जीटीए प्रमुख अनित थापाद्वारा मङ्गलबार टुङ्ग सेन्ट मेरीज समष्टिको स्थलगत निरीक्षण गरिएको थियो। हालैको वर्षाका कारण उत्पन्न पहिरो प्रभावित क्षेत्रहरू सेन्ट मेरीज, ढडेन गाउँ , सेडी गाउँ , बेलटारका पहिरो प्रभावित स्थानहरूमा पुगेर पुनर्निर्माण तथा रोकथामका कामलाई तीव्रता दिन सम्बन्धित अधिकारीहरूलाई निर्देशन पनि दिए। भ्रमणका क्रममा उनले क्याथोलिक सिस्टरहरूले सञ्चालन गर्दै आएको होली क्रस विद्यालयको भवन विस्तारको शिलान्यास पनि गरे। सो अवसरमा उनले शिक्षामा लगानी गर्नु भविष्य निर्माणका लागि आवश्यक रहेको बताउँदै भने, “जब कुनै समाजले मानव संसाधनको पर्याप्त भण्डार निर्माण गर्छ, तब त्यहाँ निर्माणशील र प्रगतिशील समाजको उदय हुन्छ।” सभासद नुरी शेर्पा लगायत पञ्चायत सदस्यहरू, पार्टीका नेतृत्वहरू पनि भ्रमण समय साथमा रहेका थिए।











