‍ 1948 मा जन्मिएर 1975 देखि सिक्किमको गान्तोकलाई आफ्नो कर्मथलो बनाएका एमएस खान खरसाङमा आफ्नो परिवारका सदस्यहरू कहाँ आएको समय हिमालय दर्पणसित कुरा गर्दै भने, मैले सन्‌‍ 1996 देखि साहित्यको सेवामा लागेको हुँ र यो कार्यलाई वर्तमानसम्म जारी राखेको छु। आगामी दिनमा साहित्यलाई सेवा पुऱ्याउदै अन्य कृति प्रकाशित गर्ने मेरो विचार छ। तिनले आफूले सन्‌‍ 1996 देखि साहित्य लेखन आरम्भ गरेको बताउदै साहित्य सेवाको यात्रामा विचार, सुनचरी, आजभोलि, हिमालय दर्पण अनि अन्यान्य पत्र-पत्रिकामा आफ्नो कथा, लेखादि प्रकाशित गरेको बताए। तिनले आफू हिमालय दर्पणको नियमित पाठक रहेको पनि बताउदै हिमालय दर्पणले समाचारको साथमा नेपाली साहित्यलाई अघि बढ़ाउन ठूलो सहयोग गरिरहेको पनि बताए।

एमएस खानले सन्‌‍ 1999 मा आफ्नो पहिलो कृति दुई थोपा आँशु प्रकाशित गरेका थिए भने त्यसपछि 2001 मा कथा संग्रह अभिलाषा, 2002 मा लेख सङ्कलन भानुको किरण, 2004 मा कथा सङ्ग्रह वियोगान्त, 2005 मा दुई थोपा आँशुको दोस्रो सस्करण, 2007 मा जीवन पृष्ठ कविता सङ्ग्रह, 2008 मा करुणा सागर उपन्यास, 2013 मा जीवन चक्र कथा सङ्ग्रह, 2022 मा समयको प्रतिविम्ब कथा सङ्ग्रह अनि 2025 मा दुई दिशा सामाजिक उपन्यास प्रकाशित गरेका छन्‌‍। 16 वटा जति सङ्घ-संस्थाहरूसित सम्बद्ध रहेका खानले साहित्य लेखनको यात्रामा 17 वटा जति सम्मान अनि पुरस्कार प्राप्त गरिसकेका छन्‌‍ भने देशको विभिन्न स्थानमा साहित्यिक यात्रामा गइसकेका छन्‌‍। खानले साहित्य समाजको दर्पण हो भन्ने भनाइलाई आत्मसात गरेर साहित्य लेखनमा आफू रहेको बताएका छन्‌‍।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ