दार्जीलिङ,19 दिसम्बर(निसं): 313 शिक्षक काण्ड लिएर संयुक्त माध्यमिक शिक्षक संगठन केन्द्रीय समितिले बिहिबारदेखि पहाडको सम्पूर्ण विद्यालयहरु अनिश्चितकालीन बन्दको घोषणा गरेको थियो। यस विद्यालय बन्दको निर्णयलाई फिर्ता लिने आह्वान गरेपछि संयुक्त माध्यमिक शिक्षक संगठन केन्द्रीय समितिले जीटीए मुख्य कार्यपाल अनित थापाको आह्वानलाई स्वीकार गर्दै विद्यालय बन्दको निर्णयलाई स्थगित गरेको छ भनी
संयुक्त माध्यमिक शिक्षक संगठन, केन्द्रीय समिति उप-सभापति विवेक छेत्रीले भनेका छन्।
संयुक्त माध्यमिक शिक्षक संगठन, केन्द्रीय समिति उप-सभापति विवेक छेत्रीले भनेका छन्,पहाडको शैक्षिक धरातल कमजोर बनाउँदै यसको दायी शिक्षक-शिक्षिकालाई बनाउँने षडयन्त्रको बिरुद्धमा संयुक्त माध्यमिक शिक्षक संगठन केन्द्रीय समितिले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै पहाडको सम्पूर्ण विद्यालयहरु अनिश्चितकालीन बन्दको घोषणा गरेको थियो भने आज बिहिबार गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनका प्रमुख कार्यपाल अनित थापाले भानु भवन दार्जीलिङको एक सभामा आफू शिक्षक-शिक्षिकाहरुको साथमा रहेको अनि नोकरी बचाउँनको निम्ति जुनै हदसम्म पनि जाने आश्वासन दिँदै विद्यालय बन्दको निर्णयलाई फिर्ता लिने आह्वान गरेपछि संयुक्त माध्यमिक शिक्षक संगठन केन्द्रीय समितिले जीटीए मुख्य कार्यपाल अनित थापाको आह्वानलाई स्वीकार गर्दै विद्यालय बन्दको निर्णयलाई स्थगित गरेको छ।
यो बोर्ड परीक्षाको मुखमा विद्यार्थीहरुको भविष्यलाई मध्यनजर राख्दै एवं जीटीए-का मुख्य कार्यपाल अनित थापाको आश्वासनलाई शिरोपर गर्दै यस निर्णयलाई स्थगित मात्र गरेर आगामी दिनमा पुनः यसलाई निरन्तरता दिन सक्ने पनि बिज्ञप्तिमा जनाइएको छ। भोलिदेखि विद्यालयको सम्पूर्ण कामकाज सुचारु रुपमा चल्ने संयुक्त माध्यमिक शिक्षक संगठन, केन्द्रीय समिति उप-सभापति विवेक छेत्रीले भनेका छन्।











