distribution of comfort material

दुई सय पैह्रो पीडितहरूलाई राहत सामग्री गरियो वितरण

Share this news

लाइन्स क्लब इन्टरनेशनल फाउण्डेशनले लुविस अङ्ग्रेजी स्कूलका पूर्व विद्यार्थी संगठनको सहयोगमा मङ्गलबार मिरिकका दुइसय पैह्रो पीडितहरूलाई राहत सामग्रीहरू वितरण गरियो। उनीहरूले सौरेनी राहत शिविर, नौ माइल राहत शिविर तथा वरिपरीका क्षेत्रहरूका पीडितहरूलाई राहत सामग्रीहरू प्रदान गरेका छन्। जसमा सियोक, गोपालधारा अनि राङभाङ बस्तीका पीडितहरू पनि रहेका थिए। विशेष गरि गत ४ अक्टोबर राति परेको भारी वर्षाको कारण विनाशकारी पैह्रोको चपेटमा घरबार विहीन भएका तथा आफ्नो घर जोखिमपूर्ण अवस्थामा पुगेपछि राहत शिविरमा आश्रय लिई बसेका पीडितहरूलाई उक्त सामग्रीहरू प्रदान गरिएको थियो। यसक्रममा फाउण्डेशनला गभर्नर अरूण महेश्वरी, भाइस गभर्नर शिवानी गोयिङ्का लगायत दार्जीलिङ, कालेबुङ, खोप्रेल नक्शलबारी, खरसाङ, मालदा आदिका फाउण्डेशन प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। राहतमा पीडितहरूलाई भान्सामा चाहिने भाँडा वर्तन, खाद्यन्न, पानी ट्याङ्की, जस्ता पाता, मेट्रेस, थर्मस फ्लास, पलङ च्यादर लगायत अन्य सामाग्रीहरू प्रदान गरिएको छ। यस अवसरमा मिरिक महकुमाका जनसम्पर्क अधिकारी विवेक गोले, साथै सौरेनी ग्राम पञ्चायत एककी प्रधान अनिता राई, उपप्रधान अजित छेत्री, पञ्चायत समिति सदस्य तथा कर्मध्यक्ष आदित्य प्रदान, पञ्चायत सदस्य संजय ढकालको पनि उपस्थिति रहेको थियो। यसरी नै लुविस अंग्रेजी स्कूलका भुतपूर्व विद्यार्थी संगठनका सह सचिव रीना राई, सह कोषाध्यक्ष सुजन मुखिया, प्रतिनिधिहरू सेमसाङ लामा, विजया गुरूङ, सत्यमा थापा, स्मिता छेत्री, योजना गुरूङ, जयन्ती नाग, निलम बान्तवा अनि अन्य सदस्यहरूको उपस्थिति रहेको थियो। यता मिरिक महकुमाका जनसम्पर्क अधिकारी विवेक गोलेले पीडितहरूलाई राहत सामाग्री वितरण गरिदिएकोमा लाईन्स क्लब ईन्टरनेशनल फाउण्डेशनप्रति आभार प्रकट गर्दै जीटीए अनि राज्य सरकारले पनि उनीहरूलाई हर सम्भव सहयोग गर्दै आइरहेको बताएका छन्।


Share this news
आजको रोजाइ
माँ यूनिक धामको रजत जयन्तीमा सांसद विष्ट सम्मानित

माँ यूनिक धामको रजत जयन्तीमा सांसद विष्ट सम्मानित

सिक्किमले १३औं अन्तर्राष्ट्रिय पर्यटन मेलाको तयारी सुरु

सिक्किमले १३औं अन्तर्राष्ट्रिय पर्यटन मेलाको तयारी सुरु

एससी र ओबीसीका नवनियुक्त जिल्लाध्यक्षलाई स्वागत

एससी र ओबीसीका नवनियुक्त जिल्लाध्यक्षलाई स्वागत

क्यापद्वारा राज्यमा 14 क्षेत्रका पदाधिकारीहरू नियुक्त

क्यापद्वारा राज्यमा 14 क्षेत्रका पदाधिकारीहरू नियुक्त

सासंद राजु विष्ट र बीजेपीको टोली मकैबारी चिया बगानमा

सासंद राजु विष्ट र बीजेपीको टोली मकैबारी चिया बगानमा

विधायक निरज जिम्बाद्वारा स्ट्रीट लाइट जडान कार्यमा तीब्रता

विधायक निरज जिम्बाद्वारा स्ट्रीट लाइट जडान कार्यमा तीब्रता

समथार प्राथमिक स्वास्थ्य केन्द्रलाई नयाँ एम्बुलेन्स सेवा

समथार प्राथमिक स्वास्थ्य केन्द्रलाई नयाँ एम्बुलेन्स सेवा

जलवायु परिवर्तन अनुकूल योजना न्यूनीकरण हेतु प्रशिक्षण

जलवायु परिवर्तन अनुकूल योजना न्यूनीकरण हेतु प्रशिक्षण

पहिलो च्याखुङ रनमा १,२०० धावकहरू सहभागी

पहिलो च्याखुङ रनमा १,२०० धावकहरू सहभागी

डीएलआर प्रेरणाद्वारा ‘चिफ् एक्सरसाइज डे’ पालन

डीएलआर प्रेरणाद्वारा ‘चिफ् एक्सरसाइज डे’ पालन