distribution of comfort material
distribution of comfort material

दुई सय पैह्रो पीडितहरूलाई राहत सामग्री गरियो वितरण

Share this news

लाइन्स क्लब इन्टरनेशनल फाउण्डेशनले लुविस अङ्ग्रेजी स्कूलका पूर्व विद्यार्थी संगठनको सहयोगमा मङ्गलबार मिरिकका दुइसय पैह्रो पीडितहरूलाई राहत सामग्रीहरू वितरण गरियो। उनीहरूले सौरेनी राहत शिविर, नौ माइल राहत शिविर तथा वरिपरीका क्षेत्रहरूका पीडितहरूलाई राहत सामग्रीहरू प्रदान गरेका छन्। जसमा सियोक, गोपालधारा अनि राङभाङ बस्तीका पीडितहरू पनि रहेका थिए। विशेष गरि गत ४ अक्टोबर राति परेको भारी वर्षाको कारण विनाशकारी पैह्रोको चपेटमा घरबार विहीन भएका तथा आफ्नो घर जोखिमपूर्ण अवस्थामा पुगेपछि राहत शिविरमा आश्रय लिई बसेका पीडितहरूलाई उक्त सामग्रीहरू प्रदान गरिएको थियो। यसक्रममा फाउण्डेशनला गभर्नर अरूण महेश्वरी, भाइस गभर्नर शिवानी गोयिङ्का लगायत दार्जीलिङ, कालेबुङ, खोप्रेल नक्शलबारी, खरसाङ, मालदा आदिका फाउण्डेशन प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। राहतमा पीडितहरूलाई भान्सामा चाहिने भाँडा वर्तन, खाद्यन्न, पानी ट्याङ्की, जस्ता पाता, मेट्रेस, थर्मस फ्लास, पलङ च्यादर लगायत अन्य सामाग्रीहरू प्रदान गरिएको छ। यस अवसरमा मिरिक महकुमाका जनसम्पर्क अधिकारी विवेक गोले, साथै सौरेनी ग्राम पञ्चायत एककी प्रधान अनिता राई, उपप्रधान अजित छेत्री, पञ्चायत समिति सदस्य तथा कर्मध्यक्ष आदित्य प्रदान, पञ्चायत सदस्य संजय ढकालको पनि उपस्थिति रहेको थियो। यसरी नै लुविस अंग्रेजी स्कूलका भुतपूर्व विद्यार्थी संगठनका सह सचिव रीना राई, सह कोषाध्यक्ष सुजन मुखिया, प्रतिनिधिहरू सेमसाङ लामा, विजया गुरूङ, सत्यमा थापा, स्मिता छेत्री, योजना गुरूङ, जयन्ती नाग, निलम बान्तवा अनि अन्य सदस्यहरूको उपस्थिति रहेको थियो। यता मिरिक महकुमाका जनसम्पर्क अधिकारी विवेक गोलेले पीडितहरूलाई राहत सामाग्री वितरण गरिदिएकोमा लाईन्स क्लब ईन्टरनेशनल फाउण्डेशनप्रति आभार प्रकट गर्दै जीटीए अनि राज्य सरकारले पनि उनीहरूलाई हर सम्भव सहयोग गर्दै आइरहेको बताएका छन्।

Share this news
आजको रोजाइ
गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

आजको रोजाइ