Shweta Gurung of Upper Burtuk, Sikkim receives Ph.D. degree

अपर बुर्तुक, सिक्किमकी श्वेता गुरुङलाई पी.एच.डी. को उपाधि प्राप्त

Share this news

श्वेता गुरुङले “Entrepreneurial Challenges and Opportunities for Women in the Hospitality Business: An Exploratory Study of East Sikkim” विषयमा आफ्नो पीएचडी शोधकार्य सफलतापूर्वक पूर्ण गर्नुभएको छ। उहाँले यो शोधकार्य Amity University Noida बाट सम्पन्न गर्नुभएको हो।
उहाँको शोध निर्देशक डा. स्वाति शर्मा (सह–प्राध्यापक, पर्यटन तथा आतिथ्य विभाग, Amity Institute of Travel & Tourism) रहनु भएको छ भने सह–निर्देशकका रूपमा डा. क्षितिज शर्मा (प्राध्यापक, ABBS School of Management, बेंगलुरु) रहनु भएको थियो।
डा. गुरुङको शोधकार्यले पूर्वी सिक्किमको पर्यटन तथा आतिथ्य क्षेत्रमा महिला उद्यमीहरूको अवस्था, चुनौती र सम्भावनाहरूको गहिरो अध्ययन गरेको छ। अनुसन्धानमा महिलाहरूले उद्यमशीलतामा भोग्नुपरेका आर्थिक, सामाजिक तथा संरचनागत अवरोधहरू उजागर गरिएको छ। साथै, सिक्किमको ‘अर्गानिक राज्य’को पहिचान, बढ्दो इको–टुरिज्म र दिगो पर्यटनप्रतिको आकर्षण तथा सरकारद्वारा महिलालाई प्रोत्साहन गर्ने नीतिहरूले खोलिदिएका अवसरहरूलाई पनि विशेष रूपमा प्रकाश पारिएको छ।

डा. गुरुङका थुप्रै अनुसन्धान लेखहरू Scopus–indexed प्रतिष्ठित अन्तर्राष्ट्रिय पत्रिकामा प्रकाशित छन्। उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मेलनहरूमा शोधपत्र प्रस्तुत गरी पर्यटन उद्यमशीलताको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएकी छिन्। उनलाई Academic & Research Excellence Award (2022), Best Faculty Award (2025) – ICFAI University Sikkim तथा IMCOO International Conference (2023) मा Best Research Paper Award जस्ता सम्मानहरू प्राप्त भएका छन्। डा. स्वेता गुरुङ स्व. मञ्जु गुरुङ र स्व. बीबी गुरुङ (अपर बुर्तुक) को सुपुत्री
हुन्। डा. गुरुङलाई यस ऐतिहासिक उपलब्धिका लागि विभिन्न सङ्गठनहरूले हार्दिक वधाई तथा आगामी दिनहरूका लागि उत्तरोत्तर प्रगतिका शुभकामना दिएका छन्।


Share this news
आजको रोजाइ
धान उठाउन लाग्दा मौसमले दियो साथ

धान उठाउन लाग्दा मौसमले दियो साथ

इन्जिनियरिङ र अध्यात्मको बीचबाट सृजनाको संगीत यात्रा

इन्जिनियरिङ र अध्यात्मको बीचबाट सृजनाको संगीत यात्रा

भोलि दार्जीलिङमा सुवासवादी कार्यक्रम, छैटौं अनुसूचीको लागि हस्ताक्षर अभियान

भोलि दार्जीलिङमा सुवासवादी कार्यक्रम, छैटौं अनुसूचीको लागि हस्ताक्षर अभियान

पहाड़मा अलग राज्यको माग फेरि गुञ्जयमान हुने संकेत

पहाड़मा अलग राज्यको माग फेरि गुञ्जयमान हुने संकेत

अपर बुर्तुक, सिक्किमकी श्वेता गुरुङलाई पी.एच.डी. को उपाधि प्राप्त

अपर बुर्तुक, सिक्किमकी श्वेता गुरुङलाई पी.एच.डी. को उपाधि प्राप्त

प्रत्येक दिन हुने जामको समस्याले हैरान साधारण मानिसहरू

प्रत्येक दिन हुने जामको समस्याले हैरान साधारण मानिसहरू

श्रीजङा जयन्ती एवम् चासोक तङ्नाम लामा गाउँमा सम्पन्न 

श्रीजङा जयन्ती एवम् चासोक तङ्नाम लामा गाउँमा सम्पन्न 

सीएचओ तृष्णा गजमेरलाई सम्मान साथै  विदाई 

सीएचओ तृष्णा गजमेरलाई सम्मान साथै  विदाई 

जनशक्ति असंगठित कर्मचारी फ्रण्ट-को सभा

जनशक्ति असंगठित कर्मचारी फ्रण्ट-को सभा

क्यापको गेजिङ जिल्ला कार्यकारी परिषद्को समन्वय बैठक

क्यापको गेजिङ जिल्ला कार्यकारी परिषद्को समन्वय बैठक