स्कुल बन्द होइन, लालकोठी मुखी आन्दोलन हुनुपर्छ: भाजपा 

Share this news

दार्जीलिङ,19 दिसम्बर(निसं): कलकत्ता उच्च न्यायलयले जीटीए-ले 313 शिक्षकको नियुक्तिलाई अवैध ठहर गर्दै सबै नियुक्ति खारेज गरेको विषयमा चौतर्फी प्रतिक्रिया साथै विरोधको मिश्रण आआज उठिरहेको क्रममा भारतीय जनता पार्टी(भाजपा)दार्जीलिङ जिल्ला समिति महासचिव सुजेन्द्र राईले शिक्षक नोकरी गुमाउने 313 जनाको आन्दोलन लालकोठी मुखी हुनु जरुरी छ। कोलकाता उच्च न्यायालयमा विचाराधीन जीटीए क्षेत्रका 313 उच्चशिक्षक नियुक्ति मामिलामा अन्ततः उनीहरुको नोकरी न्यायालयले खारेज गरेको खबर छ भनी बताउदै, नोकरी गुमाउने ती सबै शिक्षक- शिक्षिका लगायत उनीहरुको आश्रित परिवारप्रति भारतीय जनता पार्टी(भाजपा)दार्जीलिङ जिल्ला समिति सहानुभूति प्रकट गर्छौ। राईले भनेका छन् , उनीहरुको नोकरी किन न्यायालयले रद्द गर्यो, यसबारे शिक्षक- शिक्षिकाहरु आवेगमा आएर होइन तर गम्भीर भई चिन्ता गर्नु जरुरी छ। यसको मूलदायी लालकोठीमा बस्नेहरु नै हुन्। सिस्टम र विधिलाई ताकमा थन्क्याएर जिटीएलाई अव्यवस्थित ढंगमा सञ्चालन गर्ने गरेको परिणाममध्ये एउटा यो पनि हो।उनीहरु नै यसको जवाफदेही हुनुपर्छ।  शिक्षित र योग्य युवाहरूको जीवनसित खेलवाड गर्नेहरु उनीहरू नै हुन्। बंगाल सरकारसित मिलेर काम गर्छौ भन्दै, कमिसन खाँदै, सही  व्यवस्थापन गर्नु नसक्नु लालकोठीमा बस्नेहरु नै हुन् भनी राईले दोषारोपण लगाएका छन्।उनले भनेका छन् ,  यस काण्डको दायी बंगाल सरकार पनि हो। सरकार किन चुप छ ? नोकरी गुमाउने शिक्षक शिक्षिकाहरुका आन्दोलन र घेराउ सबै लालकोठी मुखी हुनुपर्छ। बंगाल सरकारमाथि दवाव हुनुपर्छ। शिक्षित जमात फेरि मिसगाइट हुनु हुँदैन। मिसगाइट हुँदा नै यो परिस्थिति सृष्टि भएको हो। मूल दोषीहरुलाई माला र समर्थन दिँदै अरुलाई शंका गर्ने चरित्र परिवर्तन नगरेसम्म पहाडमा यो समस्याको समाधान  छैन।
     राईले अझ भनेका छन्, आफुलाई अन्याय भएको विचारलाई उजागर गर्ने गणतान्त्रिक अधिकार सबैलाई छ। तर आफ्नो अधिकार खोज्ने  प्रयासमा विद्यार्थीहरुका शैक्षिक अधिकार हनन् गर्नु सही होइन। स्कुल बन्द गर्नु उचित होइन। न्याय विचार र कानुनी प्रक्रिया मार्फत नै न्याय खोज्नु विवेकशील पहल हुनेछ। हामी सबै शिक्षक-शिशिक्षाहरुप्रति अपील गर्छौ।

Share this news
आजको रोजाइ
फ्रि चर्च आयोजित प्रि क्रिसमस साथै सुसमाचारीय कार्यक्रम

फ्रि चर्च आयोजित प्रि क्रिसमस साथै सुसमाचारीय कार्यक्रम

एसआइआरकोे निम्ति खरसाङ नगरपालिका सबै वार्डको सभा

एसआइआरकोे निम्ति खरसाङ नगरपालिका सबै वार्डको सभा

आध्यात्म र अनुशासनबीच उदाएकी अभिनेत्री श्यामाश्री

आध्यात्म र अनुशासनबीच उदाएकी अभिनेत्री श्यामाश्री

शिक्षकहरूको नियुक्ति खारेज भएको बारेमा सुधन गुरूङको खुलासा

शिक्षकहरूको नियुक्ति खारेज भएको बारेमा सुधन गुरूङको खुलासा

खुल्ला रुपमा पोस्टर टाँसेर प्रचार गर्दै तम्बोला खेलाउन सही वा गलतः जनसाधरणको प्रश्न

खुल्ला रुपमा पोस्टर टाँसेर प्रचार गर्दै तम्बोला खेलाउन सही वा गलतः जनसाधरणको प्रश्न

खरसङका विद्यालयहरूमा विद्यार्थीहरूको संख्यामा लगतार घट्दो अवस्था

खरसङका विद्यालयहरूमा विद्यार्थीहरूको संख्यामा लगतार घट्दो अवस्था

अन्तर्राष्ट्रिय सहकारी वर्ष 2025 को राज्यस्तरीय कार्यक्रमको समापन

अन्तर्राष्ट्रिय सहकारी वर्ष 2025 को राज्यस्तरीय कार्यक्रमको समापन

महारानी चियाबारीमा प्रि क्रिसमस साथै सुसमाचारीय कार्यक्रम सम्पन्न

महारानी चियाबारीमा प्रि क्रिसमस साथै सुसमाचारीय कार्यक्रम सम्पन्न

भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको बीएलएहरुलाई लिएर सभा सम्पन्न

भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको बीएलएहरुलाई लिएर सभा सम्पन्न

सिटोङ तीन अन्तर्गत कर्मठ बस्तीका निवासी तथा कृषक विजय राईको बारीमा धनेष नियमित आउने गरेकोले यो बस्ती पर्यटन स्थलमा परिणत

सिटोङ तीन अन्तर्गत कर्मठ बस्तीका निवासी तथा कृषक विजय राईको बारीमा धनेष नियमित आउने गरेकोले यो बस्ती पर्यटन स्थलमा परिणत

आजको रोजाइ