Reorganization of the Central Committee

गोर्खा राष्ट्रिय मुक्ति मोर्चाको केन्द्रीय समितिको पुनर्गठन

Share this news

गोर्खा राष्ट्रिय मुक्ति मोर्चाको केन्द्रीय समिति पुन:गठन गरिएको छ। पार्टीको केन्द्रीय कार्यालयमा बसेको सभामा केन्द्रीय समिति पुन:गठन गरिएको पार्टीका मिडिया सेल प्रभारी दिनेस साम्पाङले जानकारी दिएका छन्। सभाको अध्यक्षता दार्जीलिङ विधानसभा क्षेत्रका विधायक निरज जिम्बा, गोरामुमो वरिष्ठ नेतृत्वगण, युवा वर्ग दार्जीलिङ ब्राञ्च कमिटी, गोरामुमो कालेबुङका नेतृत्ववर्ग, खर्साङ ब्राञ्च कमिटी, मिरिक ब्राञ्च कमिटी साथै भ्रातृ संगठनका प्रतिनिधिवर्ग उपस्थित रहेका थिए। गोरामुमो केन्द्रीय समिति अध्यक्ष पदमा सर्वसम्मतिले मन घिसिङ उपाध्यक्षमा एनबी छेत्री अनि मिरिकको निम्ति केन्द्रीय समिति सेक्रेटरी जनरलमा ऋषि थापा अनि वाई लामालाई केन्द्रीय प्रवक्ता चयन गरिएको छ। सभामा पार्टी अध्यक्ष मन घिसिङद्वारा ३४ जनालाई सर्वसम्मतिले केन्द्रीय समितिमा चयन गरिएको छ भने, केन्द्रीय समितिमा नयाँ युवावर्गलाई पनि सामेल गरिएको छ। नयाँ केन्द्रीय समितिमा चयन भएका सदस्यगणलाई पार्टी अध्यक्ष मन घिसिङद्वारा नियुक्ति पत्र हस्तान्तरण गर्दै श्रद्धा लगाएर स्वागत जनाएका थिए।
सभापछि पत्रकारहरुलाई सम्बोधन गर्दै एनबी छेत्रीले भने, आजको सभाले वर्तमान गोर्खाहरुको स्थायी राजनैतिक समाधानको निम्ति सरकारी वार्ताकार नियुक्त गरेकोमा स्वागत जनाएका छन्। २०२६ को फेब्रुअरी महिनामा इन्टरलोकुटर दार्जीलिङ आउने छन्। हामी उनलाई जति सक्दो चाँडै गोर्खाहरुको समाधानको निम्ति पहल गर्नेछौं। पार्टीको डिलिस्टिङ्ग विषयमा जवाफ दिंदै एनबी छेत्रीले भने, गोरामुमोले गृहमन्त्रालय अनि चुनाव आयोगमा पत्राचार गरेको छ। अब चुनाव आयोगले चाँडै सुनवाइ गर्ने भएको छ। यदि नभएको खण्डमा सर्वोच्च अदालत पनि छ भनी छेत्रीले जनाए।


Share this news
आजको रोजाइ
गोर्खा राष्ट्रिय मुक्ति मोर्चाको केन्द्रीय समितिको पुनर्गठन

गोर्खा राष्ट्रिय मुक्ति मोर्चाको केन्द्रीय समितिको पुनर्गठन

सिक्किम विधानसभाको एसएसएचएलसी रिपोर्टः विपक्ष मौन

सिक्किम विधानसभाको एसएसएचएलसी रिपोर्टः विपक्ष मौन

अमदेर पारा अमरदेर समाधान योजना अन्तर्गत 133 वटा विभिन्न परियोजना शुरू

अमदेर पारा अमरदेर समाधान योजना अन्तर्गत 133 वटा विभिन्न परियोजना शुरू

दुर्घटना गरी भागेर आएको गाड़ीलाई खरसामा समातियो

दुर्घटना गरी भागेर आएको गाड़ीलाई खरसामा समातियो

भारत स्काउट्स अनि गाइड्सको सम्मान कार्यक्रम खरसाङमा सम्पन्न

भारत स्काउट्स अनि गाइड्सको सम्मान कार्यक्रम खरसाङमा सम्पन्न

सिलगढीका हिमांशु प्रधान, साउन्ड अफ सोल्स, सोनी टिभी‌मा

सिलगढीका हिमांशु प्रधान, साउन्ड अफ सोल्स, सोनी टिभी‌मा

जोइण्ट फोरम पहाड़ तराई ख्रिष्टियन वेलफेयर अर्गनाइजेशनको एक टोलीको अनित थापासँग भेट

जोइण्ट फोरम पहाड़ तराई ख्रिष्टियन वेलफेयर अर्गनाइजेशनको एक टोलीको अनित थापासँग भेट

स्व केदारनाथ प्रसाद स्मृति नक आउट क्रिकेट टुर्नामेन्टको फाइनलमा मुथुम ईलेभेन सिलगढ़ी र डेमोण्ड इलेभेन बोइस सिलगढ़ी

स्व केदारनाथ प्रसाद स्मृति नक आउट क्रिकेट टुर्नामेन्टको फाइनलमा मुथुम ईलेभेन सिलगढ़ी र डेमोण्ड इलेभेन बोइस सिलगढ़ी

सारथी १.० अन्तर्गत विद्यार्थी प्रशिक्षण कार्यक्रमको उद्घाटन

सारथी १.० अन्तर्गत विद्यार्थी प्रशिक्षण कार्यक्रमको उद्घाटन

गोरामुमो चिम्नी देवराली समष्टिको अध्यक्ष पदमा साङ्गे रुम्बा चयन

गोरामुमो चिम्नी देवराली समष्टिको अध्यक्ष पदमा साङ्गे रुम्बा चयन

आजको रोजाइ